Home / रास्ट्रिय खबर / रामेछापमा बाढीले पुल र घर बगायो, क्षतिको यकिन विवरण आउन बाँकी

रामेछापमा बाढीले पुल र घर बगायो, क्षतिको यकिन विवरण आउन बाँकी

१ साउन, काठमाडौं । रामेछापमा गएराति भीषण वर्षापछि आएको बाढीले सवारी तर्ने पुल र केही घर बगाएको छ । जिल्लाको गोकुलगंगा र लिखु गाउँपालिकाको सीमानामा रहेको छत्याउने खोलाको बाढीले पुल र घर बगाएको हो ।

मध्यराति आएको बाढीले भर्खरै निर्माण गरिएको पक्की पुल र खोला किनाराका केही घर बगाएको जानकारी घटनास्थलमै रहेकी लिखु गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहालले दिएकी छन् । उनका अनुसार ६ जना स्थानीयलाई घाइते अवस्थामा उद्दार गरिएको छ ।

 

बाढीले बगाएको क्षेत्रमा खाजा खाने होटललगायत घरहरु रहेकाले र केही बेपत्तासमेत भएकाले घटनामा ठूलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।

घटनाको खबर पाएलगत्तै उद्धारका लागि इलाका प्रहरी कार्यालय खिम्तीको टोली पुगेको छ । घटना भएको क्षेत्र सदरमुकाम मन्थलीबाट करिब ११ किलोमिटरकाे दूरीमा छ ।

बाढीले सवारी तर्ने पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्ध विच्छेद भएको छ ।

Loading...
x

Check Also

काठमाडौंमा उदाउँदै गरेका ‘टोले गुण्डा’हरू पक्राउ, कथित ‘डन’ ‘डल्ले’पनि पक्राउ

काठमाडौं, ९ साउन । राजधानीमा हतियारसहित हिँड्ने तथा विभिन्न पेशा व्यसाय गरी बस्ने व्यक्तिहरूसँग असुली ...