Home / रास्ट्रिय खबर / बीपी सडकमा रातमा गाडी चलाउन रोक

बीपी सडकमा रातमा गाडी चलाउन रोक

श्रावण १, २०७४- यातायात व्यवस्था विभागले बीपी लोकमार्गमा सोमबारदेखि राति चल्ने भाडाका गाडी आवतजावतमा रोक लगाएको छ । विभागका पदाधिकारीले ट्राफिक प्रहरी र यातायात व्यवसायीसित आइतबार बैठक गरी रात्रिकालीन समयमा बीपी लोकमार्गमा चल्ने भाडाका गाडी आवतजावतमा रोक लगाउने निर्णय गरेका हुन् । विभागले साँघुरो सडकमा धेरै गाडी आवतजावत गर्दा दुर्घटना बढदै गएको निष्कर्ष निकाल्दै बीपी लोकमार्गमा राति भाडाका गाडी आवतजावतमा रोक लगाएको हो ।

x

Check Also

चितवनमा भेटियो डेंगु, सतर्क रहन चिकित्सकको सुझाव

४ भदौ, चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत ...