Home / रास्ट्रिय खबर / मतदाता नामावलीमा नाम लेखाउने समय ३ दिन थपियो

मतदाता नामावलीमा नाम लेखाउने समय ३ दिन थपियो

३१ साउन, काठमाडौं । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनको समय तीन दिन थपेको छ । आयोगको मंगलबार बसेको बैठकले म्याद थपको निर्णय गरेको हो ।

 

मतदाता नामावलीमा नाम दर्ता गराउन चाहनेको संख्या धेरै रहेको जानकारी आएकाले म्याद थप गर्नु परेको आयोगले जनाएको छ । अब ३ गतेसम्म सबै क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालय एवं ६६९ स्थानीय तहहरुमा मतदाता नामावली दर्ता/संकलन कार्यक्रम सञ्चालन हुनेछ ।

साथै असोज २ गते चुनाव हुने प्रदेश नम्बर २ का स्थानीय तहहरुमा मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको नियुक्ति गर्ने निर्णय पनि गरेको छ । ८ जिल्लाका जिल्ला न्यायाधीशलाई न्यायपरिषदको सिफारिसमा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।

न्याय सेवा, प्रशासन र शिक्षा सेवाका रा.प.द्वितीय श्रेणीका १३६ जना अधिकृतलाई निर्वाचन अधिकृत नियुक्ति गरिएको आयोगले जनाएको छ ।

मुख्य/निर्वाचन अधिकृतहरुलाई भदौ ४ र ५ गते धनुषाको जनकपुर र बाराको सिमरामा दुई दिने तालिम दिइनेछ । आयोगका अनुसार मुख्य निर्वाचन अधिकृतहरुले ७ गते र निर्वाचन अधिकृतहरुले १२ गतेदेेखि स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्नेछन् ।

असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि भदौ १ गतेदेखि आचारसंहिता लागू हुने छ ।

(Visited 1 times, 1 visits today)
x

Check Also

प्रचण्ड आफैंले दिए छोरा प्रकाशलाई दागवती फोटो फिचर

३ मंसिर, काठमाडौं । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् ...