Home / दुर्घटना / कांग्रेसले चुनाव प्रचारमा प्रयोग गरेको जिप दुर्घटना, १ को मृत्यु, ९ घाइते

कांग्रेसले चुनाव प्रचारमा प्रयोग गरेको जिप दुर्घटना, १ को मृत्यु, ९ घाइते

६ असार, अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन ।

लु १ ज १९५८ नम्बरको जिप दुर्घटना हुँदा २५ वर्षीय अर्जुन घिमिरेको मृत्यु हो ।
घाइते ९ जनाको मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिए ।

जिप असार १४ गते हुने स्थानीय तहको चुनावका लागि नेपाली कांग्रेसले प्रचारप्रसारमा लगेको थियो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोत : अनलाइन खबर

(Visited 1 times, 1 visits today)
x

Check Also

तीर्थयात्री सवार बस कागवेनीमा दुर्घटना, ५ जनाको मृत्यु

९ बैशाख, पोखरा । जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा ५ ...