Home / बिचार/ब्लग / राष्ट्रपतिलाइ “राष्ट्रपत्नी” भन्नु पर्छ भन्दै कराउनेहरुलाई -राम लोहनी

राष्ट्रपतिलाइ “राष्ट्रपत्नी” भन्नु पर्छ भन्दै कराउनेहरुलाई -राम लोहनी

  • राम लोहोनी 

राम लोहोनी

अब हाम्रो चिन्तन राष्ट्रपति शब्दको पछाडि हात धोएर लाग्ने छ। “पति” भनेको लोग्ने हो र राष्ट्रपति भनेको राष्ट्रको लोग्ने हो, रामवरण हुँदा लोग्ने भन्ने मिले पनि विद्या भण्डारीलाई लोग्ने भन्न नमिल्ने हुनाले राष्ट्रपति शब्द मिल्दैन भन्ने आशयका चर्चा सुरु भैसक्यो। “पति” शब्द संस्कृत हो। आधिकारिक मानिएको आप्टेको संस्कृत शब्दकोशमा हेरौँ त एकफेरा!

१. Master, Lord जस्तो कि गृहपति।

२. Owner, possessor, proprietor जस्तो कि क्षेत्रपति

३. Governor, ruler, one who presides over जस्तो कि ओषधिपति, वनस्पति, कुलपति

४. Husband

यस्ता अर्थहरू देखियो। यी चारवटा अर्थहरूलाई हेर्दा पहिलो तीनवटाले husband भन्ने नबताउने प्रष्टै छ, किनकि चौथो अर्थमा मात्र त्यो अर्थ बुझिन्छ। हाम्रा विचारहरू सामान्य चल्तिका अर्थसँग सीमित छन्, हाम्रा ज्ञान सीमित छन्। तर हामीलाई हाम्रा ज्ञान सर्वोपरी लाग्छ। ‘वनस्पति’ शब्दमा आएको ‘पति’ ले पक्कै पनि हाम्रो चल्तिको ‘श्रीमान्’ वा ‘लोग्ने’ त बुझाउँदैन होला! क्षेत्रपति शब्दको ‘पति’ ले पनि लोग्ने बुझाउँदैन। स्वामित्व राख्‍ने व्यक्ति बुझियो। हाम्रा चिन्तन चाहिँ पुरुषप्रधान (भालेप्रधान) भएकोले मालिक, स्वामी जति सबै पुरुष (भाले) मात्रै बुझ्ने गर्छौं हामी।
स्वयम् ‘पुरुष’ शब्द पनि मानव जातिको ‘भाले’ मात्र बुझाउने गरी मात्र संस्कृत भाषामा प्रयोग भएको छैन। एउटा अर्थ हो ‘भाले’ जाति बुझाउने। अन्य अर्थहरू पनि छन्। आप्टेकै शब्दकोशअनुसार,

१. A male being, man

२. Men, mankind

३. A member or a representation of a generation

४. An officer, functionary, attendant, agent, servant

५. The height or measure of a man

६. A soul

७. The supreme god

यस बाहेक पनि अरू अर्थ लाग्छन्। व्याकरणमा पुरुष भनेर अङ्ग्रेजीको Person लाई जनाइन्छ — प्रथम पुरुष, द्वितीय पुरुष आदि। यसमा ‘पुरुष’ शब्दले मानिसको भाले जातिलाई मात्र बुझाउँदैन। साङ्ख्य दर्शनमा प्रकृतिको विपरितार्थक पुरुषले स्थिर र निस्कृय तत्वलाई सङ्केत गर्छ। आदित्यादि।

source : ekoshi

x

Check Also

सासुको खुट्टा नढोग्ने महिलाले श्रीमानको बिस्तारामा किन जाने ?

‘जब पर्खालले नछोपिने दृश्यहरु बिचारका धर्काहरुले छोपिदिन्छन तब मस्तिष्कहरु भ्रमित हुन्छन् ।’ त्यस्तै नेपालीको धर्म, ...