Home / खेलकुद / सोलिडारिटी कपको उपाधि जित्दै नेपालले रच्यो इतिहास

सोलिडारिटी कपको उपाधि जित्दै नेपालले रच्यो इतिहास

nepal-3

३० कात्तिक, काठमाडौं । मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू-२३ सहित उपाधिको हृयाटि्रक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उचाल्यो ।

मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

नेपालको जितमा सुजल श्रेष्ठले निणर्ायक गोल गरे । खेलको २९ औं मिनेटमा भरत खवासको पासमा सुजलले हेड गोल गरेका थिए ।

पानी परेका कारण हिलाम्मे मैदानमा नेपालले मकाउमाथि लगातार दबाव दिएको थियो ।

nepal-champions

नेपालले माघमा बङ्गबन्धु कपको उपाधि जितेको थियो । तर, यो अन्तराष्ट्रिय मान्यता पाएको प्रतियोगिता थिएन । लगतै सागको फुटबलमा स्वर्ण जितेको नेपालको एकै क्यालेेण्डर वर्षमा यो तेस्रो उपाधि हो ।

Loading...
x

Check Also

afc-solidarity-cup-malaysia-photo2016-582c76d3478f37-51878863

एएफसी कप विजेता फुटबल टिमलाई नगर परिक्रमा गराइदै

काठमाडौं: एएफसी सोलिडारिटी कपको उपाधि विजेयता नेपाली फुटबल टिमलाई बुधबार राति नगर परिक्रम गराइएकाे छ ...