Home / रास्ट्रिय खबर / झापामा अस्पताल हिडेकी विरामी बुहारी होटलमा केटासँग रंगेहात पक्राउ परेपछि…

झापामा अस्पताल हिडेकी विरामी बुहारी होटलमा केटासँग रंगेहात पक्राउ परेपछि…

range-haat

झापा, भदौ ५ । उत्तरी झापाबाट विर्तामोड उपचार गर्न गएकी एक बुहारीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेपछि परिवार बुहारी खोज्दै प्रहरी कहाँ पुगेको छ । तर, बुहारी अस्पतालबाट पक्राउ नगरि होटलबाट केटासंग रंगेहात पक्राउ परेको खबरले परिवार स्तब्ध बनेको छ ।

घटना शुक्रबारको हो । साँझ जिल्ला प्रहरी कार्यालयले आकस्मिक (छड्के) अनुगमन गरि विर्तामोड क्षेत्रका होटल तथा लजमा छापा मारी २१ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक जना श्रीमान बैदेशिक रोजगारको क्रममा मलेसिया गएकाकी श्रीमती परेपछि परिवार बास्तविकता बुझ्न जिल्ला प्रहरी कार्यालय झापा पुग्दा यो रहस्य सार्वजनिक भएको हो ।

९ जना महिलासहित २१ जनालाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको र उनीहरुमाथि सार्वजनिक मुद्दा चलाइने प्रहरीले बताएको छ । २१ जना मध्ये एक जनालाई विभागीय कारवाहीको लागि अन्यत्र पठाएको, १ जोडिलाई विवाह गर्ने परिवारको शर्त र रोहवरमा जिम्मा लगाएको, एक महिला निर्दाेष पाइएकाले छाडेको र बाँकी १७ जनामाथि कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ । विर्तामोड बसपार्कभित्रका होटल अर्किड, दोभान, मनिला, विर्तामोड पश्चिम बस स्टेण्डका सिक्कीम र नेवारी खाजा घरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) शैलेस थापाले जानकारी दिए ।

प्रहरीले गरेको कामको होटल व्यावसायी संघ झापाले स्वागत गरेको छ । आफूहरु समेत यौन व्यावसायको विरोधमा उत्रिएको र प्रहरीले यस्ता गतिविधी रोक्न गरेको प्रयास स्वागत योग्य रहेको संघका अध्यक्ष भोला उप्रेतीले बताए । – पूर्बेली न्युज ।

x

Check Also

चितवनमा भेटियो डेंगु, सतर्क रहन चिकित्सकको सुझाव

४ भदौ, चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत ...