Home / धर्म दर्शन / भगवान शिब, किन भाङ्ग/धतुरो खान्छन, मानब कंकालको माला, चिता भष्म किन लगाउछन ?

भगवान शिब, किन भाङ्ग/धतुरो खान्छन, मानब कंकालको माला, चिता भष्म किन लगाउछन ?

14222184_10154598752259729_5440565575189496636_n

                  -बल्लभ चैतन्य दास

भगवान आदि शंकराचार्यद्वारा प्रतिपादित “अद्वैत” शिद्धान्त के सही छ ?
न्याय दर्शन, बैशेशिक दर्शन, मीमांसा दर्शन, चार्बाक दर्शन के सही छ ?
(कृपया सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूले ध्यान दिएर पढ्नु होला)

भगवान श्री कृष्णका कलियुगी अवतार जो यस कलियुगमा राधारानीको भावमा यस संसारमा आए त्यस्ता भगवान श्री चैतन्य महाप्रभुको कमलरुपी चरणमा म सादर प्रणाम गर्दछु |
यस लेखमा उल्लेखित तथ्यहरूको रहस्योद्घाटन भगवान श्री चैतन्य महाप्रभुले प्रकाशानन्द सरस्वति र अन्य बनारसका मायाबादी सन्यासीहरूसंगको बहसमा बताउनु भएको थियो |
भगवान भोले शंकरको कमलरूपी चरणकमलमा यस तुच्छ जीवको शिर सधै रही रहोस।

पदमा पुराणबाट प्रस्तुत गरिएका यी श्लोकहरूले:
क) भगवान शिब किन त्यस्तो तामसिक भेषमा रहन्छन भन्ने प्रष्ट्याई गर्दछ | भगवान शिवको नक्कल गरी भगवान शिब झैँ नक्कल गर्नेहरू मूर्ख हुन् र नरकमा खस्ने बताउदछ |

ख) श्रीपद शंकराचार्य(जो भगवान शिब कै अवतार हुन्) द्वारा प्रतिपादित बेदान्त शुत्रको शंकरा भाष्य जसले अद्वैत शिद्धान्त (बेद मन्त्र “अहम ब्राम्हास्मी” को गलत अर्थ लगाई “म नै ब्रह्म हु” अर्थात “म भगवान हु”) प्रस्तुत गरे, एक तामसिक आसुरी शिद्धान्त भएको प्रमाणीत गर्दछ|

ग) अन्य ऋषिहरूद्वारा प्रतिपादित दर्शनहरू: न्याय दर्शन, बैशेशिक दर्शन, मीमांसा दर्शन, चार्बाक दर्शन आसुरी, नास्तिक दर्शन भएको प्रमाणित गर्दछ|

घ) मत्स्य पुराण, कूर्मा पुराण, लिङ्ग पुराण, शिव पुराण, स्कन्द पुराण र अग्नि पुराण तमो गुणी पुराण भएको प्रमाणित गर्दछ।

