Home / अन्तर्राष्ट्रिय खबर / लण्डन ब्रिजमा पैदलयात्रीमाथि भ्यानबाट आक्रमण

लण्डन ब्रिजमा पैदलयात्रीमाथि भ्यानबाट आक्रमण

२० जेठ, काठमाडौं । सेन्ट्रल लण्डनको लण्डन ब्रिजमा पैदल हिडिरहेका मानिसहरुमाथि एक भ्यानबाट आक्रमण भएको छ ।

घटनामा कम्तिमा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । मृतकको संख्या बढ्ने आशंका छ ।

स्थानीय समय अनुसार राति १० बजेर ८ मिनेटमा एक सेतो भ्यानले पुलमा हिँडिरहेका मानिसहरुलाई ठक्कर दिएको थियो । भ्यान पुलको फुटपाथमा चढेको थियो । त्यसक्रममा केही मानिसमाथि छुरा प्रहार भएको अधिकारीहरुले बताएका छन् ।

बेलायतका प्रधानमन्त्री टेरिजा मेले यो घटनालाई सम्भावित आतंकवादी क्रियाकलाप भनेकी छन् ।

लण्डन बि्रज रेल्वे स्टेशन बन्द गरिएको छ भने प्रहरीले सम्भावित तीन आक्रमणकारीको खोजी भइरहेको छ ।

(Visited 1 times, 1 visits today)
x

Check Also

प्रहरी अधिकारीको कुटेर हत्या

१० असार, श्रीनगर (भारत) । भारत अधिनस्थ काश्मिरमा रहेको एक मस्जिदको बाहिर गस्तीमा रहेका एकजना ...