Home / अपराध / २६ लाखसहित एटिएमबाटपैसा चोरी गर्ने दुई पक्राउ

२६ लाखसहित एटिएमबाटपैसा चोरी गर्ने दुई पक्राउ

काठमाडौंः एटिएम कार्डको दुरुपयोग गरेर चोरी गर्ने दुई टर्केली नागरिक पक्राउ परेका छन् ।

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले एटिएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रूपमा रकम निकाल्ने दुई टर्केलीलाई पक्राउ गरेको हो ।

प्रहरीले टर्केली नागरिक ५२ वर्षीय मुहरिम उजुन र ३२ वर्षीय सेलाहात्तिन याबरलाई जमलस्थित एलो प्यागोडा होटलमा पक्राउ गरेको हो । टर्केली नागरिकको चोरी योजनाबारे पत्रकार सम्मेलन गरेर प्रहरीले जानकारी दिएको छ ।

ब्युरोबाट खटेको प्रहरी टोलीले अत्याधुनिक कार्ड स्किमिङ डिभाइस र हिडन क्यामरा प्रयोग गरी रकम निकालेको अभियोगमा पक्राउ गरेको हो ।

पक्राउ परेका दुई टर्केली नागरिकको साथबाट प्रहरीले ३६ लाख ७५ हजार नेरु, एक हजार सात सय युरो र एक हजार छ सय ६० अमेरिकी डलर तथा विभिन्न एटिएम कार्ड ११३ थान, मोबाइल फोन दुई थान, एटिएम कार्डका पिन लेखिएको कागजको पाना आठ थान तथा करिब नेरु २६ लाख पर्ने स्विस घडी बरामद गरेको छ ।

नेपालमा बल्गेरिया, टर्की, रोमानिया लगायत देशका नागरिक पर्यटकले प्रवेशाज्ञा बनाएर नेपाल आई विभिन्न बैंकको एटिएममा पसेर रकम चोर्ने गरेको ब्युरोले जनाएको छ ।

सोमबार मात्र यस्तै आरोपमा तीन रोमानियाली पक्राउ परेका थिए । यसभन्दा पहिले २०७१ साल मङ्सिरमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नेरु २६ लाख सहित टर्केली र चैतमा नेरु १८ लाख सहित बल्गेरियाली र गत साउनमा नेरु दुई लाख ६४ हजार सहित रोमानियाली पक्राउ परेका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले यस्ता अपराध अब दोहोरिन नदिन पूर्वी युरोपबाट आएका नागरिकमाथि निगरानी बढाइएको बताए ।

अन्नपूर्ण पोस्ट

(Visited 1 times, 1 visits today)
x

Check Also

साढे ३ लाख चोरेर भागेका बोहोरा पक्राउ

१३ मंसिर, काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरले चोरीको आरोपमा तीर्थ बोहोरालार्इ पक्राउ गरेको छ ...