कृपया ध्यान दिएर अध्ययन गर्नुहोला।

ॐॐॐ
पदम पुराण, उत्तरा खण्ड अध्याय (२३५-२३६):
देबी पार्वती भन्नुहुन्छ ” हे भगवान शिब, हजुरले मलाई एकपल्ट भन्नुहुन्थ्यो कि कुनैपनि व्यक्तिले पाखन्डिको संगत नगरोस, पाखन्डिको संगत चण्डाल(शुद्र भन्दा तल्लो श्रेणी जसले कुकुर खान्छ)संगको संगतभन्दा पनि खतरनाक हुन्छ. कृपया भनिबक्स्योस की यस्ता पाखन्डिको लक्षण के हुन्, तिनीहरुले के लगाउछन र कस्तो ब्यबहार गर्दछन?”
भगवान शिब भन्नुहुन्छ “ती व्यक्ति जो अज्ञानतामा भगवान श्रीबिष्णु जो ब्रम्हाण्डको मालिक हुनुहुन्छ, उनलाई छोडेर अन्यलाई उच्च मान्दछ, तिनीहरु नै पाखन्डि हुन्| तिनीहरू जो बानप्रस्थ आश्रममा छैनन् तर मानब खोपडीको प्रयोग गर्छन, आफ्नो शरीरलाई चिता भष्म, हड्डीले सजाउछन, जसले अबैदिक संकेत प्रयोग गर्छन, जगल्टा राख्छन र ब्रीक्षका पात/बोक्राका लुगा लगाउछन , तिनीहरू नै पाखन्डि हुन् | तिनीहरू जसले भगवान श्रीबिष्णु प्यारा चिन्हहरू शंख, चक्र, गदा, पदमा, निधारमा ठाडो तिलकको उपेक्षा गर्छन, तिनीहरू नै पाखन्डि हुन् | ती व्यक्तिहरु जसले शास्त्रीय निर्देशनको पालना गर्दैनन्, तिनीहरू नै पाखन्डि हुन्, र त्यस्ता व्यक्तिहरूलाई सबैले उपेक्षा गर्नुपर्दछ| तिनीहरू जसले भगवान श्रीबिष्णु प्रति कुनै भाव राख्दैन तिनीहरु नै पाखन्डि हुन् | तिनीहरू जसले भगवान श्रीबिष्णुलाई ब्रम्हाजी वा म(रुद्र) बराबर ठान्छन, तिनीहरू नै पाखन्डि हुन् | भगवान श्रीबिष्णु नै अन्तिम भोक्ता हुनुहुन्छ | ती ब्राम्हणहरू जसले आफ्नो बचन, शरीर र क्रियाद्वारा भगवान श्रीबिष्णुलाई चिन्दैनन्, तिनीहरु नै पाखन्डि हुन्| यसको बारेमा अरु के भनु? ती ब्राम्हणहरू जो भगवान श्रीबिष्णुका भक्त होइनन, त्यस्तालाई कुनै प्रश्न नगर्नु, कुनै बचन नबोल्नु र संग पनि नगर्नु”
देबी पार्वती भन्नुहुन्छ ” हे भगवान, हे देबाधिदेब महादेव, म केहि गोप्य प्रश्न गर्न चाहन्छु, कृपया मेरो प्रेमलाई जानेर मलाई उत्तर दिनुहोला, म मा ठुलो शंका उब्जिएको छ | शाश्त्रले कंकाल/खोपडी/चिता भष्मले शरीर सजाउनु, पशु-छालाको बस्त्र लगाउनु, नशालु पदार्थको सेवन आदिको निषेध गरेको छ तर हजुरले यी सबै कार्यहरू गर्नुहुन्छ | किन यी कार्यहरूको निषेध गरिएको छ? हे देबाधिदेब, हे ज्ञानी, स्त्रीमा हुने प्राकृतिक अज्ञानी गुणले बशिभुत भै म यी प्रश्न गर्दैछु| शायद हजुर देबाधिदेब, शक्तिशाली भएर यी सबै बर्जित कार्य गर्न कुनै शाश्त्रिय निर्देशनको पालन गर्नु पर्दैन होला तर हजुरले मलाई यस बारेमा केहि बताउनु भएको छैन त्यसैले हे प्रभु कृपया मलाई उत्तर दिनुहोला|”

देबी पार्वतीबाट त्यस शान्त एक्लो स्थानमा यस प्रकारबाट प्रश्न सोधिएपछि भगवान शिबबाट आफ्नो त्यस प्रकारको गोप्य ब्यबहारको रहस्योद्घाटन गर्दै यसरी व्याख्या भयो| भगवान शिब भन्नुहुन्छ “हे देबी! ध्यान दिएर सुन, म तिमीलाई यस गोप्य कारण बताउदछु| यस गोप्य रहस्य साधारण व्यक्तिलाई नभन्नु| तिमी र म एकै हु, एकै शरीर हौ त्यसैले म यो गोप्य रहस्य भन्नेछु|
धेरै पहिले, ब्रह्माजीको यस कल्पको पहिलो मन्वन्तरमा (ब्रह्माजिको एक दिनमा १४ मन्वन्तर हुन्छ र अहिले सातौ मन्वन्तर चलि रहेको छ) जब स्वयम्भुवा मनु थिए, त्यसबेला धेरै शक्तिशाली दैत्यहरु सहित नामुची (यस नामुची दैत्यको बारेमा श्रीमद भागवतम ८.११.२३-४० मा पनि उल्लेख छ) नाम गरेको दैत्य थियो| ती दैत्यहरु भगवान श्रीबिष्णुका भक्त थिए | भगवान श्रीबिष्णुका भक्त स्वभावैले सतो गुणी, शास्त्रीय निर्देशनको पालना गरेका, पापरहित, शुद्ध हुन्छन| यो देखि देवता ईन्द्र सहित अन्य सबै देवताहरू डराए र भगवान श्रीबिष्णुको शरणमा गए|”

देबताहरुले भने “हे केशब, हजुरले मात्र हामीहरूलाई यी राक्षसहरूबाट बचाउन सक्नुहुन्छ| यी राक्षसहरूलाई कसैले पनि हराउन सक्दैनन् किनभने यी देवताहरू हजुरका भक्त भएका छन्, शाश्त्रिय निर्देशनको पालना गर्दछन र शुद्ध छन् | ”

भगवान शिब भन्नुहुन्छ, “यसरी देवताहरुको डरलाग्दो(आसुरी जीबात्माहरूले सतो गुणी कवच पहिरिएकाले) बचन सुनी भगवान श्रीबिष्णु, पुरुषोत्तम, ले मलाई भन्नुभयो ” हे रुद्र, हे महादेव, हे दयालु भगवान, हे मेरो सबैभन्दा प्रिय भगवान, यी पाखन्डिहरुलाई भ्रमित गर्न कुनै यस्तो पाठ्यक्रम तैयार गर जुन यिनीहरुले सजिलै पछ्याउलान | यस्तो कालो पुराणको परिकल्पना गर जसले यी पाखन्डिहरुलाई भट्काओस| हे ज्ञानी भगवान, तिमि यस्तो भ्रमित पार्ने अपबित्र शाश्त्रको रचना गर कि यी आसुरी पाखन्डिहरु भ्रमित भै जाउन र यिनीहरूको बिनाश सजिलो होस |”
“मेरो भक्तिको कारण तथा सृष्टिको भलोको लागि तिमी यी ऋषिहरू कन्नड ऋषि, गौतमा ऋषि, शक्ति ऋषि, उपमंयु ऋषि, जेमिनी ऋषि, कपिला ऋषि (महाभारतका अग्नि बंशका कपिला [देबहुतिका छोरा होइनन]), दुर्बाषा ऋषि, मृकंदु ऋषि, बृहस्पति ऋषि, भर्गभा ऋषि र जमदग्नि ऋषि कहा जाउ| यी ऋषीहरूलाई आफ्नो शक्ति र सुझावले बशिभुत गर| तिम्रो शक्तिबाट बशिभुत भै यी ऋषीहरू शक्तिशाली पाखन्डि बन्नेछन, यसमा कुनै संशय छैन| तिम्रो शक्तिको मदमा यी ऋषिहरूले संसारका लागि तामसिक पुरणादिको रचना गर्नेछन|
हे शिब तिमी पनि यसैको समर्थन गर्दै मानब खोपडी,कंकाल, चिता भष्म, मानब हड्डी जस्ता चिन्हले आफ्नो शरीर सजाउनु, भांग/धतुरो जस्ता नशालु पदार्थको सेवन गरेको नाटक मन्चन गरी तीनै लोकलाई भ्रमित बनाउ | तिमीले पाशुपत धर्मको पनि शुरुवात गर्नु जसका कन्कला, शैब, पसंडा र महाशैब जस्ता शाखा हुनेछन| यसरी आसुरी तामसिक व्यक्ति तिमीप्रति आकर्षित भै अबैदिक कार्य गर्नेछन्,यसरी तिनीहरू उच्च चेतनाको अभावमा तिमीलाई नै सबैभन्दा ठुलो भगवान सम्झनेछन|

यसरी सम्पुर्ण आसुरी, तामसिक गुणका व्यक्तिहरू म बिष्णुबाट बिमुख हुनेछन, यसमा कुनै शंका छैन| हे शक्तिशाली रुद्र, मेरा विभिन्न अवतारहरूमा म पनि तिमीलाई नै पूजा गरी यी पाखन्डिहरूलाई अझ भ्रमित पार्नेछु| यस्तो प्रकारको कार्यबाट यी पाखन्डिहरू अवश्य नै खस्नेछन् र यिनीहरुको नाश हुनेछ|”

त्यसपछि भगवान शिबले पार्वतीलाई भन्नुहुन्छ, “हे सुन्दरी, भगवान श्रीबिष्णुका यी बचन सुनी म राम्रो बक्ता भएता पनि असहाय भै चुप लागे | त्यसपछि भगवान श्रीबिष्णुमा आफ्नो भेट चढाई मैले भने “हे भगवान, यदि मैले हजुरले भनेको झैँ बचन पालना गरेमा यसले मेरो दुर्भाग्य निम्ताउनेछ तैपनि सृष्टिको हितको लागि हजुरको यस निर्देशनको पालना म गर्नेछु|”

मेरा यी शब्द सुनी भगवान श्रीबिष्णुले मेरो खुशीको लागि यी बचन बोल्नुभयो, “यस्ता क्रियाकलापले तिम्रो कुनै हानि हुने छैन, देवता र लोक हितार्थ मेरा यी निर्देशनको पालना गर | म तिमीलाई तिम्रो रक्षाको लागि केहि तरीका पनि बताउनेछु जुन तिमी यी पाखन्डिहरूलाई भ्रमित गर्दा प्रयोग गर्नु| त्यसपछि भगवान श्रीबिष्णुले मलाई प्रेम सहित बिष्णु सहस्र नाम को प्रार्थना सिकाउनुभयो | भगवान श्रीबिष्णुले भन्नुभयो, मलाई आफ्नो हृदयमा स्थापना गरी यो बिष्णु सहस्रनाम मन्त्रको मन्त्रोच्चारण गर्नु | यो धेरै नै शक्तिशाली मन्त्र हो | जसले यो मन्त्रको उच्चारण प्रेमपूर्बक मेरै लागि गर्दछ त्यसको रक्षा हुनेछ र त्यसले मोक्ष प्राप्त गर्दछ, यसमा कुनै शंका छैन| ”

त्यसपछि भगवान शिबले देबी पार्वतीलाई भन्नुहुन्छ, ” हे लक्षिणकी देबी, देवता तथा तीनै लोक हितार्थ यसरी मैले पनि पाखन्डिहरूको जीवनचर्या पालना गर्न शुरु गरे| यसरी मैले पनि मानब खप्पर, चिता भष्म, मानब हड्डी, भांग/धतुरो आदिको प्रयोग गर्न थाले| मैले तामसिक पुराणादी मत्स्य पुराण, कूर्मा पुराण, लिङ्ग पुराण, शिव पुराण, स्कन्द पुराण र अग्नि पुराणको रचना गर्न लगाए| हे पाप रहित देबी, गौतमा ऋषी मार्फत मैले न्याय दर्शनको रचना गर्न लगाए, त्यस्तै कन्नड ऋषि मार्फत बैशेषिक दर्शन, जेमिनी ऋषि मार्फत मिमांश दर्शन, ब्रृहस्पति द्वारा चार्बाक दर्शन गर्दै यी विभिन्न ऋषिहरु मार्फत अबैदिक शाश्त्रको रचना गर्न लगाए र यसरी यी सबै आसुरी भुत,प्रेत, बेताल, राक्षस र तामसिक प्रबृत्तिका जिबात्माहरुलाई श्रीबिष्णुबाट बिमुख बनाए र मेरै भक्त बनाए| यसरी शरीरमा चिता भष्म, मेरो नक्कल गरी बिभिन्न नशालु पदार्थको सेवन गराई, यी तमो गुणी जीबात्माहरूलाई मैले भगवान श्रीबिष्णुको आश्रयबाट बिमुख गराए|”

“यसरी मबाट बरदान प्राप्त गरी यी राक्षसीय तमोगुणी जीबात्माहरु शक्तिको अहंकारमा चूर भए, ईन्द्रिय तृप्तिको नशामा मदहोश भै काम,क्रोध,लोभ,मोहमा फसे| यसरी सत्यताको अभावमा यिनीहरुको नाश त हुनु नै थियो, देवताहरुद्वारा हराइए| यसरी तामसिक प्रबृत्तिका जीबात्माहरूलाई मेरो नक्कल गराई असत्य,अबैदिक पथको अनुशरण गराई नर्कमा खसाइञ्छ|

हे देबी, तसर्थ मेरा यी तमोगुणी क्रियाकलापहरू म बाट मात्र देवताहरू र तीनै लोक हितार्थ हुन्छन| भगवान श्रीबिष्णुको आदेशानुशार म आफुलाई चिता भष्म, खप्पर, हड्डी आदिबाट सजाउछु ता कि यस्तै विचारका जीबात्मा म प्रति आकर्षित होउन | मेरा यी बाहिरी सजावट मात्र राक्षसीय प्रबृत्तिका जीबात्माहरूलाई भ्रमित गर्नको लागि हो| मेरो हृदयमा सधै भगवान श्रीबिष्णु विराजमान हुनुहुन्छ र मेरो मनले सधै श्रीबिष्णु कै मन्त्रोच्चारण गरिरहेको हुन्छ| भगवान श्री बिष्णुको सहस्रनाम मत्रोच्चारणले मलाई मेरा यी तमोगुणी क्रियाकलापले कुनै हानि पुर्याउदैनन| हे देबी, मैले तिम्र सबै प्रश्नको उत्तर दिए, कृपा गरेर अरु के सोध्न चाहन्छु कृपया सोध|”

देबी पार्वती भन्नुहुन्छ, ” हे भगवान, कृपया मलाई हजुरको प्रभावमा ती नास्तिक ब्राम्हणहरूद्वारा पाखन्डिहरुलाई भ्रमित गराउन रचित शाश्त्रहरुको जानकारी गराईबक्स्योस| कृपया मलाई तिनीहरुको नाम सिलसिलेवार ढंगमा बताइदिनुहोस|”

भगवान शिब भन्नुहुन्छ,” हे देबी, कृपया सुन| म सिल्सिलेवार ढंगमा ती तामसिक शाश्त्रहरूको जानकारी दिनेछु| यी शाश्त्रहरुको नाममात्रले ज्ञानी व्यक्ति पनि भ्रमित हुन्छन|
मत्स्य पुराण, कूर्मा पुराण, लिङ्ग पुराण, शिव पुराण, स्कन्द पुराण र अग्नि पुराण आदि मैले आफैले रचना गराए| मेरो शक्तिबाट भ्रमित भै त्यसपछि कन्नडा ऋषिले बैशेषिक दर्शनको रचना गरे| त्यस्तै गौतम ऋषिले न्याय दर्शनको रचना गरे| त्यस्तै कपिलाले (महाभारतका अग्नि बंशका) नास्तिक साँख्य(कर्दम ऋषि र देबहुतीका छोरा कपिलले गरेको साँख्य दर्शन होइन) दर्शनको रचना गरे| ब्रृहस्पतिले त्यसपछि चार्बाक दर्शनको रचना गरे| त्यसैगरी बुद्धले असुरहरूको बिनाशका लागि बुद्ध धर्मको प्रचार गरे|”

