Home / रास्ट्रिय खबर / भारतलाई नेपालको हैसियत देखाउन एमाले र एमाओवादी मिल्यौ : महासचिव महरा प्रतिकारमा उत्रन कार्यकर्तालाई निर्देशन

भारतलाई नेपालको हैसियत देखाउन एमाले र एमाओवादी मिल्यौ : महासचिव महरा प्रतिकारमा उत्रन कार्यकर्तालाई निर्देशन

बनेपा, १२ कात्तिक । एमाओवादी महासचिव कृष्णबहादुर महराले राष्ट्रिय स्वाधिनताका लागि एमालेसंग सहकार्य गरि अगाडि बढेको बताउनु भएको छ ।

????????????????????????????????????

काभ्रेको बनेपामा एमाओवादी अगुवा कार्यकर्ता प्रशिक्षणको उद्घाटन गर्नुहुँदै महासचिव महराले संविधान जारीपछि राष्ट्रिय स्वाधिनता खतरामा परेकाले एमालेसँगको सहकार्यले देशले निकास पाएको दाबी गर्नुभयो ।

भारततर्फ संकेत गर्दै उहाँले नेपालमा जारी संविधानलाई अन्तर्राष्ट्रिय रुपमा नै दमन गर्न खोजेको भन्दै त्यसको प्रतिकारमा उत्रन कार्यकर्ता निर्देशन समेत दिनुभयो । महासचिव महराले संविधान जारी हुनु नै ठुलो उपलब्धी नभएको जिकिर गर्नुभयो । उहाँले संविधान जारी हुनु उपलब्धीको एउटा बाटो मात्रै भएको स्पष्ट पार्नुभयो ।

दश वर्षको द्धन्द्धका विषयलाई लिएर हेगमा पुर्याउने खेल स्वरुप संविधानको विरोध भएको समेत आरोप लगाउनुभयो । उहाँले भारत कै इसारामा तराइको आन्दोलन चर्किएकाले यसका लागि जनतालाई सचेत रहन समेत आग्रह समेत गर्नुभयो ।

 

Loading...
x

Check Also

कोसी उच्च बाँध बनाउन भारतीय दबाब, बने ७५ हजार विस्थापित हुने

३१ साउन, काठमाडौं । भारत सरकारले यसअघि सर्वेक्षण भएअनुसार नै कोसी उच्च बाँध बनाउन दबाब ...