Home / मनोरंजन / चर्चामा पश्चिमेली थेगोले भरिएको तीज गीत ‘मिर्मिजालैमा’

चर्चामा पश्चिमेली थेगोले भरिएको तीज गीत ‘मिर्मिजालैमा’

News-teej-song-1-57b701507e5df8.76326012

यो तीजमा रट्टै
भाइ आएमा चट्टै माइत जाने मन छ
मिर्मिजालैमा ।
पोहोर साल रट्टै गइन मत चट्टै
आएन भाइ लिन
मिर्मिजालैमा ।
तीजलाई लक्षित गरेर सुमन सागरजंग केसीले ल्याएको गीत हो यो । उनको गीतको नाम ‘मिर्मिजालैमा’ दिएका छन् । विगत केही वर्षदेखी तीजको गीत गाउने क्रममा देखेका विकृतिको कारण अवाक भएर आफूले यस्तो गीत निकालेको उनको भनाइ छ ।

सुमन भन्छन्, ‘गीत भनेको सभ्य, शिष्ट र सांस्कृतिक पहिचान बोकेको हुनुपर्छ । तर आजकालका गीतहरु मनपरी भएकाछन् ।’ त्यस्तै, तीजका गीत यसरी पनि गाउँन सकिन्छ है भन्ने खालको सन्देश दिनलाई पनि आफूले यो गीत ल्याएको उनको तर्क छ ।

उनले रट्टै, चट्टै पश्चिमा थेगो लगाएर तीजको गीत गाएकाछन् । यो गीतमा परम्परागत पश्चिमको थेगोहरु लगाएको केसीले बताए । ‘हामीसँग निकै राम्रा संस्कृतिछन्, राम्रा कुराको अनुसरण गर्नुपर्छ । राम्रा कुरालाई स्थान दिनुपर्छ,’ उनले भने ।

उनले पहिला नै लोक गीत, कमेडी गीत,  पप गीत गाइसकेका छन् । तीज गीत भने उनको पहीलो हो । गीतमा उनलाई टीका पुनले साथ दिएकी छन् भने शब्द शान्ता पन्थीले दिएकी हुन् । लय भने चिरन्जिवी अर्थालले दिएका हुन् ।

वी मानव आर्ट स्टुडियोको संचालक रेहका केसीको गीतको भिडियोमा आमा समूहका कलाकारले अभिनय गरेकाछन् ।

x

Check Also

अस्कर अवार्डका लागि नेपालबाट ‘कालो पोथी’ छनोट

‘पशुपति प्रसाद, कालो पोथी र को आफ्नो’को त्रिपक्षिय भिडन्तबाट चलचित्र ‘कालो पोथी’ विश्वकै प्रसिद्ध ‘अस्कर ...