Home / रास्ट्रिय खबर / तैरिरहेको अवस्थामा बालकको शव फेला

तैरिरहेको अवस्थामा बालकको शव फेला

खोटाङ, २९ साउन । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका सात वर्षीय रोविन राई मृत फेला परेका छन् ।

साउन २३ गतेदेखि हराएका राई सोही गाउँपालिका वडा नं ५ स्थित तापखोलामा मृत फेला परेका हुन् ।

माछा मार्न गएका स्थानीयवासीले बालकको शव खोलाको पानीमा तैरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको प्रहरीले जनाएको छ ।

साथीहरुसँग माछा मार्न गएका बालक ढुंगामा चिप्लिएर खोलामा बेपत्ता भएका थिए । बेपत्ता बालकको आफन्तले खोजी गरे पनि फेला पार्न सकेका थिएनन् । रासस 

x

Check Also

चितवनमा भेटियो डेंगु, सतर्क रहन चिकित्सकको सुझाव

४ भदौ, चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत ...