Home / रास्ट्रिय खबर / यस्ती छिन् चीनबाट आउन लागेकी नयाँ राजदुत

यस्ती छिन् चीनबाट आउन लागेकी नयाँ राजदुत

११ असोज, काठमाडौं ।

चिनियाँ राजदुत वु चुन्ताइको कार्यकाल पुरा भएपछि चीनले नयाँ राजदुत पठाउने तयारी गरेको छ ।

आफ्नो कार्यकालमा तत्कालीन ओली सरकारसँग महत्वपूर्ण सहकार्य गरेर भारतीय नाकाबन्दीको समयमा नेपाललाई गुन लगाएका राजदुत कार्यकाले सकेर स्वदेश फर्किन लागका हुन् ।

Chinese Ambassador Wu

चीनलेनेपालका लागि नयाँ राजदुतमा यू होङको नाम प्रस्ताव गरेको हो ।

new chinese ambassador Yu Hong

बेइजिङस्थित नेपाली दूतावास स्रोतका अनुसार यू होङको एग्रिमोका लागि चीनले नेपालसँग कुटनीतिक पहल थालिसकेको छ । आगामी नोभेम्बरमा वू चुन्ताइ चीन फर्किँदैछन् भने नयाँ राजदुत काटमाडौं आउने छिन् ।

पृष्ठभूमि

हाल इण्डोनेशियाको सुरावायास्थित चिनियाँ महावाणिज्य दुताबासकी प्रमुख रहेकी ५१ वर्षीया यू सन् १९८८ मा सहचारीका रूपमा चिनियाँ विदेश मन्त्रालयको सेवामा प्रवेश गरेकी थिइन् । एसिया मामिला विभागबाट विदेश मन्त्रालयको सेवा प्रवेश गरेकी उनले मन्त्रालयको कन्सुलर अफेयर्स विभागको महानिर्देशक मात्र होइन एसिया मामिला विभागको तृतीय सचिवको रूपमा काम गरिसकेकी छिन् । उनका पूर्ववर्ती वु चुन्ताइको पालामा नेपाल र चीनबीच पारवहन सम्झौता लगायत महत्वपू्र्ण सम्झौता भएका थिए । त्यसैगरी चीनले नेपालसम्म रेल सेवा विस्तार गर्ने घोषणा पनि उनकै पालामा भएको थियो ।

x

Check Also

चितवनमा भेटियो डेंगु, सतर्क रहन चिकित्सकको सुझाव

४ भदौ, चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत ...