Home / दुर्घटना / भारतमा भएको जीप दुर्घटनामा ३ नेपालीको मृत्यु, २ घाइते

भारतमा भएको जीप दुर्घटनामा ३ नेपालीको मृत्यु, २ घाइते

खोतिला भन्ने स्थानमा जीप दुर्घटनामा परि एकै घरका ३ जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दार्चुला, पीपलचौर सौतलीका हिरादेवी बम उनका छोरा ओमकार र छोरी प्रियंका रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । त्यस्तै दुर्घटनामापीपलचौरीकै डम्बरी बम र माधुरी बम घाइते छन् । दुर्घटनामा परी २ जना भारतीय नागरिक पनि मृत्यु भएको छ ।

 

युके ०५ पीए १२८१ नम्बरको जीप भारतको गर्भाधारबाट धार्चुलातिर आइरहेका बेला खोतिला भन्ने ठाउँ विहीबार दिउँसो पहिरोमा परेको प्रहरीले जनाएको छ ।

पहिरोले जीप पुरिदा जीपमा सवार ३ जना नेपाली तथा २ जना भारतीय नागरिकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

नेपालतिर बाटो नहुदा दार्चुलाको दुहू क्षेत्रका स्थानीयहरु सदरमुकाम खलंगा आउन पनि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

(Visited 1 times, 1 visits today)
x

Check Also

मलेसियामा अलपत्र २८ नेपाली स्वदेश फिर्ता

५ असार, काठमाडौं । मलेसियास्थित नेपाली राजदूतावासले पिनाङस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका २८ नेपाली ...