Home / रास्ट्रिय खबर / भारतले भन्यो-कञ्चनपुर गोलीकाण्ड अपसोचपूर्ण, अझै गल्ती स्वीकार गरेन

भारतले भन्यो-कञ्चनपुर गोलीकाण्ड अपसोचपूर्ण, अझै गल्ती स्वीकार गरेन

Nidhi-and-Susma-Swaraj-meeting

३ चैत, काठमाडौं । भारतले एक नेपालीको ज्यान जाने गरी भएको कञ्चनपुर घटना अपसोचपूर्ण भनेको छ । तर, अझै गल्ती स्वीकार गरेको छैन ।

 

भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुश्मा स्वराजसँग भएको छुट्टाछुट्टै भेटमा कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर नेपाली नागरिकको मृृत्यु भएको घटनाबारे ध्यानाकर्षण गराएका छन् ।

राजनाथ सिंह र स्वराज दुबैले कञ्चनपुर घटना अपसोचपूर्ण घटना भन्दै निर्दोष व्यक्तिको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । तर, भारतीय पक्षबाट गल्ती भएको स्वीकार गरेका छैनन् ।

बिहीबार विहान भएको भेटमा भारतीय गृहमन्त्री सिंहले गौमतको फरेन्सिक रिपोर्ट मागेका थिए ।

अपराहृन निधिले भारतीय विदेशमन्त्री स्वराजलाई भेट्दा नेपाल प्रहरीको ल्यावबाट फरेन्सिक रिपोर्ट आइसकेको थियो, जसमा गौतमको शरीरमा भेटिएको गोली नेपालका कुनै पनि सुरक्षा निकायमा लाग्ने हातहतियारमा प्रयोग हुने नगरेकाले गोली एसएसबीले हानेको ठहर गरिएको छ ।

यो रिपोर्ट बिहीबार नै गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत काठमाडौंस्थित भारतीय दूताबासलाई दिएको छ ।

गृहमन्त्री निधिले पोष्टमार्टम र फरेसिन्क रिपोर्ट अनुसार गौतमको मृत्यु भारतीय सुरक्षाकर्मीबाट भएको पुष्टि भएको भन्दै घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।

जवाफमा भारतीय विदेशमन्त्री स्वराजले अनुसन्धानमा नेपाल सरकारको पनि सहयोग हुनुपर्ने भन्दै दोषीमाथि कार्बाही गर्ने प्रतिबद्धता जनाउनु भएको निधिको निजी सचिवालयले जनाएको छ ।
भेटमा गृहमन्त्री निधि र बिदेशमन्त्री स्वराजले भबिष्यमा यस्ता घटना दोहोरिन नहुनेमा जोड दिएका छन् ।

भारतीय हस्तक्षेपविरुद्ध उत्रिएका नेपालीहरुमाथि फागुन २६ मा एसएसबीले चलाएको गोली लागेर गौतमको निधन भएको थियो । यो घटनामा भारतीय सुरक्षाकर्मी दोषी रहेको भन्दै भारतले नेपाल र नेपाली जनतासामू माफी माग्नु पर्ने नेपालका प्रमुख राजनीतिक दलहरुको माग छ ।

यसबारे नेपाल सरकारका उच्च अधिकारीहरुले भारतीय पक्षलाई पटकपटक ध्यानाकर्षण गराएका छन् ।

x

Check Also

चितवनमा भेटियो डेंगु, सतर्क रहन चिकित्सकको सुझाव

४ भदौ, चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत ...