Home / रास्ट्रिय खबर / भारतीय राष्ट्रपति नेपाल भ्रमणः ३ दिन कुन-कुन रुटमा सवारी चलाउन पाइँदैन ?

भारतीय राष्ट्रपति नेपाल भ्रमणः ३ दिन कुन-कुन रुटमा सवारी चलाउन पाइँदैन ?

download

१५ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन दिनभर सडक खाली गरिने भएको छ ।

भारतीय राष्ट्रपति मुखर्जी तीन दिने नेपाल भ्रमणका क्रममा पर्सी बुधबार काठमाडौं आउँदैछन् । उक्त दिन सरकारले सार्वजनिक विदा दिएको छ भने धेरै जसो सडक खाली गरिने भएको छ । सवारी आवागमन तीन दिन प्रभावित हुनेछ ।

मुखर्जीको सवारीलाई लक्षित गरी ट्राफिक प्रहरीले विभिन्न रुट खाली गराउने तयारी गरेको छ । जस अनुसार विहान साढे ११ बजे देखि दिउँसो २ बजेसम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपालचोक, थापाथली, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रमा सवारी चलाउन रोक लगाइने भएको छ ।

यस्तै दिउँसो १ बजे देखि ३ बजेसम्म केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपालचोक, सोह्रखुट्टे, जयनेपाल क्षेत्रमा गाडी चलाउन पाइने छैन । दिउँसो पौने २ बजे देखि पौने ४ बजे सम्मगौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चावहिल, बौेद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रको सडक खाली गरिनेछ ।

यस्तै मुखर्जीको सवारीका कारण साँझ साढे ६ बजे देखि बेलुकी साढे ८ बजेसम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, मित्रपार्क, चावहील, बौद्ध, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, टेकु, भोटोबहाल, कालिमाटी, सोल्टीमोड, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल क्षेत्रमा सवारी चलाउन रोक लगाइने भएको छ ।

बिहीबार गाडी रोकिने रुटहरु

बिहान ९ बजेदेखि ११ बजेसम्मः बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, थापाथली, जोरपाटी क्षेत्रसम्म

बिहान पौने १० बजेदेखि दिउँसो पौने २ बजेसम्मः बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार,भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर,शंखमुल, नागस्थान, न्युरोड क्षेत्रसम्म

दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली,जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रर्दशनीमार्ग क्षेत्रसम्म

साँझ ५ बजेदेखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जय नेपाल, कोटेश्वर, नागस्थान, ठमेल, क्षेत्रसम्म

साँझसाढे ६ बजे देखि बेलुकी साढे ८ बजे सम्मः बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, थापाथलि, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल, कोटेश्वर, पुरानो बानेश्वर ,शंखमुल क्षेत्रसम्म

बेलुकी पौने ८ बजेदेखि पौने १० बजेसम्मः बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट,बत्तिस पुतली क्षेत्र

शुक्रबार

बिहान ९ बजेदेखि ११ बजे सम्मः बौद्ध, चुच्चेपाटी, चावहिल, मित्रपार्क, गौशाला, तिलगंगा, एयरपोर्ट ,तिनकुनेसम्म

ट्राफिक प्रहरीले यो समयमा यो रुटमा चल्ने सवारी साधनहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ ।

Loading...
x

Check Also

कोसी उच्च बाँध बनाउन भारतीय दबाब, बने ७५ हजार विस्थापित हुने

३१ साउन, काठमाडौं । भारत सरकारले यसअघि सर्वेक्षण भएअनुसार नै कोसी उच्च बाँध बनाउन दबाब ...