Home / रास्ट्रिय खबर / सातदिने भ्रमणका लागि प्रधानमन्त्री आज चीन जाँदै

सातदिने भ्रमणका लागि प्रधानमन्त्री आज चीन जाँदै

१० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सातदिने भ्रमणका लागि आज चीन जाँदै छन् ।

बोआओ फोरमको सम्मेलनमा भाग लिन चीन जान लागेका प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, उपप्रधानमन्त्रीस्तरका नेता झाङ गाओलीलगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।

 

दाहालले चैत १२ गते बोआओ सम्मेलनलाई सम्बोधन गर्ने छन् । प्रधानमन्त्री प्रचण्डले चिनियाँ शीर्ष नेता झाङसँग ११ चैतमा हँइनानमा द्विपक्षीय छलफल गर्ने छन् । तर भ्रमणका क्रममा चीनसँग कुनै सम्झौता नहुने बताइएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीमा नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

उद्द्घाटनपछि उनले नेपाल-चीन सम्बन्धका विषयमा विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

यसपालिको भ्रमणमा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिलाई फेरि नेपाल भ्रमणको निम्ता दिनेछन् ।

x

Check Also

चितवनमा भेटियो डेंगु, सतर्क रहन चिकित्सकको सुझाव

४ भदौ, चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत ...