Home / रास्ट्रिय खबर / प्रधानमन्त्री ओलीको भ्रष्टाचार नगर्ने वाचा र प्रधानमन्त्रीको तलब

प्रधानमन्त्री ओलीको भ्रष्टाचार नगर्ने वाचा र प्रधानमन्त्रीको तलब

विचरा प्रधानमन्त्रीको तलव बैंकका सिइओहरुको भन्दा दश गुणा कम

नयाँ प्रधानमन्त्री केपि ओलीले आफ्नो गृहजिल्ला झापाको पहिलो भ्रमणको वेलामा कार्तिक ४ गते भएको एक सभामा आफुले भ्रष्टाचार नगर्ने सार्वजनिक प्रतिवद्धता जनाएकाछन् ।kp1-430x316

हुनत प्रधानमन्त्री जस्तो सर्वोच्च पदमा पुगेपछि म भ्रष्टाचार गर्दिन भनेर भन्नु पर्ने विषय नै होइन । सीधा कुरा यो हो कि प्रधानमन्त्री जस्तो व्यक्तिले भ्रष्टाचार गर्न पाउँदैन , त्यो  गम्भीर अपराध हो । तर धेरैलाई थाहा नभएको विषय के हो भने नेपालको कानूनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो भ्रष्टाचार निवारण गर्ने सर्वोच्च निकायलाई प्रधानमन्त्रीले भष्टाचार गरे भने कारवाही गर्ने अधिकार दिएको छैन ।

जसरी राजालाई राजतन्त्रमा कुनै पनि निकायले कारवाही गर्न सक्दैन , त्यसरी नै गणतन्त्रमा पनि प्रधानमन्त्रीलाई अख्तियारले समात्न नसक्ने गरी कानून वनाइएको छ । प्रधानमन्त्रीलाई कारवाही गर्ने एक मात्र उपाय भनेको संसदमा अविस्वास प्रस्ताव वा महाअभियोगको प्रस्ताव पारित गरेर हटाउने हो ।

तर यो सजिलो विषय होइन । किनभने प्रधानमन्त्री संग आफ्नो पार्टी र अरु सत्ता गठबन्धनमा रहेका दलहरुको साथ रहने हुनाले उसमाथि कारवाही हुन सक्दैन ।

नेपालका अहिले सम्मका प्रधानमन्त्रीहरु कोही पनि चोखो रहेनन् भनिन्छ । सबैले कमाए भनिन्छ । सबैले कुनै न कुनै तरिकाले भ्रष्टाचार गरेका थिए भनिन्छ । कुनै प्रधानमन्त्री आफैले पनि ब्रिफकेस भरी पैसा लिन्थे भनिन्छ भने कुनैले आफ्नी श्रीमती वा पिएहरु वा आफन्तहरु मार्फत पैसा लिन्थे भनिन्छ ।

प्रधानमन्त्री भएपछि र प्रधानमन्त्रीवाट हटेपछि उनीहरुको जीवनस्तर र खर्चवर्च हेर्दा कुनैले पनि आफु प्रधानमन्त्री छँदा भ्रष्टाचार गरेर पैसा कमाउन वाँकि राखेनन् भन्न सक्ने आधार प्रसस्त देखिन्छ । सर्बसाधारण जनता भन्दा पनि ओली जस्तो नेतालाई विगतका प्रधानमन्त्रीहरु क कसले कसरी भ्रष्टाचार गरेर पैसा कमाए र देशको काम लथालिंग छाडे भन्ने वढी थाहा भएको होला नै । त्यसैले ओलीले आफ्ना सन्तान नभएकोले भ्रष्टाचार गर्दिन भनेर सार्वजनिक रुपमा भन्नु भएको हुन सक्दछ ।

यदि यो वाचा उहाँले व्यवहारमा लागु गर्न सक्नु भएमा यो नेपालको लागि धेरै ठुलो योगदान हुनेछ । प्रधानमन्त्रीले भ्रष्टाचार गर्ने भएपछि नै मन्त्रीहरु र मातहतका सरकारी निकायका मानिसहरुले पनि भ्रष्टाचार गर्न थाल्ने हुन । हुँदा हुँदा भ्रष्टाचार रोक्ने जिम्मा दिइएका निकायका मानिसहरुले पनि भ्रष्टाचार गर्न थाल्ने हुन्छ र देशको उन्नतिमा भन्दा आफ्नो व्यक्तिगत स्वार्थमा ध्यान गएपछि के हुन्छ देशको हालत भन्ने कुरा हामीले भोगी रहेका छौं ।

यदि प्रधानमन्त्री आफुले भ्रष्टाचार नगर्ने भएमा मन्त्रीहरु र मातहतका अरुले पनि भ्रष्टाचार गर्न डराउने हुन्छ र भ्रष्टाचार सून्य मै लान नसके पनि धेरै हद सम्म निर्मुल हुन गई देश विकास तीब्र गतिमा शुरु हुनेछ ।

