Home / बिचित्र संसार / हेर्नुस् यस्तो छ कुकुरको क्याटवाक (फोटो फिचर)

हेर्नुस् यस्तो छ कुकुरको क्याटवाक (फोटो फिचर)

र्याम्पमा सुन्दरी मोडेलहरु क्याटवाक गरेको त देख्नुभएकै होला । तर रुसमा भने युवतीहरु होइन कुकुरहरु क्याटवाकमा उत्रिए ।

रुसका पिटर्सबर्गमा भएको वाषिर्क पहिरन परेडमा एक सय भन्दा धेरै कुकुरहरु विभिन्न पहिरनमा सजिएर सडकमै क्याटवाक गरे ।

कुकुरहरुले अनेक खालका परम्परागत पहिरनहरु समेत लगाएका र केही पहिरनको धार्मिक अर्थ पनि थियो ।

एउटा कुकुर चाहीँ चर्चित फिल्म पाइरेट्स अफ क्यारेबियनको पात्र क्याप्टेन ज्याक स्प्यारोको स्वरुपमा थियो ।

कतिपय कुकुर टाउकोमा टोपी लगाएर क्याटवाकमा ओर्लिए भने कतिपयले फूलका गुच्छारुपी पहिरनमा सजिएका थिए । एउटा कुकुर तिब्बती पहिरनमा थियो भने एउटा चाहीँ गाइजस्तै रुपरंगको पहिरनमा ।

भ्यासिलेभ्स्की टापुमा शनिवार भएको उक्त समारोहमा कुकुरहरुको लर्को झण्डै २४ मिटर लामो भएको थियो ।

x

Check Also

श्रीमान् र श्रीमती नै वेश्यावृत्ति धन्दामा, ग्राहकसँगै पक्राउ परे

काठमाडौं, ३१ जेठ । श्यावृत्ति गराएको आरोपमा एक जोडीसहित चारजना पक्राउ परेका छन् । गेस्ट हाउसमा ...