Home / रास्ट्रिय खबर / चुडामणि शर्माविरुद्ध ११ अर्ब रुपैयाँको भ्रष्टाचार मुद्दा विशेष अदालतमा पेश

चुडामणि शर्माविरुद्ध ११ अर्ब रुपैयाँको भ्रष्टाचार मुद्दा विशेष अदालतमा पेश

काठमाडौं, २९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरुद्ध ११ अर्ब रुपैयाँको भ्रष्टाचार मुद्दा विशेष अदालतमा पेश गरेको छ ।

यद्यपी समय अभावका कारण आज मुद्दा दर्ता हुन पाएन । कर फर्स्योट आयोगमार्फत गैरकानूनी ढंगले राज्यलाई अर्बौ रुपैयाँ घाटा पर्नेगरि कर छुट दिएको आरोपमा अख्तियारले शर्माविरुद्ध अदालतमा मुद्दा हालेको हो । अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठका अनुसार चुडामणिविरुद्ध अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा दायर हुन लागेको हो । समय अभावका कारण आज मुद्दा दर्ता हुन नसकेको श्रेष्ठले जानकारी दिए ।

कर फर्स्यौटमा अनियमितता गरेको भन्दै शर्मालाई गत जेठ १९ गते अख्तियारको टोलीले पक्राउ गरेको थियो । त्यसयता उनी अख्तियारको हिरासतमा थिए ।

source : dainiknepal

Loading...
x

Check Also

काठमाडौंमा उदाउँदै गरेका ‘टोले गुण्डा’हरू पक्राउ, कथित ‘डन’ ‘डल्ले’पनि पक्राउ

काठमाडौं, ९ साउन । राजधानीमा हतियारसहित हिँड्ने तथा विभिन्न पेशा व्यसाय गरी बस्ने व्यक्तिहरूसँग असुली ...