Home / अन्तर्राष्ट्रिय खबर / आकाशमै जन्मियो बच्चा !

आकाशमै जन्मियो बच्चा !

एजेन्सी । साउदी अरबको दम्मासबाट भारतको कोच्ची आउँदै गरेको जेट एयरवेजको विमानमा एक महिलाले बच्चा जन्माएकी छिन् । विमान आकाशमै छँदा महिलालाई सुत्केरी व्यथा लागेको थियो ।

जेट एयरवेजका अनुसार विमान ३५ हजार फिट उचाइमा उडिरहँदा बच्चाको जन्म भएको थियो । त्यसपछि विमानलाई मुम्बइ एयरपोर्टमा आकस्मिक अवतरण गरिएको बीबीसीले जनाएको छ । मुम्बइमा अवतरणपछि आमा र बच्चा दुबलाई होली स्पिरिट अस्पतालमा भर्ना गरिएको छ ।

जेट एयरवेजले ति बच्चालाई आजीवन जेट एयरवेजमा यात्रा गर्न शुल्क नलिने घोषणा गरेको छ ।जेट एयरवेजले एउटा फ्रि पास जारी गरेको छ जसको प्रयोगबाट उनले आजीवन जेट एयरवेजमा निशुल्क उड्न पाउनेछन् ।

टर्की एयरलाइन्सको एक विमानमा पनि गएको अप्रिल महिनामा एक महिलाले बच्चा जन्माएकी थिइन् ।  जेट एयरवेजमा भने यो पहिलो घटना हो ।

 

Loading...
x

Check Also

लण्डन ब्रिजमा पैदलयात्रीमाथि भ्यानबाट आक्रमण

२० जेठ, काठमाडौं । सेन्ट्रल लण्डनको लण्डन ब्रिजमा पैदल हिडिरहेका मानिसहरुमाथि एक भ्यानबाट आक्रमण भएको ...