यो त भयो पद्मपुराणमा उल्लेखित कथा भाव, अब माथिका तथ्यलाई प्रमाणित गर्ने केही पद्म पुराण कै श्लोकहरु पनि हेरौ। वास्ताबिक संस्कृत श्लोक तल चित्रमा हेर्नुहोला।14702280_10154739703844729_5477820342607354161_n

प्रमाण:
“रूद्र ऊवाच। श्रुणु देवि प्रवक्ष्यामि तामसानि यथाक्रमम।
येषां श्रवणमात्रेण पातित्यम ज्ञानिनामपि।।”
-भगवान शंकर पद्मपुराण ६-२३६-२
अर्थात
“रूद्र(शंकर) भन्छन। सुन देबी, म तामसीहरूलाई यो दर्शन भन्छु जसलाई सुनेपछि ज्ञानी पनि पतित हुंछ।”
[श्लोकले प्रष्ट भन्छ की भगवान शिवबाट कुनै यस्तो दर्शनको शुरूवात भएको छ जुन यति मोहीत गराउने खालको छ की ज्ञानी पनि पतित भै जाओस]

“बौद्ध शास्त्रम महतप्रोत्तं नगन्नीलफटादिकम।
मायावाद असतशास्त्र प्रचछन्न बौद्धमेव च।।”
-भगवान शंकर पद्मपुराण ६-२३६-६
अर्थात
“बौद्ध शास्त्रको खंडिकरणको लागि बौद्ध दर्शनसंग मेल खाने मायाबादी सिद्धांत असत र भ्रमित शिद्धांत हो।”
[श्रीपद शंकराचार्यले पेश गरेको अद्वैत दर्शन बौद्ध मतसंग मेल खांछ। बौद्ध दर्शनले त्यस परम सत्यलाई शून्य भन्छ भने शंकराचार्यको मायावादी अद्वैत शिद्धांतले त्यस “शून्य”लाई “ब्रह्म”ले प्रतिस्थापन मात्र गरे अन्य सबै लगभग उस्तै। यो श्लोकले यी दुबै दर्शन असत अर्थात असत्य हुन भनेर भन्छ।]

“मयैव कथित देवि कलौ ब्राह्मणरुपिणा।”
अपार्थ श्रुतिवाक्यानां दर्शयल्लोकगर्हितम।।
-भगवान शंकर पद्मपुराण ६-२३६-७
अर्थात
“हे देवि, म नै कलि युगमा ब्राह्मणको रुपमा मृत्युलोकमा जानेछु र श्रुतिआदि शास्त्रको वाक्यको ग़लत अर्थ गरी लोक गर्हित गर्नेछु।”
[यस श्लोकमा शिवजीले प्रष्टसंग आफु कलियुगमा ब्राह्मण भै मृत्युलोकमा गै श्रुतिशास्त्रको ग़लत अर्थको मत प्रचार गर्ने कुरा गर्दैछन। यो श्लोकमा उल्लेख गरिएको ब्राह्मण नै आदि शंकराचार्य थिए जो भगवान शिब नै थिए ज़सले भगवान श्रीकृष्णकै निर्देशन बमोज़िम बौद्धमार्गीहरूलाई सनातन धर्मको छत्रछायामाँ ल्याउने उद्देश्यले जसरी भएपनि अर्थात शास्त्रको ग़लत अर्थ लगाएर नै भएपनि नया मायाबादी अद्वैत दर्शनको प्रतिपादन गरे]

“कर्मस्वरूपत्याज्यत्वं अत्र च प्रतिपाध्यते।।
सर्व कर्म परिभ्रशान नैष्कमय तत्र चोच्यते।”
-भगवान शंकर पद्मपुराण ६-२३६-८
“आफ्नो मूलकर्म त्याग गरी, मूल कर्मबाट भ्रष्ट भएकाहरूले यो(अद्वैत दर्शन)लाई नै धर्म र आधार मान्नेछन।”
[आदि शंकराचार्यद्वारा प्रतिपादित यस मायाबादी अद्वैत सिद्धांत यति शक्तिशाली छ की सबै पथ भ्रष्ट भै गएकाहरूलाई सुन्दर लाग्नेछ।]

“परात्मा जीवयोरैक्यं मयात्र प्रतिपध्यते।
ब्रह्मणोचपरं रुपं निर्गुणं वक्ष्यतेमया।।
-भगवान शंकर पद्मपुराण ६-२३६-९
अर्थात
“नास्तिकहरूलाई भ्रमित पार्न कलियुगमा मैले(आदि शंकराचार्यको रुपमा अवतरित भै) परमात्मा र जीव एक भएको शिद्धांत प्रस्तुत गर्नेछु। सर्बोच्च सत्य निराकार-निर्गुण-निर्बिशेष हो भनि प्रचार गर्नेछु।”
[परमात्मा र जीब एक हुन भन्ने शिद्धांत कसको हो? सर्बोच्च सत्य निराकार-निर्गुण-निर्बिशेष हो भनि प्रचार गर्ने कुन शिद्धांत हो? यहाँ यस श्लोकले प्रष्टसंग आदि शंकराचार्यको अद्वैत सिद्धांतलाई नै इंगित गरेको छ।]

“सर्वस्य जगतो व्याप्ते मोहनार्थ कलौ युगे।
वेदार्थवनमहाशास्त्रम मायावादमवैदिकम।।”
-भगवान शंकर पद्मपुराण ६-२३६-१०
अर्थात
“यसरी कलियुगमा सर्वत्र मद्वारा प्रतिपादित अनि मोहीत गराउने मायाबादी तर वैदिक दर्शन प्रचलित हुनेछ। ”

त्यसैगरी:
पदम पुराण (उत्तरा २३६. १९-२१,१८)
“वैश्नावं नारादियम च
तथा भागवतम शुभम
गरुडम च तथा पद्मं
वरहम शुभ-दर्शने”
अर्थात
भगवान शिब देबी पार्वतीलाई भन्नुहुन्छ, “बिष्णु पुराण, नारद पुराण, शुभ भागवत पुराण, गरुड पुराण, पदमा पुराण र बराह पुराण, सतो गुणी पुराण हुन् र ती शुभ पुराण हुन्”

“ब्रह्मंडम ब्रह्म -वैवर्तम
मर्कंदेयम तथैवा च
भविष्यम वामनम ब्रह्मं
रजसनी निबोधता”
अर्थात्
भगवान शिब देबी पार्वतीलाई भन्नुहुन्छ, “ज्ञान रहोस कि ब्रह्माण्ड पुराण, ब्रम्ह-वैवरता पुराण, मार्केण्डेय पुराण, भबिष्य पुराण, वामन पुराण र ब्रह्मा पुराण, रजो गुणी पुराण हुन् ”

“मत्स्यम कौर्माम तथा लिंगम
शैवं स्कंदम तथैवा च
अग्नेयम छ सहाद एतनी
तमासनी निबोधता”
अर्थात
भगवान शिब देबी पार्वतीलाई भन्नुहुन्छ, “ज्ञान रहोस कि मत्स्य पुराण, कूर्मा पुराण, लिङ्ग पुराण, शिव पुराण, स्कन्द पुराण र अग्नि पुराण, तमो गुणी पुराण हुन् |”
हरे कृष्ण …

हरे कृष्ण …

x

Check Also

आज महानवमी पर्व, तलेजु भवानीको मन्दिर खुल्ने

२४ असोज, काठमाडौँ । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा ...