Home / धर्म दर्शन / के देबि दुर्गा को नाम मा पशु बलि गर्दै हुनुहुन्छ ? सनातन धर्म शास्त्र ले के भन्छ त ??

के देबि दुर्गा को नाम मा पशु बलि गर्दै हुनुहुन्छ ? सनातन धर्म शास्त्र ले के भन्छ त ??

बडा दशैको शुभकामना..

के देबी दुर्गाको नाममा पशु बलि गर्दै हुनुहुन्छ? सनातन धर्म शास्त्रले के भन्छ त? के तपाईको चाही घैंटोमा घाम लाग्ला त?
*********************
-बल्लभ चैतन्य दासfb_img_1476079347214

पद्मपुराण पद्मोत्तरखण्ड अध्याय १०४ मा करुणामयी माता दुर्गा भगवान् शिवसंग भन्नुहुन्छ-

“यूपे बद्ध्वा पशून् हत्वा करोति रक्तकर्दम ।
तेन चेत् प्राप्यते स्वर्गो नरकं केन गम्यते ।।
मद्व्याजेन पशून् हत्वा यो भक्षेत् सह बन्धुभिः ।
तद्गात्रलोमसंख्याब्दैरसिपत्रबने बसेत् ।।”
अर्थात:
“हे प्रभु! मौलोमा पशुलाई बांधेर हत्या गरी रगतको खोलो बगाउने क्रूर व्यक्ति स्वर्ग जान पाउने भए नरक जाने को हो त ? भगवन्! जसले मेरो नाम बेचेर पशु मारी बन्धुहरूको साथमा खान्छ उसले मारिएको पशुको शरीरमा जति रौँ छन् त्यति वर्षसम्म असिपत्रबन नामक नरकमा बास गरी तलबारका धारको प्रहारका साथमा घोर यातना भोग्नेछ ।।”

“पिशाच” शब्दको अर्थ धेरैले भुत-प्रेत भन्ने बुझेका छन तर “पिशाच” शब्दको वास्तबिक अर्थ के तपाईलाई थाहा छ? “पिशाच” शब्दको वास्तबिक अर्थ हुंछ “मांश भक्षण गर्नेवाला”। पिशाच दुई शब्दहरूले बनेकाे हुंछ “पिशित=मांस र अस=खानेवाला” अर्थात “मासु खाने वाला”।

यदि मासु खानु नै छ भने आफ्नै जोखिममा (मृत्यु पश्चात हुने दैबीय न्याय भोग्न तैयार रहि) आफनै घर टोलमा हत्या गर्नुहोस, र खानुहोस, देवी-मंदिरमा किन?

शाष्त्र न-पढी देबी-देबताको नाममा पशुहत्या गर्ने हे पापी, सनातन धर्मका कू-पुत्र हो… दुर्गा वा अन्य देबी-देबतालाई हत्या जस्तो ठुलो अपराधमा बीचमा ल्याउने दुष्प्रयास कृपया न-गर्नुहोला, न-गर्नुहोला, न-गर्नुहोला…….

शाष्त्रले अरु के भन्छ त?
“यस्मिन्त्सर्वाणि भूतान्यात्मैवाभूद्विजानत:।
तत्र को मोहः कः शोक एकत्वमनुपश्यत:।।”
– यजुर्वेद ४०।७
अर्थात
“जसले सबै जीवहरुमा अाफु झै अात्मा नै देख्छ, तिनीहरूको मनमा न शाेक हुंछ न माेह नै हुंछ। त्यस्ता मनुष्यले सबैमा अाफना अनुभुति गर्दछ। जसले अात्मा नष्ट नहुने शाश्वत रहेको बुझेका छन र जसले पुनर्जन्ममा बुझेका छन तिनीहरुले कसरी यज्ञमा पशु-वधको बारेमा साेच्न पनि सक्लान? बलिको नाममा हत्या गरीन लागिएको जनावर कुनै यज्ञकर्ताकै पुर्खाको पुनर्जन्म पनि हुन सक्छ । जसले सबै जीवमा अाफ्नो प्रियजन देख्छ त्यसले पशु-बलि दिन सक्दैन।”
——–

“अनुमन्ता विशसिता निहन्ता क्रयविक्रयी
संस्कर्ता चोपहर्ता च खादकश्चेति घातकाः।
-मनुस्मृति ५।५१
अर्थात
“जनावरलाई बधको लागि अाज्ञा दिने, पशुलाई बधको लागि ल्याउने वाला, पशुलाई बेच्ने वाला, पशुको हत्या गर्ने वाला, जनावरको मासु खरीद गर्ने वाला, त्यो मासु पकाउने वाला र त्यो जनावरको मासु खाने वाला, यिनीहरू सबै नर्क जाने पापी हत्यारा हुन् ।”
——–

