Home / रास्ट्रिय खबर / रावलले के गर्छौ गर. . . भनेपछि एमाले मुख्यालयमा हात हाला-हाल

रावलले के गर्छौ गर. . . भनेपछि एमाले मुख्यालयमा हात हाला-हाल

३० मंसिर, काठमाडौं ।

नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा सासंद र कार्यकर्ताबिच हातहाल भएको छ । विहीबार कार्यकर्ता मान वहादुर बोहराबाट एमाले बझाङ क्षेत्र नम्बर दुईका सांसद लालबहादुर रावलबिच हातहालाहाल भएको हो । उक्त घटना भईरहदा धुम्बाराहीमा एमाले स्थायी समितिको बैठक चलिरहेको थियो ।

बझाङमा गरिएको स्थानीय तह पुनःसंरचनामा असन्तुष्टि जनाउँदै १५ जनाको टोली डेलिगेसनको लागि काठमाडौं आएको थियो । त्यसमा एमालेका स्थानीय नेतादेखि विभिन्न दलका प्रतिनिधि र सांसद समेत थिए ।

uml leader at party office 1

डेलिगेसनमा आएकाहरुको नेपालको सबैभन्दा ठूलो क्षेत्रफल भएको काडा गाविसलाई छुट्टै गाउँपालिका बनाउनुपर्ने माग छ । स्थानीय तह पुर्नसंसचना आयोगले त्यसलाई अस्वीकार गरेपछि त्यसविरुद्व सांसद तथा स्थानीय प्रनिधिहरुले बसेर छुट्टै गाउँपालिका बनाउने निर्णय गरेका थिए भने त्यही डेलिगेसन लिएर उनीहरु काठमाडौं आए ।

एमाले नेताहरुको ध्यानाकर्षण गराउन नेता अफिलाल ओखेडा र लालबहादुर रावलले पार्टी नेतृत्वसँग छलफल गराउने भन्दै डेलिगेसन प्रतिनिधिलाई धुम्बाराही ल्याएका थिए । त्यहाँ कार्यकर्ताहरुले रावललाई आफूहरुको मागमा समर्थन गर्दै हस्ताक्षर गर्न आग्रह गरे । तर, रावलले ‘म गर्दिन तिमीहरु के गछौं गर’ भन्दै आक्रोश पोखेपछि हातहालाहालको अबस्था आएको कार्यकताहरुले जनाएका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन एमाले नेताहर ठाकुर गैरै सूर्य थापा र राजन भट्टराईलाई हम्मेहम्मे परेको थियो । बिबाद पछि डेलिगेसन टोलीको माग पत्र बुझ्दै एमाले अध्यक्ष केपी ओलीले समस्या देखिएको स्थानका बिषयमा छलफल गरिने बताउनुभयो ।सांसद रावल बझाङको दङंगाजी गाविसका हुनुहुन्छ ।

(Visited 1 times, 1 visits today)
x

Check Also

काँकडभिट्टादेखि बुटवलसम्म रेलमार्गको डीपीआर फाइनल नयाँ सरकारको निर्णय कुरिरहेका छौंः विभाग

२६ मंसिर, काठमाडौं । रेल विभागले पूर्वी भाग अर्थात् काँकडभिट्टादेखि बुटवलसम्मको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ...