Home / रास्ट्रिय खबर / बालुवाटारमा वार्ता जारी, प्रधानमन्त्रीले नयाँ प्रस्ताव राख्ने

बालुवाटारमा वार्ता जारी, प्रधानमन्त्रीले नयाँ प्रस्ताव राख्ने

Sarkar-Madheshi-Morcha-Meeting-Baluwatar-810x321

काठमाडौं, ८ वैशाख । सत्तारुढ दलहरू र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताबीच बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भइरहेको हो ।

प्रधानमन्त्री दाहालले सहमतिका लागि निर्वाचन गर्न दुई मिति प्रस्ताव गर्न सक्ने स्रोतको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री दाहालका साथै कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन, मधेसी मोर्चाका नेताहरू महन्त ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादवल, अशोक राई लगायतका नेताहरूको सहभागिता रहेको छ ।

Loading...
x

Check Also

Punarnirman-Pradhikaran

खर्च गर्न नसकेपछि भूकम्पपीडितको ३० अर्ब फिर्ता जाँदै

१४ वैशाख, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त करिब ३० अर्ब रुपैयाँ ...