Home / रास्ट्रिय खबर / प्रधानमन्त्री प्रचण्डले ६ दिनसम्म चीनबाटै सत्ता चलाउने

प्रधानमन्त्री प्रचण्डले ६ दिनसम्म चीनबाटै सत्ता चलाउने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यवहाक प्रधानमन्त्रीको जिम्मा कसैलाई पनि नदिने भएका छन् ।

फाइल तस्वीर

उप्रधानमन्त्रीद्धय कमल थापा र विमलेन्द्र नीधिबीच कार्यवहाक प्रधानमन्त्री विवाद बढेपछि प्रचण्डले कसैलाई पनि कार्यवहाक नदिइ चीन जाने भएका हुन् ।

थापा र नीधिबीच विवाद बढेपछि प्रचण्डले चीन भ्रमणको अनुमोदन आफै गरेका थिए । प्रचण्ड नेतृत्वको सरकारमा तीन उपप्रधान मन्त्री छन् ।

कमल थापाले सरकारमा सहभागि हुने बेलामा प्रधानमन्त्रीसँग आफू उपप्रधानमन्त्रीको पहिलो बरियातामा रहने सहमति भएको बताएका छन् ।

दोस्रोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र तेस्रो वरियाता क्रममा उपप्रधान एवं गृह मन्त्री विमलेन्द्र छन् । थापा र महरा यसअघि पनि उपप्रधानमन्त्री भइसकेकाले वरियतामा उनीहरु अघि रहेका हुन् ।

तर निधिले आफूले कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी पाउनु पर्ने अडान राखेपछि विवाद भएको थियो ।

राप्रपाका एक नेताले नेपाली हेडलाइन्ससँग भने, ‘कमल थापालाई उपप्रधानन्त्रीको वरियता राख्ने प्रधानमन्त्रीले सहमति जनाएका हुन्, तेस्रो वरियता क्रममा रहेका निधिले अहिले आएर निहुँ खोज्नुको अर्थ छैन ।’

उनले यही विवादमा कमल थापा सरकारबाट बाहिरिए सरकार नै अल्पमतमा पर्ने चेतावनी दिए ।

‘निधिले तेस्रो नम्बरमा रहेका डीआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय सर्वोच्चले बदर गर्यो, अहिले निधिले पनि अनावश्यक निहुँ खोज्ने काम राम्रो होइन, ती नेताले भने ।

चीन भ्रमणको बारेमा छलफल गर्न बुधवार बोलाइएको मन्त्रीपरिषद्को बैठक कार्यवहाक प्रधानमन्त्रीको विषयमा विवाद चुलिएपछि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

विगतमा प्रधानमन्त्रीले कार्यवहाक प्रधानमन्त्री नतोकिकन पनि विदेश भ्रमणमा जाने गरेका थिए । यसअघि प्रधानमन्त्री प्रचण्ड भारत जादा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री निधिलाई दिएका थिए ।

 

x

Check Also

चितवनमा भेटियो डेंगु, सतर्क रहन चिकित्सकको सुझाव

४ भदौ, चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत ...