Home / रास्ट्रिय खबर / मुस्ताङमा प्रहरी कार्यालयमै निकालियो हावाबाट विजुली, ओलीका योजना कार्यान्वयन हुँदै

मुस्ताङमा प्रहरी कार्यालयमै निकालियो हावाबाट विजुली, ओलीका योजना कार्यान्वयन हुँदै

काठमाडौं, २ साउन । मुस्ताङमा हावाबाट विजुली निकालिएको छ । जिल्ला प्रहरी कार्यालयमा दुई वटा पंखा जोडेर निकालिएको विजुलीबाट अहिले ५ वटा बल्ब बालेर परीक्षण सुरु गरिएको मुस्ताङका प्रहरी प्रमुख डीएसपी हरिहर योगीले जानकारी दिए । उनका अनुसार प्रहरी कार्यालयमा समेत हावाको बिजुलीबाट बत्ती बाल्न थालिएको छ ।

आफू प्रधानमन्त्री हुँदा तत्कालिन समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावाबाट विजुली निकाल्ने योजना सुनाउँदा उनको कडा आलोचना भएको थियो । तर, विस्तारै विस्तारै उनका योजना कार्यान्वयनमा आइरहेको छ । जसको पछिल्लो उदाहरण मुस्ताङमा हावाबाट निकालिएको विजुली बनेको छ ।

स्पेनको बुद्ध पावर कम्पनीको सहयोगमा हावाबाट विजुली निकालिएको मुस्ताङमा दुईवटा पंखाको सहयोगमा तीन किलोवाट सम्म द्यिुत उत्पादन हुने अनुमान गरिएको छ ।

तस्वीरः हरिहर योगी ।

Loading...
x

Check Also

काठमाडौंमा उदाउँदै गरेका ‘टोले गुण्डा’हरू पक्राउ, कथित ‘डन’ ‘डल्ले’पनि पक्राउ

काठमाडौं, ९ साउन । राजधानीमा हतियारसहित हिँड्ने तथा विभिन्न पेशा व्यसाय गरी बस्ने व्यक्तिहरूसँग असुली ...