Home / रास्ट्रिय खबर / प्रचण्ड देउवा र कमल थापाबीच यस्तो सहमति

प्रचण्ड देउवा र कमल थापाबीच यस्तो सहमति

२९ फागुन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमदाहाल प्रचण्ड, नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री समेत रहेका राप्रपाका अध्यक्ष कमल थापाबीच संविधान संशोधन विधेयक पारित गराउने विषयमा छलफल भएको छ ।

मधेसी मोर्चाले सरकारलाई दिएको सात दिने अल्मिेटम सकिन एक दिन बाँकी रहदा सत्तारुढ तीन दल संविधान संशोधन विधेयक पारित गराउन सकारात्मक भएका हुन् । प्रधानमन्त्री निवास वालुवाटारमा भएको तीन दलको बैठकमा स्थानीय तहको निर्वाचन, संविधान संशोधन विधेयक पारित गराउन लाग्नु पर्ने बताएका थिए ।

जवाफमा कांग्रेस सभापति देउवाले मधेसी मोर्चालाई अहिलेकै गठबन्धनमा नै कायम राख्नु पर्ने भन्दै प्रचण्डको प्रस्तावमा सहमति जनाएका थिए । तर कमल थापाले भने मधेसी मोर्चाको माग पूरा गराउन सकारात्मक रहेको बताउदै संविधान संशोधन विधेयकको बारेमा पुनः पार्टीभित्र छलफल गर्नुपर्ने बताएको प्रचण्डको सचिवालयले बताएको छ ।

(Visited 1 times, 1 visits today)
x

Check Also

प्रचण्ड आफैंले दिए छोरा प्रकाशलाई दागवती फोटो फिचर

३ मंसिर, काठमाडौं । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् ...