Home / बिज्ञान प्रबिधि / सामाजिक सञ्जाल दुरुपयोगः परिणाम गम्भीर

सामाजिक सञ्जाल दुरुपयोगः परिणाम गम्भीर

Facebook

९ वैशाख, काठमाडौं । प्रविधिमा सहज पहुँच र इन्टरनेट विस्तारले पछिल्लो समय सामाजिक सञ्जाल लोकप्रिय बन्दै आएको छ । साथीसंगीसँग निकट हुन, आफ्ना भावना अरुसम्म पुर्याउन मात्र नभएर सूचनाको प्रभावकारी माध्यमका रुपमा पनि फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालको भूमिका देखिएको छ । युवकयुवतीमात्र नभई बालबालिका र प्रौढ अवस्थाका सर्वसाधारण पनि सामाजिक सञ्जालमा अभ्यस्त भइरहेका छन् ।

लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको दुरुपयोग र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक भइरहेका छन् । यसैको पछिल्लो कडीका रुपमा देखिएको छ, सामाखुसीमा रहेको प्रहरी विद्यालयका छात्र कुन्दन थापाको मृत्यु प्रकरण । उनको मृत्युको कारण सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग देखिएको छ । घटनाको छानबिन गर्न गठित समितिले सहपाठीसँग बदला लिन १४ वर्षीय कुन्दनले फेसबुकमा नक्कली खाता खोलेर अश्लील सामग्री राखेको घटना खुलेपछि आत्तिएर आत्महत्या गरेको निष्कर्ष निकालेको आजको नागरिक दैनिकमा खबर छ ।

Loading...
x

Check Also

विश्वका ५ सुन्दरी ह्याकर जसले कयौ ह्याक गरेका छन्

कम्प्युटर सेक्युरीटी फर्म चेक प्वाइन्टको अनुसार ह्वाट्सएप प्रयोग गर्ने २ लाख भन्दा बढी प्रयोगकर्ताको एकाउन्टमा ...