Home / रास्ट्रिय खबर / चीनसँग सम्झौताको भोलीपल्टै भारतले भन्यो ठुलो गल्ती भो, अब तेल बढाउँछौं

चीनसँग सम्झौताको भोलीपल्टै भारतले भन्यो ठुलो गल्ती भो, अब तेल बढाउँछौं

काठमाडौं , १२ कार्तिक  । चीनसँग इन्धन आपुर्तिको सम्झौता भएको भोलिपल्टै भारतले नेपालमा आफ्नो व्यापार घट्ने अवस्था आउनु नराम्रो भएको बताएको छ ।B-Ashok-430x316

भारतले गल्ती स्विकार गर्दै तेल आपुर्ति बढाउने बताएको छ । नेपालमा इन्धन बेच्दै आएको भारतीय आयल कर्पोरेशन (आइओसी)का अध्यक्ष बी अशोकले चीनसँग नेपालले गरेको सम्झौतापछि भारत पर्ख र हेरको अवस्थामा रहेको बताए ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक सार्वजनिक समारोहमा बोल्दै अध्यक्ष अशोकले अब भारतले नेपालमा इन्धनको आपूर्ति बढाउने समेत बताएका छन् ।

उनले आन्दोलन भैरहेका नाका बाहेकका स्थानबाट तत्काल आपुर्ति बढाइने र आन्दोलन रोकिएपछि ती नाकाहरुबाट पनि इन्धन पठाइने बताएका हुन् । भारतको चर्चित अनलाइन पत्रिका बिजनेश स्ट्याण्डर्डले उनको भनाइलाई प्रमुख समाचार बनाएको छ ।

अशोकले भारत र नेपालबीच ४० वर्षदेखि इन्धन कारोबार हुँदै आएको उल्लेख गर्दै अहिले देखिएको समस्या प्रति आफुहरु सुजबुझपुर्ण ढंगले अघि बढ्न चाहेको र नेपाली जनताले व्यहोर्नुपरेको सास्तीप्ति दुःख व्यक्त समेत गरेका छन् ।

उनले भारतले ठुलो व्यापार र बजार गुमाउने अवस्था आउन सक्नेतर्फ संकेत गर्दै यसको निकास निकाल्न पहल गर्नुपर्ने बताउँदै तत्कालकालागि पर्ख र हेर बाहेक आफुहरुसँग विकल्प नभएको बताए । नेपाल सन्देश बाट ।

 

(Visited 395 times, 1 visits today)
x

Check Also

काँकडभिट्टादेखि बुटवलसम्म रेलमार्गको डीपीआर फाइनल नयाँ सरकारको निर्णय कुरिरहेका छौंः विभाग

२६ मंसिर, काठमाडौं । रेल विभागले पूर्वी भाग अर्थात् काँकडभिट्टादेखि बुटवलसम्मको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ...