Home / बिचित्र संसार / एउटा बाइकमा ५८ जना चढेर विश्व कीर्तिमान

एउटा बाइकमा ५८ जना चढेर विश्व कीर्तिमान

भारतीय सेनाले एउटा नयाँ कीर्तिमानी कार्य गरेर विश्व कीर्तिमान कायम गरेको छ । इण्डियन आर्मीका ५८ जवानहरु एउटै मोटरसाइकलमा एकैपटकमा चढेर कीर्तिमान राखेका हुन् । बैैैैगलोरको यलाहांकामा रहेको भारतीय वायुसेनाको क्याम्पमा यस्तो कीर्तिमानी कार्य भएको हो ।

५ सय सीसीको रोयल इनफिल्ड मोटरसाइकलमा ५८ जना सैनिकहरु एकैपटकमा चढेर १२ सय मिटर टाढासम्म मोटरसाइकल गुडाएका थिए ।

 

मोटरसाइकलमा यतिधेरै यात्रुलाई अटाउनका लागि दायाँ–बायाँ दुवैतर्फ टेक्ने ठाउँ जोडिएको थियो । तौल बढी नहोस् भनेर सैनिकले १ सय मिलिमिटर पानी तथा बिस्कुट मात्र खाएका थिए ।

स्मरण रहोस्, भारतीय वायु सेनाको आर्मी सर्भिस कप्र्सले विभिन्न २० विधामा विश्व तथा राष्ट्रिय कीर्तिमान राखिसकेको छ ।

एजेन्सी

(Visited 1 times, 1 visits today)
x

Check Also

गुडिरहेको कारभित्र सेक्स गर्दा भयानक दुर्घटना, आइरिस युवकको मृत्यु

थाइल्याण्डमा एउटा त्राशदीपूर्ण कार दुर्घटनामा आइरिस नागरिकको मृत्यु भएको छ । दुर्घटना हुँदा उनी कारको ...