Home / रास्ट्रिय खबर / नवराज सिलवालले समातेको ३३ किलो अवैध सुनका मालिक ७ महिनापछि युएईबाट पक्राउ

नवराज सिलवालले समातेको ३३ किलो अवैध सुनका मालिक ७ महिनापछि युएईबाट पक्राउ

काठमाडौं, ५ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ३३ किलो अवैध सुनका मालिकलाई युएईबाट पक्राउ गरेको छ ।

तत्कालिन सिआईबी प्रमुख डिआईजी नवराज सिलवालको नेतृत्वमा विदेशबाट अवैध रुपमा ल्याइएको ३३ किलो सुन बरामद भएको थियो । सुन बरामदका क्रममा दुई जना भरिया पक्राउ परेका थिए ।

भरियाको वयानका आधारमा भन्सारका कर्मचारी र प्रहरीकै एक जना एसएसपीको संलग्नता देखिएपछि निलम्बन गरी नियन्त्रणमा लिइएको थियो । र, अहिले ७ महिनापछि सुन तस्करीका मुख्य नाइके राजन प्रसाद पन्तलाई नेपाल प्रहरीको विशेष टोलीले युएई प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।

सिआईबी प्रवक्ता एसपी किरण बज्रार्चायका अनुसार पन्तलाई नेपाल ल्याइसकिएको छ । र, अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान सुरु गरिनेछ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले गत पुस २१ मा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको पार्किङबाट १५ करोड मुल्य बराबरको ३३ किलो अवैध सुन बरामद गरेको थियो ।

source :dainiknepal.com

x

Check Also

भारत भ्रमणमा के–के गर्दै छन् देउवाले ?

काठमाडौं, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय र पारस्परिक हितका मुद्दामा आसन्न भारत भ्रमण ...