Home / रास्ट्रिय खबर / नेपाल आइपुग्नासाथ अख्तियार प्रमुख लोकमानले व्यंग्य गर्दै के भने ?

नेपाल आइपुग्नासाथ अख्तियार प्रमुख लोकमानले व्यंग्य गर्दै के भने ?

lokman-singh

काठमाडौं, ३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की बुधबार नेपाल फर्कँदा केही हतास मनस्थितिमा देखिएका थिए ।

सुन्तला रंगको जरिकोट लगाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अति विशिष्ट कक्षबाट बाहिरिँदै गर्दा फोटो पत्रकारहरुलाई देखेपछि उनले भने– ‘फोटो पत्रकार भाइहरु, तपाईहरु यत्रो कष्ट गरेर फोटो खिच्न आइदिनुभयो, धन्यवाद है !’

कार्कीको व्यग्र प्रतिक्षामा रहेका पत्रकारहरु उनको व्यंग्यतात्मक शैलीको धन्यवाद सुनेपछि निकै हाँसेका थिए । केहीबेरैमै कार्की बा ११ च २०२० नम्बरको सरकारी नम्बर प्लेटको गाडी चढेर बाहिरिएका थिए । गाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हो ।

गत असोज ३ गते क्यानडा गएका कार्की एक महिनापछि बुधबार राति ८ बजेर ५ मिनेट जाँदा अरब इमिरेट्सको अबुधाबीबाट इत्तेहाद एयरवेजको उडानमार्फत स्वदेश फर्किएका हुन् ।

संयोग भन्नुपर्छ उनी स्वदेश फर्केकै समयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १५७ सांसदले हस्ताक्षर गरी आज व्यवस्थापिका–संसद् सचिवालयलाई महाअभियोग प्रस्ताव बुझाएका छन् ।

(Visited 1 times, 1 visits today)
x

Check Also

दरबारमार्ग बलात्कार प्रकरणः इन्स्पेक्टर ठकुरी निलम्बित

काठमाडौँ — दरबारमार्गमा भएको सामूहिक बलात्कार घटनालाई मिलापत्र गराई गुपचुप राख्न मुख्य भूमिका निर्वाह गरेका ...