Home / अन्तर्राष्ट्रिय खबर / सिरियामा अमेरिकाले गर्‍यो मिसाइल आक्रमण

सिरियामा अमेरिकाले गर्‍यो मिसाइल आक्रमण

missile

२५ चैत, काठमाडौं । अमेरिकाले सिरियामा मिसाइल आक्रमण सुरु गरेको छ । विद्रोहीको कब्जामा रहेको क्षेत्रमा रासायनिक आक्रमण भएपछि अमेरिकाले यो कदम चालेको हो ।

 

पेन्टागनका अधिकारीहरुका अनुसार भूमध्यसागरमा रहेको नौसैनिक युद्धतोपबाट ५० भन्दा बढी टोमाहक क्षेप्यास्त्र प्रहार गरिएको छ ।

अमेरिकाले उत्तरी सिरियाको होम्स नगरको सिरियाली हवाई अखडालाई निशाना बनाएको बताइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले रासायनिक हमला भएको भनिएको सिरियाली हवाई अखडामा सैन्य कारबाहीका लागि आफूले आदेश दिएको बताएका छन् । उनले भने, रासायनिक अस्त्रको विस्तार र प्रयोग अमेरिकी राष्ट्रिय सुरक्षा स्वार्थ विपरित छ ।’

मंगलबार मात्र सिरियाको एक इलाकामा नर्व ग्यासको प्रयोग भएको थियो, जुन इलाका विद्रोहीको कब्जामा छ ।

यो घटनापछि अमेरिकी विदेशमन्त्री रेक्स टिलिरसनले भविश्यको सिरियामा त्यहाँका वर्तमान राष्ट्रपति बसर अल असदको कुनै भूमिका हुन नहुने बताएका थिए ।

Loading...
x

Check Also

कतार विवाद चर्किए युद्ध हुन सक्छ: जर्मन विदेशमन्त्री

२८ जेठ, एजेन्सी । कतार तथा उसका अरब छिमेकीहरुसंगको विवाद चर्किएर युद्धसम्म हुन सक्ने जर्मनीका ...