Home / रास्ट्रिय खबर / पहिलो दिनमै विवादमा फस्यो मधेशीहरुले बनाएको नयाँ राष्ट्रिय जनता पार्टी

पहिलो दिनमै विवादमा फस्यो मधेशीहरुले बनाएको नयाँ राष्ट्रिय जनता पार्टी

काठमाडौँ, ७ वैशाख । छ वटा मधेशवादी दलहरुको एकताबाट बनेको राष्ट्रिय जनता पार्टी पहिलो दिन नै विवादमा फसेको छ ।

राष्ट्रिय जनता पार्टी अर्कैको नाममा दर्ता भएको भेटिएपछि नामका विषयलाई विवाद सिर्जना भएको हो । मधेशी मोर्चाका मुख्य दलहरुले बिहीबार राष्ट्रिय जनता पार्टी बनाएका थिए । तर, त्यो नाममा नेत्रबहादुर लिम्बु अध्यक्ष रहेर एक महिनाअघि नै निर्वाचन आयोगमा दल दर्ता भएको खुलेको छ ।

लिम्बूले गत चैत २ गते निर्वाचन आयोगमा सो दल दर्ता गरेका थिए । नाम दोहोरिने अवस्था आएमा पछिल्लोपटक गठन भएको दलले नाम परिवर्तन गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा मधेशी मोर्चाले दलको नाम अर्कै राख्नुपर्ने बाध्यता आइरहेको छ । नवगठित राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका राजेन्द्र महतोले निर्वाचन आयोगसँगको छलफलमा नै आफूहरुले दलको नाम राखेको बताए । तर, कसरी नाम दोहोरियो भन्ने विषयमा भने आफूहरुलाई पनि जानकारी नभएको उनले बताएका छन् ।

यस्तो छ निर्वाचन आयोगले लिम्बूलाई दिएको पत्रः 

तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी नेपाल र मधेसी जनअधिकार फोरम गणतान्त्रिक पार्टीबीच बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पार्टी एकतापछि पार्टीको नाम राष्ट्रिय जनता पार्टी राखिएको थियो ।

Loading...
x

Check Also

कोसी उच्च बाँध बनाउन भारतीय दबाब, बने ७५ हजार विस्थापित हुने

३१ साउन, काठमाडौं । भारत सरकारले यसअघि सर्वेक्षण भएअनुसार नै कोसी उच्च बाँध बनाउन दबाब ...