Home / अन्तर्राष्ट्रिय खबर / यी तस्विरको संकेत, तेश्रो विश्व युद्ध छिट्टै शुरु हुन्छ (फिचर)

यी तस्विरको संकेत, तेश्रो विश्व युद्ध छिट्टै शुरु हुन्छ (फिचर)

एजेन्सी ।

पछिल्लो समयमा तेश्रो विश्व युद्ध शुरु हुने चर्चा अन्तराष्ट्रिय मिडियामा बढि नै भैरहेको छ । खासगरी अमेरिका र रुसबीचको परमाणु हतियार सम्बन्धि सम्झौता तोडिएपछि अव यी परमाणु हतियारका मुख्य केन्द्र मानिएका दुई महाशक्तिबीच भयानक युद्ध हुने हो कि भन्ने चिन्ता ब्याप्त छ ।

रुसले आफ्नो देशमा युद्धको तयारी चलिरहेको संकेत दिएपछि यस्ता चर्चाले थप बल पाएका छन् ।

रुसले सोभियत रुसको पालामा रहेका परमाणु हतियारका अखडाहरु पुनः सञ्चालनमा ल्याएका तस्विर सार्वजनिक भएपछि अव विश्वमा तेश्रो विश्वयुद्धको खतरा मडराउन थालेको विश्लेषण शुरु भएको हो । यी हतियारका अखडाहरुमा रुसले नयाँ र अत्याधुनिक मिसाइल तैनाथ गरिरहेको समेत मिडियाको दावी छ ।

russia-secret-missile-base-1
पश्चिमा मिडियाहरुका अनुसार रुसले पछिल्लो पटक सार्वजनिक गरेको मिसाइल अहिले संसारमा रहेका मिसाइल मध्ये सबैभन्दा शक्तिशाली मानिएको छ । रुसले यो हतियारको नाम RS 28-SARMAT राखेको छ भने यो मिसाइललाई नेटोले SATAN-2 नाम दिएको छ ।

russia-secret-missile-base-3

७ किलोमिटर प्रतिसेकेण्डको तिव्र गतिमा युद्ध लड्न सक्ने यो मिसाइलको क्षमता ११ हजार किलोमिटर सम्म मार हान्न सक्ने रहेको बताइएको छ । यो एक पटक प्रयोग भएमा बेलायत र फ्रान्स जस्ता देश समेत एकै पटकमा खरानी हुन सक्ने र आधा अमेरिकाको नाम निशान मेटिन सक्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकहरुलाई परमाणु आक्रमणको सामना गर्न तयार रहन आह्वान गर्दै ड्रिल समेत गराइरहेका छन् । उनले वाररुममा बसेर हतियारको परीक्षण पनि गरिरहेको बताइन्छ ।

russia-secret-missile-base-4

रुसमा १५ गोप्य शहर
सोभियतरुस टुक्रिएपछि अहिले पनि रुसमा १५ शहर रहस्यमय छन् । रुसमा रहेका गोप्य शहरमा आणविक बम लुकाएर राखेको विश्वास गरिन्छ ।

russia-secret-missile-base-2
सोभियत युनियन अस्तित्वमा रहेको समयमा अमेरिका र सोभियत रुसबीच भयंकर शितयुद्ध चलेको थियो । दोश्र विश्वयुद्ध पछि दुई महाशक्तिहरु हतियारको होडमा लागे ।

सोभियतकालीन कतिपय रुसी सैनिक र हतियार भण्डार अखडा अहिले पनि कायमै छन् । रुसको गुडिम हतियार केन्द्र सबै भन्दा विशेष हतियार केन्द्र थियो । किन भने यो हतियार केन्द्र मुख्यतः अमेरिकालाई पुरै ध्वस्त पार्न सक्ने हतियार राखिएको थियो ।

सोभियत रुसको कट्टर दुश्मन अमेरिकाको सीमाबाट नजिक पर्ने स्थानमा राखिएको यो हतियार केन्द्र रुसको गोप्य मिसाइल अखडा थियो भन्दा पनि हुन्छ । यहाँ रुससँग रहेका सबैभन्दा अत्याधुनिक आणविक हतियार राख्ने गरिन्थ्यो । सोभियत रुससँग यति धेरै मिसाइल थिए कि एक झट्कामा न्यूयोर्क, वाशिङ्टन, क्यालिफोर्निया, साउथ डेकोटा र अलास्का ध्वस्त हुन सक्थ्यो । त्यसपछि भने अव यो हतियार केन्द्र विरानो बनेको थियो ।

सन् २०६१ मा पहिलो पटक यो अखडा सैनिक अपरेशनका लागि प्रयोग गरिएको थियो । आधिकारिकरुपमा यसलाई Anadyr-1 भन्ने गरिन्थ्यो । तर पछि त्यहाँको नेतृत्व गरेका कर्नेल गुडिमोवको सम्मानमा स्थानीयले यसको नाम गुडिम राखे । यो सैनिक अखडा निर्माण गरेपछि कर्नेल गुडिमोवले रहस्यमयरुपमा आत्महत्या गरेका थिए ।

सन् २००२ सम्म यहाँको सैनिक युनिटलाई भंग गरिएको थियो । सैनिक युनिट भंग गरिएपछि यहाँ रहेका ५ हजार मानिसले शहर छोडेर सारातोव र एंजेल्समा गएर बसेका थिए । अहिले आएर रुसले यी शहरहरुलाई ब्युँउताउने प्रयास गरेको छ ।

रुसको रामेन्की नामक शहरमा ५०० एकड जमिनमा बनाइएको बंकर सन् १९५० मा निर्माण भएको थियो । यो अण्डर ग्राउण्ड बंकर जमिनबाट २० फिट तल रहेको बताइन्छ ।

russia-secret-missile-base-6

रुससँग रहेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलले ११ हजार किलो मिटर टाढा सम्म अचुक निशाना लगाउन सक्छ । रुसले यस्ता कम्तिमा ५० वटा मिसाइल तैनाथ गरेर राखेको विश्वास गरिन्छ । सन् २०२० सम्ममा रुसले अन्य देशबाट हुने परमाणु हतियार निष्फल तुल्याउन १०८ वटा मिसाइल डिफेन्स तैनाथ गरिसक्ने छ ।

russia-secret-missile-base-5

रुसले जुनसुकै बेला प्रयोग गर्न मिल्ने गरि १६४३ वटा आणविक हतियार सम्पन्न मिसाइल तयारी अवस्थमा राखेको छ।

Loading...
x

Check Also

लण्डन ब्रिजमा पैदलयात्रीमाथि भ्यानबाट आक्रमण

२० जेठ, काठमाडौं । सेन्ट्रल लण्डनको लण्डन ब्रिजमा पैदल हिडिरहेका मानिसहरुमाथि एक भ्यानबाट आक्रमण भएको ...