प्रधानमन्त्री ओलीको यो वाचा व्यवहारमा यथार्थ बन्न थाल्छ भने जनताले उनको तलव सुविधा कानूनी रुपमा वढाउन संसदलाई दवाव दिनु पर्दछ । किनभने प्रधानमन्त्रीको अहिलेको तलबले आउने पाहुनाहरुलाइ दुधको चिया ख्वाउन पनि पुग्दैन , कालो चिया सम्म बल्ल पुग्ला । अहिले प्रधानमन्त्रीको तलब भनेको ६१,८२०।– रुपैयाँ प्रति महिना हो । प्रधानमन्त्रीलाई पेट्रोल, टेलिफोन, पत्रिका आदिको लागि भनेर केही सुविधा त दिएको हुन्छ , तर खान लाउन र पाहुनालाई ख्वाउन बैधानिक रुपमा खासै व्यवस्था छैन । पार्टीको अध्यक्ष र प्रधानमन्त्री पनि भएकाले  समस्यामा परेका आफ्ना कार्यकर्ता र मतदाताहरुलाई केही न केही हेर्नै पर्ने हुन्छ । प्रधानमन्त्रीले महिनामा ४ पटक वालुवाटारमा रात्री भोजको आयोजना गर्न पाउने व्यवस्था लगाएत अरु यस्ता कयौं ठाउँहरु त छ , तर यो खर्च वाटै अरु खर्च निकाल्ने कुरा पनि सानो तिनो भ्रष्टाचार नै हो ।

भनाइको अर्थ यो हो कि प्रधानमन्त्रीको वास्तविक खर्च उनलाई वैधानिक रुपमा दिइने तलव वाट पुग्दैन । प्रधानमन्त्री पद गएपछि उसको साधारण खर्च सम्म पनि उनलाई दिइने केही भत्ता वाट कदापी पुग्दैन । तसर्थ भष्ट्राचार नगर्ने प्रतिवद्धतालाई अहिलेका नयाँ प्रधानमन्त्रीले साँच्चै पालन गर्दछ भने उनलाई चाहिने न्यूनतम आवश्यकता राज्यले व्यहोर्ने कानूनी प्रावधान यथाशीघ्र वनाई उनलाई भ्रष्टाचार गर्न नपर्ने वातावरण वनाई दिनु पर्दछ ।

एउटा बैकको कार्यकारी प्रमुखले पनि नेपाल मै महिनाको पाँच लाख तलब पाउँछ । देश को कार्यकारी प्रमुखले देशको भलो गरोस् र उनले आफ्नो व्यक्तिगत चिन्ता लिन नपरोस् भनेर प्रधानमन्त्रीलाई महिनाको बीस लाख तलब दिइनु अन्यथा हुने छैन । भ्रष्टाचार भनेको छोराछोरीका लागि मात्र गरिन्छ भन्ने होइन । अहिलेका प्रधानमन्त्रीको छोराछोरी नभएपनि अन्य खर्च पुग्ने गरि दिनु राज्यको दायीत्व हो । नेपालमा प्रधानमन्त्री टिक्ने भनेको दुई बर्ष हो , र यो अवधीमा उनलाई करीव पाँच करोड दिएर देशमा हुने अरबौं भ्रष्टाचार निवारण हुन्छ र देश विकासको गति तीब्र हुन शुरु हुन्छ भने यो शुभ कार्य गर्ने हिम्मत संसदले गर्न पर्ने हुन्छ र जनताले यसलाई स्वीकार गर्नु पर्ने हुन्छ । विगत देखि हाल सम्म यो पाँच करोड जोगाउने नाममा प्रधानमन्त्रीले यो भन्दा वढी आफै भ्रष्टाचार गर्ने गर्छन् र अरुलाई पनि अरर्बौ रकम भ्रष्टाचार गर्न दिइरहेको हुन्छ । तसर्थ नयाँ प्रधानमन्त्रीको नयाँ वाचा संगै जनताले पनि नयाँ ढंगले सोच्न पर्ने वेला आइसकेको छ ।

यतिले पुग्दैन भने अझ वढाएपनि फरक पर्दैन तर त्यस पछि पनि भ्रष्टाचार गर्छ भने त्यस्तो प्रधानमन्त्रीलाई कडा सजाँय  दिने कानून पनि वनाइनु पर्दछ ।

nepal sandesh

(Visited 804 times, 1 visits today)
x

Check Also

काँकडभिट्टादेखि बुटवलसम्म रेलमार्गको डीपीआर फाइनल नयाँ सरकारको निर्णय कुरिरहेका छौंः विभाग

२६ मंसिर, काठमाडौं । रेल विभागले पूर्वी भाग अर्थात् काँकडभिट्टादेखि बुटवलसम्मको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ...