Home / खेलकुद / जापानी टोलीमाथि नेपालको जित, नवयुगको विजयी गोल

जापानी टोलीमाथि नेपालको जित, नवयुगको विजयी गोल

nepal-vs-japan-1
४ मंसिर काठमाडौं । नेपालले फ्रेन्ड्स अफ जापानमाथि जित हात पारेको छ । शनिबार भएको च्यारिटी खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १-० को जित हात पारेको हो ।

सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका नवयुग श्रेष्ठले विजयी गोल गरे ।

nepal-vs-japan

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५८ औं मिनेटमा नवयुगले गोल गरे । बिमल घर्ती मगरको पासमा बिक्रम लामाले प्रहार जापानी गोलरक्षकले बल रोकेका थिए ।

तर, नियन्त्रणमा लिन सकेनन् र त्यही मौकाको सदुपयोग गर्दै नवयुगले गोल गरेका हुन् ।

team-nepal

नेपाल र जापानबीच दौत्य सम्वन्ध स्थापना भएको ६० औं वर्षगाँठको अबसरमा अखिल नेपाल फुटबल संघ एन्फाले कलरबाथसाग मिलेर मैत्रिपूर्ण च्यारिटी खेल आयोजना गरेको थियो ।

स्रोत : अनलाइन खबर

x

Check Also

नेपाल श्रीलंकासँग १ रनले पराजितः दीपेन्द्र ऐरी ‘म्यान अफ द म्याच’

काठमाडौं: अन्तिम समयमा सम्हालिन नसक्दा नेपाली क्रिकेट टोली पुन एक पटक टेस्ट टोलीमाथी जित हातपार्नबाट ...