Home / बिचित्र संसार / कण्डममा अचारको बासना, सोसल मिडियामा हंगामा

कण्डममा अचारको बासना, सोसल मिडियामा हंगामा

छिमेकी देश भारतमा एक फमास्यूटिकल्स कम्पनीले अचार स्वादको कण्डम बजारमा ल्याएकाे छ ।

म्यानफोर्स नामक कम्पनीले कम्पनीको फेसबुक पेज मेनफोर्स कण्डममा हालै यो आचार स्वादको कण्डमको विज्ञापन पोष्ट गरेको छ । कम्पनीले आफ्नो वेबसाइट तथा ट्विटर ह्याण्डलमा भने यस नयाँ कण्डमको बारेमा कुनैपनि जानकारी दिएको छैन ।

 

अचार स्वादको कण्डम भन्दै फेसबुक पेजमा विज्ञापन प्रकाशन भएसँगै यस कण्डमको अचारी स्वादलाई लिएर फेसबुक प्रयोगकर्ताहरुमा तरंग उत्पन्न भएको छ ।

फेसबुक प्रयोगकर्ताले यो कण्डमका बारेमा अनेकथरी प्रतिक्रिया जनाएका छन् ।

त्यसमध्ये एकजनाले लेखेका छन् – अब अचार कण्डमपछि चियावाला कण्डम पनि आउनुपर्छ । तब नास्ता र सेक्स दुबै एकैचोटी गर्न पाइन्छ ।

अर्का एकजनाले लेखेका छन् – यदि पसलमा कसैले अचारी मस्ती फ्लेबर माग्यो भने के दिने भनेर पसलेहरु द्विविधामा परेका छन् ।

या त ब्रम्हचारी होउ, या त अचारीमा जाउ:अर्का एकजनाको सल्लाह छ ।

एजेन्सी

x

Check Also

५६ मिनेटमा पैदलै घुमेर सकिन्छ यो देश

पैदल हिँडेरै केही मिनेटमै एउटा पूरै देश घुम्न सम्भव होला ? सुन्दैमा अचम्म लाग्नसक्छ, एउटा ...