Home / अन्तर्राष्ट्रिय खबर / साउदीका कामदारलाई खुसीको खबर, सरकारले ल्यायो नयाँ कानुन

साउदीका कामदारलाई खुसीको खबर, सरकारले ल्यायो नयाँ कानुन

अक्टोबर २८, अल हासा हफुफ !

साउदी अरबका नयाँ राजा सलमान बीन अब्दुल अजिजको सरकारले बिदेशी कामदारको लागि अहिलेसम्मकै सबैभन्दा ठुलो राहत मिल्ने कानुन ल्याएका छन्| अब देखि यहाँ काम गरिरहेका बिदेशी कामदारले आफ्नो पासपोर्ट आफ्नै साथमा राख्न पाउने भएका छन्| जुन कफिल (स्पोन्सर) तथा कम्पनीले बिदेशी कामदारको पासपोर्ट उनीहरुलाई राख्न दिदैन अब सरकारले तिनीहरुलाई जरिवाना लगाउने छ|

261015-KAFEEL-PASSPORT-RULE-11

साउदी अरबका संचारमाध्यमका अनुसार श्रम मन्त्रालयको यो नया कानुन अनुसार जुन कफिल या कम्पनीले कामदारको पासपोर्ट उनीहरुलाई दिदैन उसले २ हजार साउदी रियाल जरिवाना तिर्नुपर्ने छ| साथै सोहि गल्ति दोहोर्याएमा जरिवाना पनि दोब्बर हुनेछ| नयाँ कानुनका अनुसार कामदार र कफिल या कम्पनि बिचमा भएको सम्झौता पत्रको प्रतिलिपि कामदारलाई उपलब्ध नगराउने कफिल या कम्पनीलाई ५ हजार रियाल जरिवाना तोकिएको छ| सम्झौता पत्रमा उल्लेख भए बाहेकको काम लगाउने कफिल तथा कम्पनीलाई नयाँ कानुनले १५ हजार रियाल जरिवानाको ब्यवस्था गरेको छ| अझ गजबको कुरो त, धेरै गर्मी तथा खराब मौसममा पनि बिना सुरक्षा ब्यवस्था काम गर्न गराउन बाध्य पार्ने कफिल तथा कम्पनीलाई २५ हजार रियाल जरिवाना नया कानुनमा उल्लेखित छ| यसका साथै कम्पनि तथा कफिल आफैंले व्यहोर्नुपर्ने खर्च कामदारबाट असुल गरेको पाइएमा त्यस्ता कफिल तथा कम्पनीलाई जरिवानाको रकम १५ हजार तोकिएको छ|

 

नयाँ कानुनमा तलब दिन ढिलो गर्ने, अतिरिक्त समयमा काम गर्न बाध्य पार्ने, अतिरिक्त समयमा गरेको कामको तलब नदिने साथै हप्ते बिदा र सरकारी बिदामा पनि काम गर्न बाध्य पार्ने कफिल तथा कम्पनीलाई पनि जरिवानाको ब्यवस्था गरिएको छ| नया कानुनमा आफ्नो संगठन तथा कम्पनिमा कम्तिमा १२ प्रतिसत स्थानीय साउदी नागरिकलाई तालिम नदिने कफिल तथा कम्पनीलाई पनि जरिवानाको दायरामा ल्याइने भएको छ| यदि कुनै कफिल तथा कम्पनीले साउदी नागरिकलाई काममा भर्ती गरेको झुटो बिवरण दिन्छ भने त्यस्ता कफिल तथा कम्पनीलाई २५ हजार साउदी रियाल जरिवाना गरिनेछ| यसको साथै कुनै कम्पनीले साउदी नागरिकको लागि आरक्षित कोटामा बिदेशी कामदारलाई भर्ती गर्छ भने त्यस्तो कम्पनीलाई पाँच दिनको लागि बन्द गरिनेछ|

 

श्रम मन्त्रालयले सबैभन्दा बढी जरिवाना भिषा बेच्नेहरुलाई तोकेको छ| मन्त्रालयले प्रष्ट भनेको छ, बाहिरी व्यक्तिहरुलाई भिषा बेच्नेलाइ ५० हजार रियाल जरिवाना तिराइने छ| बिना अनुमतिपत्र बिदेशी कामदार राख्नेले पनि ४५ हजार जरिवानाको भागीदार हुनुपर्नेछ| महिलाहरुलाई तोकिएको काममा पुरुषलाइ काम लगाइराखिएको पाइएमा प्रतिव्यक्ति १० हजार जरिवाना तोकिएको छ| यतिमात्रै होइन कम्पनीलाई एकदिनको लागि बन्दसमेत गरिनेछ| पुरुषहरुलाई महिलाले गर्ने काम गर्न दबाब दिइएको पाइएमा तथा बन्देज गरिएको समयमा काम गर्न बाध्य पारिएमा ५ हजारदेखि १० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ|

 

मन्त्रालयले प्रष्ट उल्लेख गरेको छ कि अनुमतिपत्र नभई कामदार भर्ना गर्ने र काम शुरु गर्ने अथवा मन्त्रालयमा आफ्नो सेवाको बिवरण नियमित दर्ता नगर्नेलाई १० हजार रियाल जरिवाना हुनेछ| कम्पनीको तर्फबाट झुटो बिवरण पेश गर्नेलाइ १० हजार  तथा सरकारी अधिकारीहरुको अनुसन्धानमा बाधा पुर्याउनेलाई २५ हजार रियाल जरिवाना हुनेछ|

 

साथै कानुनमा उल्लेख छ, गल्ति दोहोर्याउनेलाइ दोब्बर जरिवानाको भागीदार बनाइने छ| साथै सबै जरिवानाको रकम एक महिनाभित्र भुक्तान गरिसक्नुपर्ने छ | समयमा जरिवाना भुक्तान नगर्नुलाई कानुनको ठाडो उल्लङ्घन मानिनेछ| कफिल तथा कम्पनीहरुले कुनै पनि प्रकारको कारवाही तथा जरिवानाको बिरुद्द ६० दिनभित्र उजुरी गर्न सक्नेछन|

जरिवानाको संक्षिप्त बिवरण सुची यस्तो छ:

क्र. स. जरिवानाको कारण जरिवाना रकम    (साउदी रियाल)
१. कामदारलाई पासपोर्ट नदिनु २,०००
२. कामदारलाई सम्झौतापत्रको प्रतिलिपि नदिनु ५,०००
३. सम्झौता बाहिरको काम लगाउनु १५,०००
४. सुरक्षा र स्वास्थ्यको नियम नमान्नु २५,०००
५. साउदी श्रमिकको गलत जानकारी दिनु २५,०००
६. बिदेशी कामदारलाई भिषा बेच्नु ५०,०००

source : egulf nepal

Loading...
x

Check Also

कतार विवाद चर्किए युद्ध हुन सक्छ: जर्मन विदेशमन्त्री

२८ जेठ, एजेन्सी । कतार तथा उसका अरब छिमेकीहरुसंगको विवाद चर्किएर युद्धसम्म हुन सक्ने जर्मनीका ...