Home / रास्ट्रिय खबर / केपी ओलीलाई देउवाको प्रश्नः नौबुँदेमा गाँजा खाएर हस्ताक्षर गरेको हो ?

केपी ओलीलाई देउवाको प्रश्नः नौबुँदेमा गाँजा खाएर हस्ताक्षर गरेको हो ?

१६ पुस, बाग्लुङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । उनले संविधान निर्माणका क्रममा कांग्रेस र एमालेले अघि सारेको नौबुँदे प्रस्तावतर्फ इंग्लित गर्दै त्यसबेला गाँजाखाएर हस्ताक्षर गरेको हो ? भनेर प्रश्न गरे ।

मेलमिलाप दिवसको अवसरमा शनिबार आयोजित जनसभामा देउवाले ५ नम्बर प्रदेशबाट पहाडलाई अलग गराउन कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र केपी ओलीले हस्ताक्षर गरेको बताए ।

त्यही सहमति अनुसार संविधान संशोधन गरेर संविधान कार्यान्वयन गर्न खोज्दा एमालेले संसद अवरुद्ध गरेको भन्दै देउवाले भने, कि गाँजाखाएर हस्ताक्षर गरिएको हो भन्नुपर्‍यो, कि गल्ति गरेँ भन्नुपर्‍यो ।’

उनले अघि भने, केपी ओलीको अहिलेको आक्रोश सत्ताबाट बाहिरिँदाको पीडा मात्रै हो ।

राष्ट्रिय एकता र मेलमिलाप कायम गर्न पनि संविधान संशोधन गर्नुपर्ने भन्दै देउवाले जुनसुकै हालतमा संविधान संशोधन गराएरै छाड्ने बताए ।

उनले एमालेले गरेको संसद अवरोधलाई राष्ट्रिय एकता बिरोधी कार्य भनेका छन् । उनले भने ‘पहाड र तराईलाई मिलाउनु अहिलेको आवश्यकता हो, पहाडी र मधेसीको बिचमा भेदभाव र विभाजन गराएर राष्ट्रिय एकता कायम हुन सक्दैन ।’

Loading...
x

Check Also

काठमाडौंमा उदाउँदै गरेका ‘टोले गुण्डा’हरू पक्राउ, कथित ‘डन’ ‘डल्ले’पनि पक्राउ

काठमाडौं, ९ साउन । राजधानीमा हतियारसहित हिँड्ने तथा विभिन्न पेशा व्यसाय गरी बस्ने व्यक्तिहरूसँग असुली ...