Home / अपराध / गाडिएको अवस्थामा शिशुको शव फेला, आमाले नै हत्या गरेको आशंका

गाडिएको अवस्थामा शिशुको शव फेला, आमाले नै हत्या गरेको आशंका

1478311286baby1

पर्वत, कात्तिक २० । पर्वत लिमिठाना –८ चिर्दीखोलास्थित खेतमा गाडिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ ।

स्थानीय गोपाल क्षेत्री भनिने कुलबहादुर क्षेत्रीको खेतमा नवजात शिशुको शव शुक्रबार भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार क्षेत्रीको श्रीमती ३१ वर्षीया मीना क्षेत्रीले बच्चालाई जन्म दिई हत्या गरी नजिकैको आफ्नै खेतमा लगेर गाडेको भन्ने खुल्न आएको छ ।

हत्याको आशङ्कामा अनुसन्धानका लागि मीना क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिशुको शव स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पाताल पर्वतमा पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक दीपक पातीलले जानकारी दिए। रासस

 

Loading...
x

Check Also

atm-hacker

नेपालका ३५ लाख एटीएम कार्ड जोखिममा, पिन नम्बर तत्काल बदल्नुस् अन्तर्राष्ट्रिय ह्याकरको गिरोह नेपालमा सक्रिय

२२ कात्तिक, काठमाडौं । करिब २ वर्ष अगाडि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले एक ...