Home / बिचित्र संसार / महिलाको पेटबाट निकालियो चम्चा, काँटी र कवाडीका सामान

महिलाको पेटबाट निकालियो चम्चा, काँटी र कवाडीका सामान

opration

के तपाईं कल्पना गर्न सक्नुहुन्छ कुनै महिलाको पेट चिर्दा कवाडीका सामानहरु निस्कन्छन् ? यस्तै भएको छ मेक्सिकोमा ।

पेट दुखेर अस्पताल भर्ना भएकी एक महिलाको अपरेसन गरेर विभिन्न सामानहरु निकालियो । ४३ वषिर्या ती महिलाको धेरै दिनदेखि तल्लो पेट दुखिरहेको थियो र उनी लगातार उल्टी गरिरहेकी थिइन् । उपचारका लागि उनी अस्पताल पुगिन् । उनको जब सोनोग्राफी भयो, त्यसको रिपोर्ट देखेर डाक्टरहरु तीनछक परे ।

 

रिपोर्टमा देखिएको थियो कि महिलाको पेटमा थुप्रै कवाडीका सामानहरु थुपि्रएका छन् । महिलाको अवस्था देखेपछि डाक्टरहरुले तुरुन्तै अपरेसन गर्ने निर्णय गरे । चाँडोभन्दा चाँडो अपरेसन नगरेमा महिलाको दिमागमा पनि असर गर्न सक्ने डाक्टरहरुको भनाई थियो ।

अपरेसनपछि महिलाको पेटबाट निकालिएका सामग्रीमा काँटी, पेच, भाँचिएका चम्चा, काठका साना टुक्रा, टाउकोको कपाल, धातुको चेन र टुथब्रस लगायत थिए । यी सामानहरु कसरी महिलाको पेटमा थुपि्रन पुगे भन्ने चाहिँ डाक्टरहरुले पनि पत्ता लगाउन सकेनन् ।

Loading...
x

Check Also

Punarnirman-Pradhikaran

खर्च गर्न नसकेपछि भूकम्पपीडितको ३० अर्ब फिर्ता जाँदै

१४ वैशाख, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त करिब ३० अर्ब रुपैयाँ ...