Home / रास्ट्रिय खबर / चीनले भन्यो- नेपालमा बाह्य हस्तक्षेप सहन सक्दैनौं हिमाल, पहाड र तराईलाई अलग गर्न नहुनेमा जोड

चीनले भन्यो- नेपालमा बाह्य हस्तक्षेप सहन सक्दैनौं हिमाल, पहाड र तराईलाई अलग गर्न नहुनेमा जोड

काठमाडौं, १२ कात्तिक । चीनले नेपाललाई हेर्ने आफ्नो धारणा पहिलो पटक सार्वजनिक गरेको छ ।

Chinese President Xi Jinping talks about how the Chinese symbol for the word "people" resembles two sticks supporting each other as he speaks Tuesday, Sept. 22, 2015, at a banquet in Seattle. Xi was in Seattle on his way to Washington, D.C., for a White House state dinner on Friday. (AP Photo/Ted S. Warren)

भारतको अघोषित नाकाबन्दीपछि चीनले नेपालमा बाह्य हस्तक्षेप सहन नसकिने जनाएको हो । उसले नेपालमा भौगलिक अखण्डता हुनुपर्नेमा जोड दिएको छ । अर्थात नेपाललाई एक अर्काे जातको नाममा टुक्रयाउन नहुने धारणा बाहिर ल्याएको हो ।

भारततर्फ संकेत गर्दै चीनले दक्षिणको छिमेकीले संविधानमा संशोधन गरी सीमांकनमा हेरफेर गर्न र तराईका अन्य जिल्लाहरुलाई मधेस प्रदेशमा गाभ्न नेपाललाई दबाव दिइरहेकै बेला नेपालको भौगोलिक अखण्डतामा जोड दिएको हो ।

जसअनुसार नेपालको हिमाल पहाड तराई जोडिनुपर्ने चाहना चीनले राखेको छ । साथै नेपाललाई राष्ट्रिय स्वतन्त्रता, सम्प्रभुता र भौगोलिक अखण्डता कायम राख्न चीनको समर्थन रहने विहीबार चिनियाँ विदेश मन्त्रालयले स्पष्ट पारेको हो । नेपालको विकासका लागि चीनको सहायता पनि जारी राख्ने भनाई चिनियाँ विदेश मन्त्रालय प्रवक्ता लु खाङले विहीबारको नियमित पत्रकार सम्मेलनमा राखे ।

उनले नेपालका नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाइ दिँदै नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतामा चीनले समर्थन जनाउने बताए । भौगलिक अखण्डतामा जोड दिएको चीनले भारतको सहयोगमा नेपालको तराईमा एक प्रदेश बनाउनुपर्ने मागको विरोध गरेको हो ।

 

Loading...
x

Check Also

चुनावी महाभारतः मैदानमा उत्रिए देउवा, ओली र प्रचण्ड बाबुराम, कमल थापा र उपेन्द्र यादव पनि मैदानमै

८ असार, काठमाडौं । जब युद्धमा कमाण्डरहरु आफैं रथबाट झरेर मैदानमा आउँछन्, त्यसपछि बुझ्नुपर्छ कि ...