Home / रास्ट्रिय खबर / दशैको दिनमै उपप्रधानमन्त्री विजय गच्छदारको यसरी भयो ‘पत्ता साप’ फोरम लोकतान्त्रिक रौतहट जिल्ला नेतृत्वद्धारा पार्टी परित्याग

दशैको दिनमै उपप्रधानमन्त्री विजय गच्छदारको यसरी भयो ‘पत्ता साप’ फोरम लोकतान्त्रिक रौतहट जिल्ला नेतृत्वद्धारा पार्टी परित्याग

रौतहट, ६ कात्तिक । सत्ता साझेदार दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको दशैंकै दिन ‘पत्ता साप’ भएको छ ।

फोरम लोकतान्त्रिक रौतहटका अध्यक्षसहित जिल्ला कार्य समिति र भातृ संगठनले संयुक्त रुपमा पार्टी परित्याग गरेपछि अध्यक्ष विजय गच्छदारलाई दशैंमा अर्को झट्का लागेको हो ।

gjlgo'Qm pkk|wfgdGqL ljhos'df/ uR5bf/ ;+rf/sdL{ ;+u s'/fub}{ . tl:a/M /f]zg ;fksf]6f, sf7df8f}

gjlgo’Qm pkk|wfgdGqL ljhos’df/ uR5bf/ ;+rf/sdL{ ;+u s’/fub}{ . tl:a/M /f]zg ;fksf]6f, sf7df8f}

उनीहरुले संयुक्त रुपमा दशैंको दोस्रो दिन शुक्रबार पार्टी परित्याग गरेका छन् । एकलौटी ढंगबाट पार्टी सरकारमा सामेल भएको भन्दै असन्तुष्ट जिल्ला नेतृत्वले संयुक्त रुपमा पार्टी परित्याग गरेको रौतहटका अध्यक्ष अजय गुप्ताले जानकारी दिनुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसहित तीन जना सरकारका मन्त्री छन् । अध्यक्ष गच्छदार र केन्द्रीय नेताहरुले पार्टीमा कुनै सरसल्लाह नगरी एकलौटी ढंगबाट मधेस आन्दोलनलाई लात हानेर सरकारमा सामेल भएको आरोप लगाएका छन् ।

जिल्ला नेतृत्वले गौर बैरगनिया जोडने पुलमा रहेको धर्ना स्थलबाटै राजिनामा दिएका हुन् । कार्यसमिति अध्यक्ष, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु समेत तथा पार्टीका शिक्षक, युवा, दलित र किसान सँगठनका अध्यक्ष विभिन्न क्षेत्रका क्षेत्रिय अध्यक्षहरुले समेत सयौं नेता कार्यकर्ताले पार्टी परित्याग गरेको उहाँले जानकारी दिनुभयो ।

यसअघि पनि फोरम लोकतान्त्रिकका केन्द्रीय महासचिवसहित सयौं नेता कार्यकर्ताले पार्टी परित्याग गरिसकेका छन् । सयौं नेता कार्यकर्ताको पार्टी परित्यागले गच्छदारको राजनीति ‘पत्ता साप’ हुने अवस्थामा पुगेको हो ।

 

x

Check Also

चितवनमा भेटियो डेंगु, सतर्क रहन चिकित्सकको सुझाव

४ भदौ, चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत ...