Home / रास्ट्रिय खबर / निर्वाचन क्षेत्र बढाउने प्रस्ताव एमालेले गर्‍यो अस्वीकार, यस्तो छ स्थायी समिति बैठकका निर्णयहरु

निर्वाचन क्षेत्र बढाउने प्रस्ताव एमालेले गर्‍यो अस्वीकार, यस्तो छ स्थायी समिति बैठकका निर्णयहरु

काठमाडौं, १ साउन । एमालेले प्रतिनिधिसभाका सदस्यहरूको संख्या बढाउने प्रचारबाजीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा आइतबार बसेको स्थायी समितिको बैठकले समयमै निर्वाचन नगर्ने नियतबाट आएको प्रचारमा गम्भीर षड्यन्त्र लुकेको ठहर गरेको हो । बैठकले प्रधानमन्त्रीबाट आएको निर्वाचन क्षेत्र बढाउने प्रस्ताव अस्वीकार पनि गरेको छ ।

‘निर्धारित समयमै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नका लागि संविधानले व्यवस्था गरे अनुरुप १ सय ६५ निर्वाचन क्षेत्र निर्धारण गर्न अविलम्ब निर्वाचन क्षेत्र निर्धारण आयोग गठनका लागि सरकारको ध्यानाकर्षण गराउँछ’, बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

एमालेले आइतबारदेखि सुरु भएको मतदाता नामावली अद्यावधिक कार्यमा सक्रियतापूर्वक लाग्न पार्टी मातहत कमिटीहरूलाई निर्देशित गरेको छ ।

आगामी असोज २ गते हुन गइरहेको प्रदेश नम्बर २ को निर्वाचनको सम्पूर्ण तयारीमा जुट्नका लागि प्रदेश नम्बर २ अन्तर्गतका पार्टी कमिटी, जनसंगठन र नेता–कार्यकर्ताहरूलाई निर्देशिन दिइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनुभयो ।

एमालेले स्थानीय तहको निर्वाचन सम्पन्न भएको तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि साउन महिनाभित्र अभिमुखीकरण तथा प्रशिक्षण आयोजना गरिर्ने निर्णय पनि गरेको छ ।

यसअघि स्थानीय तह निर्वाचनका कारण रोकिएका मातहतका कमिटी, जनसंगठन र प्रवासी नेपाली मञ्चका अधिवेशनहरू (प्रदेश नम्बर २ बाहेक) खुल्ला गरिएको विज्ञप्तिमा उल्लेख छ ।

दुबै चरणका स्थानीय निर्वाचनमा जनताको विश्वास प्राप्त गरी एमाले पहिलो पार्टीका रुपमा स्थापित भएसँगै पार्टी र नेतृत्वका विरुद्ध थालिएका अनेक भ्रमपूर्ण प्रचारहरूप्रति एमाले सचेत रहेको जनाइएको छ ।

Loading...
x

Check Also

काठमाडौंमा उदाउँदै गरेका ‘टोले गुण्डा’हरू पक्राउ, कथित ‘डन’ ‘डल्ले’पनि पक्राउ

काठमाडौं, ९ साउन । राजधानीमा हतियारसहित हिँड्ने तथा विभिन्न पेशा व्यसाय गरी बस्ने व्यक्तिहरूसँग असुली ...