Home / रास्ट्रिय खबर / ओलीले भन्नेछन्ः बादरलाई मान्छे बनाउन खोजेको सकिएन

ओलीले भन्नेछन्ः बादरलाई मान्छे बनाउन खोजेको सकिएन

kp-sharma-oli

प्रधानमन्त्री हुनु पूर्वसम्म केपी ओलीको प्रहार प्रचण्डमाथि हुने गथ्र्यो । प्रचण्डको कांध चढेर प्रधानमन्त्री भएपछि ओली झण्डै ९ महिना प्रचण्डप्रति मौन बसे । कहिलेकाहीं प्रसंशा पनि गरिदिए । उहांहरु सच्चिनुभयो, अब म उहांलाई प्रचण्डजी भनेर बोलाउंछु भन्दै उनले एउटा कार्यक्रममा हसाएका थिए ।

अब, ओलीको आक्रोश बढ्ने निश्चित छ । प्रचण्डप्रति ओलीवाण फेरि हेडलाइन बन्नेछन् । प्रचण्ड सबैभन्दा ठूलो दलको नेता थिए । कांग्रेस र एमालेको सहकार्यले उनी ठूलो दलको ठूलो नेता भइकन पनि पटकपटक पछारिएका थिए ।

रोल्पा पुगेर प्रचण्डले कांग्रेस एमालेलाई फेरी देखाइदिने भन्दै गर्जिए । ओलीले काठमाडौंमा हसाएः काठमाडौंमा चोट खाएको बिरालो, रोल्पा पुगेर खांमो चिर्थोछ । शब्दमार्फत पाता फर्काइ फर्काइ प्रचण्डलाई ओलीले जति कसैले प्रहार गरेको छैन ।

यो ९ महिना उनको मुखमा ब्रेक लागेको थियो । अब गालीको एक्सिलेटर बढ्नेछ । ओलीको बोलीमा सम्भवतः अब प्रचण्ड छुट्ने छैनन् । आजभोलि नै भन्नेछन्ः बादरलाई मान्छे बनाउन खोजेको, लिस्नु चढ्न जाने पो

Loading...
x

Check Also

कोसी उच्च बाँध बनाउन भारतीय दबाब, बने ७५ हजार विस्थापित हुने

३१ साउन, काठमाडौं । भारत सरकारले यसअघि सर्वेक्षण भएअनुसार नै कोसी उच्च बाँध बनाउन दबाब ...