Home / बिचित्र संसार / अनौठो बिहे: जहाँ बेहुलाले लगाए गाउन, बेहुलीले कोट पाइन्ट

अनौठो बिहे: जहाँ बेहुलाले लगाए गाउन, बेहुलीले कोट पाइन्ट

bichitra

 

हामीकहाँ बिहेमा बेहुलीले सारी चोलो वा ब्लाउज लगाउँछन् भने बेहुलाले कोट पाइन्ट वा दौरा सुरुवाल । बिहेमा गाउन पनि लगाउँछन् बेहुलीहरु । तर चीनमा एउटा यस्ता बिहे भयो जहाँ बेहुलाले बेहुलीले लगाउने गाउन लगाए भने बेहुलीले कोट पाइन्ट लगाइन् ।

बेहुला बेहुलीको त्यो साटफेर गरिएको पहिरनले सबै पाहुनालाई अचम्ममा पार्‍यो । आखिर किन त्यसरी साटफेर गरी विवाहका परिहन बेहुला बेहुलीले लगाए भन्नेमा आगन्तुकहरुमा निकै कौतुहलता छायो ।

यसरी उल्टो पहिरन लगाउने आइडिया बेहुलीको रहेछ । आफु मोटी भएको हुँदा आफुलाई बेहुलीले लगाउने गाउनले नसुहाउने उनको तर्क थियो ।

उता बेहुलाले चाहीँ बेहुलीप्रतिको माया दर्शाउने मौकाको रुपमा त्यसलाई लिए र बेहुलीको इच्छा मुताविक बेहुलीले लगाउने गाउन लगाएर बिहे गरे ।

Loading...
x

Check Also

china-sex

परस्त्रीसँग सल्किने लोग्नेलाई यसरी दिइन् पत्नीले सजाय (भिडियो सहित)

चीनमा एकजना पुरुषलाई आफ्नी पत्नीको आँखा छलेर अर्कै महिलासँग सल्किनु निकै महंगो सावित भएको छ ...