“ब्रीरीहिमत्तं यवमत्तमथो माषमथो तिलम् ।
एष वां भागो निहितो रत्नधेयाय दान्तौ मा हिंसिष्टं पितरं मातरं च ।”
-अथर्ववेद ६।१४०।२
अर्थात
“हे ! दाँतका दुबै पंक्तिहरु ! चामल खाऊ, जाै खाऊ, उर्दको दाल खाऊ । यो अनाज तिमीहरुकै लागि नै बनाइएको हो । तिनी जीव-जन्तुहरूलाई कहिले न मार जो तिम्रा माता-पिता बन्ने याेग्य छन्। तिनीहरूलाई मार्नु अपराध हो।”
——–

“अनागोहत्या वै भीमा कृत्ये ।
मा नो गामश्वं पुरुषं वधीः।।”
-अथर्ववेद १०।१।२९
अर्थात
“निर्दाेस पशुहरूको हत्या निश्चित नै महा-पाप हो । हाम्रो गाई, घाेडा र पुरुषहरूको हत्या नगर्नु।”
——–

“य आमं मांसमदन्ति पौरुषेयं च ये क्रविः ।
गर्भान् खादन्ति केशवास्तानितो नाशयामसि ।।”
-अथर्ववेद ८। ६।२३
अर्थात
“त्याे मनुष्य जसले नर र मादा, भ्रुण र अण्डा नाश गरेर तिनको काँचो या पकाएको मासु खान्छ त्यस्ता मनुष्यहरू नष्ट हुन्छन।”
——–

“अघ्न्या यजमानस्य पशून्पाहि।।”
-यजुर्वेद १।१
अर्थात
“हे मनुष्य ! पशु अघ्न्य हुन्छ । – कहिले न मारिने योग्य, पशुहरूको रक्षा गर्नु नै तिमीहरूको कर्तब्य हो।”
संस्कृत शब्द “अघ्न्या” काे अर्थ हुन्छ “जसको कुनैपनि हालतमा हत्या गर्ने अनुमति हुदैन”। गाईलाई संस्कृतमा “अध्न्य” पनि भनिन्छ, तसर्थ वेद-निर्देशन अनुरूप अनुसार गौ-हत्या हुनु हुदैन।
——–

“विपादव चतुष्पात् पाहि ।।”
-यजुर्वेद १४।८
अर्थात
“हे मनुष्य ! दुई र चार पाद(पाउ) भएका सबै जीव-जन्तुहरूको रक्षा गर।”
———

“अध्वर इति यज्ञानाम ।
ध्वरतिहिंसा कर्मा तत्प्रतिषेधः।”
-निरुक्त २।७
अर्थात
निरुक्त वा वैदिक-शब्द व्युत्पत्ति शास्त्र ऋषि यास्काचार्यले भन्छन कि “यज्ञको अर्को नाम “अध्वर” पनि हो। “ध्वर” काे अर्थ हुन्छ हिसां सहित गरिने काम। “अध्वर” काे अर्थ भयो “हिसां रहित काम” अर्थात त्यस्तो कार्य जसमा कुनै पनि हालतमा कुनै जनावर या मानवको हत्या-हिसां नगरिएको होस।”
———-

“अग्ने यं यज्ञमध्वरं विश्वत: परि भूरसि ।
। स इद देवेषु गच्छति ।।”
-ऋग्वेद १।१।४
अर्थात
“हे दैदीप्यमान प्रभु ! हजुरद्वारा व्याप्त हिंसा रहित यज्ञ सबैको लागि लाभप्रद अनि गुणयुक्त छ र बिद्धान मनुष्यहरूद्वारा स्वीकार पनि गरिएको छ।”
———

“इमं मा हिंसीरेकशफं पशुं कनिक्रदं वाजिनं वाजिनेषु ।।”
-यजुर्वेद १३।४८
अर्थात
“एक खुरवाला, हिनहिनाउने वाला(जस्तै धाेडा) तथा प्राणीहरुको वध न गर्नु ।”
————

अश्वमेध यज्ञ:- संस्कृत शब्द “अश्व”को अर्थ धाेडा मात्र हुदैन। “अश्व”को अर्थ “राष्ट्र वा सम्राज्य” पनि हुन्छ र “मेध”को अर्थ “हत्या” मात्र हुदैन, “मेध” काे अर्थ हुन्छ “बुद्धिपूर्वक गरीने कर्म”। त्यसैले “अश्वमेध यज्ञ”को अर्थ हुन्छ “राष्ट्र वा सम्राज्यको बैभव, कल्याण र समृद्धिको लागी गरीने यज्ञ । भगवान श्रीरामचन्द्रले पनि अश्वमेध यज्ञ गरेर देशको गाैरभ फैलाएका थिए।
———-

गाैमेध यज्ञ :- यो परिप्रेक्षमा “गौ” शब्दको अर्थ “पृथ्वी” हुन्छ । पृथ्वी तथा पर्यावरणको शुद्धताको लागी समर्पित यज्ञलाई नै “गाैमेध यज्ञ” भनिन्छ । अन्न, इन्द्रिय, किरण, पृथ्वी अादिलाई पवित्र राख्नु नै “गाैमेध” यज्ञ हाे ।
———

नरमेध यज्ञ :- जब मनुष्यको मृत्यु हुंछ तब मृत्युपरांत बिधिपूर्वक दाह संस्कार गर्नुलाई नै “नरमेध” यज्ञ भनिन्छ ।
———-

“राष्ट्रं वा अश्वमेध:।
। अन्नं हि गौ: ।।
। अग्निर्वा अश्व: ।
। आज्यं मेधा: ।।”
-शतपथ १३।१।६।३
अर्थात
“राष्ट्र वा रामराज्य खातिर वैभब, कल्याण र समृद्धिको लागि समर्पित यज्ञ नै अश्वमेध यज्ञ हाे । “गाै” शब्दको अर्थ “पृथ्वी” पनि हुन्छ । पृथ्वी तथा पर्यावरणको शुद्धताको लागि समर्पित यज्ञलाई “गाैमेध यज्ञ” भनिन्छ । अन्न, इन्द्रिय, किरण, पृथ्वी अादि लाई पवित्र राख्नु नै “गाैमेध” हो र जब मनुष्यको मृत्यु हुंछ मृत्युपरांत “बिधिपुर्वक दाह संस्कार गर्नुलाई” नै “नरमेध” यज्ञ भनिन्छ ।”
————–

“घृतं दुहानामदितिं जनायाग्ने मा हिंसी: ।।”
-यजुर्वेद १३।४९
अर्थात
“गाई र गाेरुहरूको संधै रक्षा गर्नुपर्छ । गाई-गाेरुको हत्या कहिले गर्नु हुन्न ।”

“आरे गोहा नृहा वधो वो अस्तु ।”
-ऋग्वेद ७।५६।१७
अर्थात
“ऋग्वेदले गौ-हत्यालाई जघन्य अपराध ठान्छ । वेदले गाै-हत्या र मनुष्य-हत्यालाई समान महापाप भन्छ।”
——-

“सूयवसाद भगवती हि भूया अथो वयं भगवन्तः स्याम ।
। अद्धि तर्णमघ्न्ये विश्वदानीं पिब शुद्धमुदकमाचरन्ती ।।”
-ऋग्वेद १।१६४।४०
अर्थात
“अध्न्या अर्थात गाई जो कुनै पनि हालतमा मारीने याेग्य छैनन, तिनीहरु हरियाे घाँस र शुद्ध जलको सेवनले स्वस्थ रहुन । त्यस गाईको दुध पिएर हामी उत्तम-उत्तम सद-गुण, ज्ञान र एेश्वर्य युक्त बनौ ।”
———-

“यः पौरुषेयेण क्रविषा समङ्क्ते यो अश्व्येन पशुना यातुधानः ।
। यो अघ्न्याया भरति क्षीरमग्ने तेषां शीर्षाणि हरसापि वृश्च ।।”
-ऋग्वेद १०।८७।१६
अर्थात
“मनुष्य, अश्व वा अन्य पशुको मांसले पेट भरनेवाला तथा दुध दिने वाला गाई हत्या गरि खाने वाला पापी मनुष्यहरूलाई कडा दण्ड दिने ईश्वरीय बिधान छ ।”
——–

“मा गामनागामदितिं वधिष्ट ।।”
-ऋग्वेद ८।१०१।१५
अर्थात
“गौ हत्या कहिल्यै नगर्नु। गाई निष्पाप र अदिति(अखंडनिय) छ।”
————

“यदि नो गां हंसि यद्यश्वम् यदि पूरुषं ।
। तं त्वा सीसेन विध्यामो यथा नो सो अवीरहा ।।
-अर्थववेद १।१६।४
अर्थात
“यदि कसैले गाई, घोडा वा कुनै मनुष्यको जानेर हत्या गर्छ भने त्यो पापीलाई “सिसा” काे गाेली ले उडाइ देउ ।”
———-

ऋग्वेद मंडल ६ सुक्त ८ :-
“आ गावो अग्मन्नुत भद्रमक्रन्त्सीदन्तु ।।”
अर्थात
“सबैले याे सुनिश्चित गर्नुपर्छ की “गाईले कहिले यातना नपाओस र संधै स्वस्थ रहोस।”

“भूयोभूयो रयिमिदस्य वर्धयन्नभिन्ने ।।”
अर्थात
“गौ सेवा गर्नेलाई इश्वरको अाशीर्वाद प्राप्त हुन्छ।”

“न ता नशन्ति न दभाति तस्करो नासामामित्रो व्यथिरा दधर्षति।”
अर्थात
“गाईमाथि शत्रुले पनि हतियारको प्रयाेग नगरोस।”

“न ता अर्वा रेनुककाटो अश्नुते न संस्कृत्रमुप यन्ति ता अभि ।”
अर्थात
“कसैले पनि गो-बध नगरोस।”
———

“सुरा मत्स्याः पशोर्मांसं द्विजातिनां बलिस्तथा
धूर्तः प्रवर्तितं चैतन्नैतद्वेदेषु कथ्यते”
-महाभारत
अर्थात्
“मदिरा, माछा, मासु र द्विजको बलि जस्ता कार्यहरू धूर्त (फटाहा) हरूले आफ्नो स्वार्थ सिद्ध गर्न सुरू गरेका हुन् वेदहरूमा यसको विधान छैन ।”
———-

“अनुमन्ता विशसिता निहन्ता क्रयविक्रयी ।
संस्कर्ता चोपहर्ता च खादकश्चेति घातका: ।।”
– मनुस्मृति ५.५१
अर्थात्
“जो पशुहत्या गर्छ, जो मांसाहारीको पक्ष लिन्छ वा प्रश्रय दिन्छ, जो मासुको बिक्रि गर्छ र जो खरीद गर्छ, जो यसलाई पकाउछ र जसले मासुको भक्षण गर्छ तिनीहरू सबैको बिनाश हुन्छ |”
———

“य: अहिंसकानि भूतानि हिनस्ति आत्मसुखेच्छया ।
स जीवंश्च मृतश्चैव न क्वचित् सुखमेधते ।।”
– मनुस्मृति ५.५४
अर्थात्
“त्यो मनुष्य जो अबोध पशुको कुनै पनि कारणले हत्या गर्दछ त्यसको मृत्यु पछिको गति भयावह हुञ्छ |”
———

“ धर्मस्य तत्वं निहितं गुहाया माहाजनो येन: गता: सा: पन्था:’’।
अर्थात
“धर्म भन्ने बित्तिकै धारण गर्नु, सेवा गर्नु, भलाई गर्नु भन्ने बुझिन्छ। धर्मले हत्या हिंसाको पक्ष लिँदैन भन्ने बुझ्नुपर्छ। धर्म शब्द कुनै हिंसाको द्योतक हैन। मन, वचन र कर्मले कसैको हिंसा-हत्या नगर्नु, प्राणीमात्रमा सद्भाव राख्नु, अर्काको कुभलो नचिताउनु नै धार्मिक प्रवृत्तिका लक्षणहरु हुन्।”
——–

“अहिंसा परमो धर्म” नै बैदिक सनातन धर्मको मूल नारा हो | मांस भक्षण गर्नु अरुलाई हत्या गर्न उक्साउनु हो तसर्थ मांस भक्षण गर्ने ब्यक्ति हिंसाबादी पापी हो।
———

श्रीमद भागवतममा उल्लेख भए अनुशार भगवान बुद्ध स्वयम् भगवान कृष्ण हुन् | मानिसहरूले वेदको गलत अर्थ लगाएर पशुहत्या शुरु गरे, जसको बचाऊ गर्न भगवान श्री कृष्ण, बुद्धको रुपमा यस धरातलमा आएका थिए |

यति भंदा भन्दै पनि, शास्त्रको निर्देशन देखाउँदा देखाउँदै पनि घैंटोमा घाम नलाग्ने घ्याम्पेहरूलाई “राम राम” मात्र भन्न सकिन्छ।

हरे कृष्ण…

Loading...
x

Check Also

आज महानवमी पर्व, तलेजु भवानीको मन्दिर खुल्ने

२४ असोज, काठमाडौँ । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा ...