Home / अन्तर्राष्ट्रिय खबर (page 20)

अन्तर्राष्ट्रिय खबर

भारतमै हुदो रहेछ यस्ता घटना : यौन सम्पर्क गर्न नदिएको भन्दै श्रीमतीको हत्या : योनीमा लातको बर्सात

अजिब अजिब घटना घटाउन भारत संसारमा नै अगाडी छ । हालै मात्र भारतको बरेली नरियावल इलाकाका एक पतिले रुीमतीले आफुले भनेको समयमा सेक्स नमानेको भन्दै हत्या गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

पत्नि मिनुको स्वास्थ्य केही अस्वस्थ भएकाले उनले सहजै स्विकारीनन् । यही विषयलाई लिएर श्रीमान् राजीव शर्माले पत्‍नीको संवेशदशिल अंगमा समेत धारीलो हतियार प्रहार गर्न पछि परेनन् । शर्माले मिनुको संवेशनशिल अंगमा आफ्नो खुट्टा समेत घुसाइदिएको भारतीय मिडियाहरुले जनाएका छन् ।

त्यसको लगत्तै उनको मृत्यु भयो । रक्सीले मात्तिएका पतिले उनको शव समेत लुकाउन पत्तो पाएनन् । घटना घट्दाको समय हल्लाखल्ला मच्चिएपछि छिमेकीले उनलाई तत्कालै पक्राउ गरेको छ ।

ती श्रीमानले यौन सम्पर्क गर्न नदिएको झोंकमा श्रीमतीको गुप्तांगमा खुट्टा छिराईदिएका थिए । पुलिसले ति महिलाको शव पोस्‍टमार्टमलाई पठाएको छ । शर्माका १० वर्षका छोरा छन् ।

अन्धो प्रेमले चिनेन नाता : बहिनिको सिउदोमा दाजुले सिन्दुर हालेपछि …………

काठमाण्डौ ५ मंसिर । भारतको मध्यप्रदेशको छतरपुर जिल्लाको एक गाउँमा शनिबार बिहान एक प्रेम जोडी विष सेवन गरेर आत्महत्याको प्रयास गरेका छन् । उनीहरु दुवैको गम्भीर अवस्थामा छतरपुरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।fr

कसरी भयो यस्तो  ?

मूलचन्द कुशवाह (२१) र उनका मामाकी छोरी राजकुमारी (१९) बीच करिब २ वर्षदेखि प्रेम चलिरहेको थियो । मूलचन्द्र छतरपुरदेखि करिब १५ किलोमिटर टाढा मऊसहानियामा बस्थे । राजकुमारी त्यहाँभन्दा करिब ८० किलोमिटरको दुरीमा उत्तरप्रदेशको दूर चरखारी भन्ने स्थानमा बस्थिन् । शुक्रबार राजकुमारी मुलचन्द्रको घरमा आएकी थिइन् ।

उनीहरु शनिबार बिहानै घरबाट निस्किएर घुम्नका लागि भन्दै म्युजियमतर्फ गएका थिए । उनीहरु दुवै जनाले म्युजियमको पछि बसेर संगै जिउने मर्ने कसम खाए । मुलचन्द्रले राजकुमारीको माग अनुसार उनको सिउँदो भरे । दुवैजनाले आफ्ना हातमा एक अर्काको नाम लेखे । तर उनीहरु एक अर्काबीचको पारिवारिक सम्बन्ध र विवाहलाई लिएर चिन्तित थिए ।

दुवै जनाले भावनामा बगेर बिष खाए । सोही स्थानमा रहेका मानिसहरुले मुलचन्द्रको परिवारलाई जानकारी दिएपछि बेहोस अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो । उनीहरु दुवै जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । नेपाल शन्देसबाट

 

र्‍याडिसन होटलमा भएकाे आक्रमणमा भारतीय महिलाको मृत्यु

एजेन्सी । मालीको राजधानी बमाकोमा शुक्रबार भएको आक्रमणमा भारतीय मूलकी एक अमेरिकी महिलाको मृत्यु भएको पुष्टि भएको छ ।

अमेरिकी विदेश विभागका प्रवत्ता जोन किर्बीले एक वक्तव्य जारी गर्दै अनिता अशोक नामकी महिलाको मृत्यु भएको हो ।151121022521_attack_in_mali_624x351_reuters-430x316

शुक्रबार बमाकोको र्‍याडिसन ब्लू होटलमा भएको आक्रमणमा कम्तिमा २१ जनाको मृत्यु भएको थियो ।

भारतीय विदेश मन्त्रालयका अनुसार होटलमा बीस भारतीय बन्धकहरुलाई भने सुरक्षित निकालिएको छ ।

अमेरिकी विदेश विभागले महिलाको परिवारका अनुसार मारिने महिला स्वास्थ्य विशेषज्ञ थिइन् । अनिताले सन् १९९७ देखि १९९९ सम्म शान्ति सेनाको साथमा सेलेगलमा काम गरेकी थिइन् ।

 

पेरिस आक्रमणका मास्टरमाइन्ड अबाउद मारिए

Abaaoud

३ मंसिर, काठमाडौं । १२९ जनाको ज्यान जाने गरी गत शुक्रबार भएको पेरिस आक्रमणका मास्टरमाइन्ड अब्देलहमीद अबाउद मारिएका छन् ।

बुधबार उत्तरी पेरिसमा भएको पुलिसका कारबाहीमा उनी मारिएका हुन् । सुरुमा उनको पहिचान नभएपछि उनको शवका अधारमा मृतक अबाउद नै भएको पत्ता लागेका ेअधिकारीहरुले बताएका छन् ।

को हुन् अबाउद ?

फ्रान्सेली अनुसन्धानकर्ताहरुका अनुसार मोरक्को मूलका बेज्यियन नागरिक अबाउद नै पेरिस आक्रमणका योजनाकार हुन् ।  उनको खोजीका क्रममा बुधबार उत्तरी पेरिसको सेन्ट डेनिसमा ९ घन्टा प्रहरी अपरेशन भएको छ, जसमा एक महिलासहित दुई जना संदिग्धको मृत्यु भएको थियो ।

Abaaoud-1

प्रहरी काबारहीमा मृत्यु भएका पुरुषको सनाखत हुन नसकेपछि अबाउदको अवस्था अज्ञात थियो । तर, बिहीबार अधिकारीहरुले प्रहरी कारबाहीमा मारिएका व्यक्ति अबाउद नै भएको पुष्टि गरेको छ ।

२७ वर्षका अबाउद कट्टरपन्थी चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस)का सदस्य हुन् । उनको पालनपोषण ब्रसेल्सको एक जिल्ला मोनिलबीकमा भएको थियो, जहाँ ठूलो संख्यामा अरब आप्रबासीहरु बस्छन् । त्यहाँ बेरोजगारी र आवासको गम्भीर समस्या छ ।

प्रहरीका अनुसार अबाउद सलाह अब्देसलामका साथी हुन्, जो फरार छन् र उनका भाइ ब्राहिमले पेरिस आक्रमणपछि आफैंलाई विस्फोट गराएका थिए ।

अबाउद र अब्देसलाम दुबैलाई २०१० मा एक सशस्त्र डकैतीको आरोपमा बेल्जियममा जेल सजाय सुनाइएको थियो ।  २०१३ को सुरुवातमा अबाउद उर्फ अबु उमर अल बज्जिकी आईएसमा संगठित भए । तर, उनी चरमपन्थी कहिले बने भन्ने प्रष्ट भएको छैन ।

तर, एपीका अनुसार बेल्जियमका सबैभन्दा राम्रो स्कुल मध्येको एक सेन्ट पीयर द अक्कलका विद्यार्थी थिए ।

उनी मेहदी नेमोछको सक्पर्कमा रहे । फ्रान्स-अल्जेरिया मुलका मेहदी जिहादी हुन्, जसले २०१४ मा ब्रसेल्सको एक यहूदी संग्रहालयमा चार जनालाई गोली हानेर हत्या गरेका थिए ।

अबाउद जिहादप्रति यति समर्पित थिए कि उनले आफ्ना १३ वर्षका भाइलाई पनि सिरियामा आफूसँगै लगेका छन् ।

पेरिस आक्रमणको योजनाकार खोज्ने क्रममा दुईको मृत्यु

फ्रान्स: उत्तरी पेरिसको एउटा अपार्टमेन्ट क्षे्त्रमा पेरिस आक्रमणका योजनाकारमध्येका केही मानिस बसेको भनिएको इलाकामा प्रहरीले खानतलासी जारी राखेको छ । french_police_185678289
खानतलासी लिने क्रममा प्रहरीद्वारा गरिएको कारबाहीमा दुई जनाको मृत्यु भएको छ ।  त्यस्तै प्रहरीले पेरिसको विभिन्न ठाउँबाट आक्रमणमा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरेको छ ।
शुक्रबारको आतङ्ककारी आक्रमणमा १२९ जनाको मृत्यु भएपछि फ्रान्सको पेरिसलगायत वरपरका क्षेत्रमा आतङ्ककारी लुकिछिपी बसोबास गरेको हुनसक्ने आशङ्कामा खानतलासीलाई तीब्र बनाएको हो ।
प्रहरीले आक्रमणका मुख्य योजनाकार बेल्जियन नागरिक भएको र उक्त पेरिस आक्रमणको योजनाकारहरु सेन्ट डेनिस क्षेत्रमा रहेको आशङ्कामा बुधबार उक्त ठाउँलाई घेरा हाली उनीहरुको खोजी गरिरहेको बताइएको छ ।
मृतक दुई जनामध्ये एक महिला तथा एक युवकले आत्मघाती बम विस्फोट गराई आत्महत्या गरेको बताइएको छ । प्रहरीले पेरिस आक्रमणका मुख्य योजनाकार अब्देल हमिद अवाउड सेन्ट डेनिस जिल्लाको एक घरमा सुरक्षित रुपमा बस्दै आएको गोप्य सूचनापछि उक्त इलाकामा कार्बाही सुरु गरिएको हो ।
बुधबार बिहान मारिएका दुई जना वा पक्राउ परेका सात जनामा पेरिस आक्रमणका योजनाकार परेका छन् वा छैनन् भन्ने विषयमा प्रहरीको आधिकारिक भनाई आइनसकेको बताइएको छ ।
प्रहरीले गएको जनावरीमा फ्रान्समा भएको आतङ्ककारी हमलापछि सुरु गरैको कार्बाहीपछिे अवाउड कहिले सिरिया र कहिले युरोपमा बस्दै आएको प्रोपोगान्डा इस्लामिक स्टेटले फैलाउँदै आएको छ । यसलाई अवाउडको बहादुरी वा चातुर्यका रुपमा व्याख्या गरिँदै आएको छ ।
पेरिस घटना सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले मोरक्को मूलका २७ वर्षीय बेल्जियन नागरिक अवाउड नै १२९ जनाको ज्यान लिएको तथा ३५० जना घाइते भएको उक्त घटनाका मुख्य योजनाकार भएको बताउँदै आएका छन् ।

 

नौ महिना अघिबाट पेरिस हमलाको योजना

आक्रमणकारी १५ वर्षीय किशोर पनि
एजेन्सी : फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी हमलाबारे नयाँ तथ्य बाहिर आएको छ । फ्रान्सेली अधिकारीका अनुसार आतंकवादीका तीन अलग-अलग टिमले यो हमलालार्इ सफल पारेका थिए ।
 paris_terrorist_attack_893857779 (1)
जबकि यो हमलाको डरलाग्दो योजना करिब ९ महिनाअघि बनाउन थालिएको थियो । पुलिसले बेल्जियमको ब्रसेल्समा ३ सन्दिग्धलार्इ गिरफ्तार गरेको छ ।
घटनाको अनुसन्धानलार्इ तीब्र पारेको प्रहरीले बाटाक्लान कन्सर्ट हलमा हमला गर्नेमध्येक एक आतंकवादीको पहिचान गर्न सफल भएको छ । हमलाको अनुसन्धान थालेको प्रहरीले आतंकवादीमध्ये एकजनाको उमेर १५ वर्ष रहेको पत्ता लगाएको छ।
अधिकारीले शनिबार राति बताएअनुसार शुरुआती जाँचपछि यो तथ्य बाहिर आएको हो । पुलिसका अनुसार यी आतंकवादी अक्टोबरमा लिरोस ग्रिक द्वीपको बाटो हुँदै प्रवासीका रुपमा फ्रान्स छिरेका थिए ।
पुलिसले आतंकवादीको लाशसँगै सिरियाको पासपोर्ट फेला पारेको छ। समाचार अनुसार १५ वर्षीय किशोर आतंकवादीले फुटबल स्टेडियममा हमला गरेको पाइएको छ ।
काटिएको औंलाबाट एक आक्रमणकारीको पहिचान
फ्रान्सेली पुलिसले कन्सर्ट हलमा आफैं विस्फोट भएका बन्दुकधारीमध्ये एक व्यक्ति पेरिस निवासी २९ वर्षीय उमर इस्माइल मुस्तेफई रहेको पत्ता लगाएको छ ।
पेरिसमा भएको आतंकवादी हमलामा सबैभन्दा धेरै नरसंहार यही स्थानमा भएको थियो । जहाँ ८९ जना मानिस मारिएका थिए । पेरिस हमलामा मारिनेको संख्या आधिकारिकरुपमा १२९ पुगेको छ । घटनामा ३५२ जना मानिस घाइते भएका छन् ।
उमरका बाबु र ३४ वर्षीय दाजुलार्इ पुलिसले हिरासतमा लिएको छ । जाँचकर्ताहरुका अनुसार प्रहरी अन्य हत्यारा साथी र नातेदारको घर खोजिरहेको छ ।
उमरको पहिचानको पुष्टि काटिएर अलग भएको औंलाको निशानबाट भएको हो । उमर चरमपन्थी इस्लामको निकटमा थिए । तर यसअघि उनको नाम कहिल्यै पनि आतंकवादीसँग जोडिएको थिएन।
अनुभवी र तालिमप्राप्त आतंकवादी
पुलिसले जनाए अनुसार हमलाकारी अनुभवी र राम्रो सैन्य तालिम प्राप्त थिए । यसबारेमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।
प्रहरीले यी हमलाकारी सिरियामा आइससँग युद्ध लडे नलडेको पत्ता लगाउने प्रयासमा छ । सिरिया र छिमेकी मुलुक इराकको एक क्षेत्रमा आइएसले खलिफाको शासन चलाइरहेको छ ।
ग्रिसको जनसम्पर्क मन्त्री निकोस टसकसले बताए अनुसार आतंकवादी हमला भएको स्थानमा प्राप्त सिरियाको पासपोर्टवाहक ३ अक्टोबरमा लिरोस हुँदै युरोप पसेको पुष्टि गरेका छन् ।
उनले त्यो पासपोर्टबारे अन्य देशहरुमा जाँच भए नभएको भने केही भन्न नसकिने बताएका छन् । अधिकारीले अन्य तीन आतंकवादी बेल्जियमको ब्रसेल्स निवासी हुनसक्ने निचोड निकालेका छन् ।
आतंकप्रतिरोधी पुलिस बलले ब्रसेल्स र पेरिसका कयौं स्थानमा छापा मारेर तीन सन्दिग्धलार्इ गिरफ्तार गरेको छ ।
विदेशमा बनेको योजनालार्इ फ्रान्सबाट मद्दत
फ्रान्सेली राष्ट्रपति फ्रान्स्वा होल्यान्डले बताएअनुसार पेरिस हमलाको तयारी, व्यवस्था र योजना विदेश बनेको थियो, त्यसलार्इ सहयोग भने फ्रान्सभित्रैबाट मिलेको थियो ।
फ्रान्सको राजधानीको अति लोकप्रिय रात्रिकालीन मनोरञ्जन स्थलमा गरिएको नरसंहारको की जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ । आक्रमण गरिएका स्थानमा एक कन्सर्ट हल, रेस्टुरा, बार र फ्रान्सको राष्ट्रिय स्टेडियम बाहिरका स्थान रहेका छन् ।

 

पेरिसमा आतंकबादी आक्रमण, १५८ को मृत्यु

आपतकालिन घोषणा, सबै सिमा बन्द  151113223626_paris_attacks_640x360_reuters_nocredit_896603979
काठमाडौं: फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राती भएको गोलीबारी र बम आक्रमणमा १ सय ५८ बढी व्यक्तिको ज्यान गएको छ ।
मध्य पेरिसको बाटाकलां कन्र्सट हलमा शुत्रबार राती बन्दुकधारीको आक्रमणमा परि त्यति ठुलो सख्यामा हताहती भएको बिबिसीले जनाएको छ । मृतकको सख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।
फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलांदले आपतकालिन घोषणा गरेका छन् भने फ्रान्ससँग जोडिने सिमानाहरु बन्द गरिएको छ । पेरिसबासीलाई घरबाहिर ननिस्कन अपिल गरिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
हालसम्म कुनै पनि आतंककारी संगठनले नरसंहारको जिम्मेवारी लिएको छैन तर पनि सो घटनालाई आतंककारी संगठन आइएसले समर्थन गर्दै सामाजिक सञ्जालमा आक्रमणको प्रंशसा गरेको जनाइएको छ ।
हमला पेरिसको स्थानिय समयअनुसार रातको करिब ९ बजे भएको थियो । प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार दुई ठाउँमा गोलीबारी र एक गाउँमा विष्फोट भएको थियो ।

बेलायतमा मोदीको विवादास्पद अभिव्यक्ति : भारत बुद्धको भूमि हो

नेपालमा नाकाबन्दी गरिरहेको अवस्थामा मोदीले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँगको संयुक्त पत्रकार सम्मेलनमा भारत बुद्धको भूमि भएको दाबी गरेका हुन् । उनको यो विवादास्पद अभिव्यक्तिको बेलायतमा पनि विरोध भएको छ भने सामाजिक सञ्जालमा कडा निन्दा गरिएको छ। indian-prime-minister-narendra-modi_631767931
नाकाबन्दी गरेपछि नेपालीको नजरमा बदनाम बनेका मोदीले बेलायतमा भने, ‘भारत गान्धीको भूमि हो, बुद्धको भूमि हो।’बेलायती सञ्चारमाध्यमका पत्रकारले भारतमा बढिरहेको धार्मिक असहिष्णुताबारे सोधेको प्रश्नको उत्तर दिने क्रममा मोदीले भारतलार्इ बुद्धको भूमि भनेका हुन् ।
‘भारत बुद्ध र गान्धीको भूमि हो । हाम्रो संस्कृति समाजको मूल्यमान्यता विरुद्ध कुनैपनि कुरा भारतले स्वीकार गर्दैन्’, मोदीले भने’ ‘भारतको कुनै कुनामा भएको घटना हाम्रो लागि गम्भीर महत्वको विषय हुन्छ ।’
मोदीलाई दिल्लीमा गार्इको मासु घरमा राखेको आरोपमा एक मुस्लिम युवालार्इ कुटेर मारेको दादरी हत्याकाण्डबारे पत्रकारहरुले प्रश्न गरेका थिए । बेलायती पत्रकारहरुले उनको गृहनगर गुजरातमा भएको दंगाबारे पनि प्रश्न सोधेर अफ्ठेरोमा पारिदिएका थिए ।
मोदीलाई सोधिएको अर्को प्रश्नमा उनले आफूलाई बेलायतले भ्रमणमा प्रतिबन्ध नलगाएको जिकिर गरे । आफूबाट गल्ती भएको हुनसक्ने भन्दै बेलायतमा आफूविरुद्ध भएको स्वभाविक भएको उनको भनाइ थियो ।
मोदी मुख्यमन्त्री हुँदा गुजरातमा एक हजार मुस्लिमको ज्यान जानेगरी भएको दंगाको दोषी उनैलाई ठानिएको छ । त्यही घटनाका कारण उनी बेलायत र अमेरिकाको भ्रमणमा जान प्रतिबन्धित थिए ।
मोदी बेलायत आउने भएपछि त्यहाँस्थित सयौं लेखकहरुले प्रधानमन्त्री क्यामरुनसँग भारतमा बढिरहेको धार्मिक असहिष्णुताबारेमा प्रश्न उठाउन आग्रह गरेका थिए ।
मोदी बेलायत पुगेपछि उनको विरोधमा भारतीय तथा नेपाली नागरिकहरुले प्रदर्शन गरेका छन् ।  नेपालीहरुले नाकाबन्दीको विरोधमा प्रदर्शन गरे भने भारतीय शिख समुदायले धार्मिक असहिष्णुताको विरोधमा प्रदर्शन गरे ।

 

मोदीको लन्डनमा बेइज्जत, नेपाली र भारतीयको विरोध प्रदर्शनले कालोनिलो भए मोदी

काठमाडौं, २६ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनप्रति समर्थन जनाउँदै नेपालविरुद्ध नाकाबन्दी लगाउँदै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लन्डनमा चर्को विरोध भएको छ ।Modi-Ko-Birodha-London-Nepali-650x488

बेलायतमा बसोबास गर्दै आएका नेपाली मुलका नेपालीहरूले बिहीबार मोदीविरुद्ध नारावाजी र प्रदर्शन गरेका हुन् । बीबीसीको नेपाली सेवाका अनुसार नेपालको राष्ट्रिय झण्डा र नेपाली पोशाकमा सजिएका नेपालीहरूले मोदी र भारतको नाकाबन्दीविरुद्ध नारावाजी गरेका थिए ।

मोदी आउने थाहा पाएपछि लन्डनको टेनडाउनमा जम्मा भएका हज्जारौँ नेपाली र भारतीयहरूले मोदीविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले भूपरिवेष्ठित मुलुक नेपालमा अन्तर्राष्ट्रिय सन्धी र कानुन विपरित नाकाबन्दी लगाई दुःख दिएको आरोप भारतलाई लगाएका थिए ।

नेपाली र भारतीयहरूले मोदी र भारतको गतिविधि असंहिष्णु रहेको आरोप लागएका छन् । भारतीय प्रधानमन्त्री मोदी बेलायत भ्रमण आएको थाहा पाएपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको सरकारी निवास र संसद भवन अगाडि जम्मा भएका नेपाली र भारतीय संघसंस्थाका प्रतिनिधिहरूले विरोध गरेको बीबीसी नेपाली सेवाका सम्वाददाता भगिरथ योगीले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन् ।

मोदीको गलत नीति र व्यवहारको विरोधमा भारतीय नागरिकहरूले पनि नारावाजीका साथै विरोध प्रदर्शन गरेका हुन् ।  बिरोध भएपछि मोदी कालोनिलो भएको प्रत्यक्षदर्शी नेपालीहरूको भनाइ छ ।

Narendra-Modi-Dhoti

नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप रोक्नुपर्ने तथा नाकाबन्दी हटाएर पारवाहन अधिकार सूचारु गराउनुपर्ने लगायतका नाराहरू नेपाली तथा भारतीयहरूले लगाएको बीबीसी नेपाली सेवाले उल्लेख गरेको छ ।

एनआरएएनका यूरोप प्रतिनिधि कुल आचार्यले भारतले अन्तर्राष्ट्रिय कानुन र सन्धी विपरित नेपालविरुद्ध नाकाबन्दी लगाई जनतालाई दुःख दिएकाले नाकाबन्दी खोली आपूर्ति सहज बनाउन दबाव दिने उद्देश्यले प्रदर्शन गरिएको बताउनुभयो ।

उहाँले भारतीय पक्षका कारण नेपालमा औषधि, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको चरम संकट परेकाले भारतलाई दबाव दिन र सो विषय अन्तर्राष्ट्रिय करणका लागि सहयोग पुगोस् भनेर लन्डनमा मोदीविरुद्ध प्रदर्शन गरेको बताउनुभयो ।

भारतीय प्रधानमन्त्री बिहीबार औपचारिक भ्रमणका लागि लन्डन पुगेका हुन् । मोदीले लन्डनमा तीन दिन बिताउनेछन् ।

 

चिनियाँ गोलीबाट भारतीय मारिएको आरोप, नेपाल सरकारसँग २० लाख भारु क्षतिपूर्ति माग

काठमाडौँ , २१ कात्तिक : सोमबार वीरगञ्जमा झडपका क्रममा मृत्यु भएका भारतीय नागरिकलाई चीनमा बनेको गोलीले मारिएको भन्दै नेपाल सरकारसँग २० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति माग्न माग गर्दै रक्सौलको नागरिक चेतना मञ्चले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएको छ।

भारतीय विदेश मन्त्री सुषमा स्वराजलाई पनि बोधार्थ दिइएको सो पत्रमा मारिएका भारतीय नागरिक आशिषकुमार रामलाई नेपाली प्रहरीले गोली हानी घाइते बनाई तानेर नेपाली भूमिमा लगी टाउकोमा गोली हानी मारिएको आरोप लगाइएको छ।  नोभेम्बर ४ को मिति राखिएको सो पत्रमा नेपाली सशस्त्र बललाई नो म्यान्स ल्यान्डमा आउनबाट रोकिनु पर्ने, मधेसीहरुको राजनीतिक माग पूरा गराउन नेपाल सरकारलाई दबाब बढाउनु पर्नेलगायतका माग गरिएको छ।

magनेपाली सीमा क्षेत्रमा चिनियाँ गतिविधि बढिरहेको भन्दै पत्रमा सतर्क हुन पनि भारत सरकारलाई आग्रह गरिएको छ।    भारतीय विदेश मन्त्रालयले बिहीबार गरेको पत्रकार सम्मेलनमा पनि काठमाडौँस्थित भारतीय दूतावासले यो विषयमा नेपाल सरकारसँग छानबिन प्रतिवेदन माग गरिएको जानकारी दिइएको थियो।

वीरगञ्ज घटनामा प्रहरीसँग झडप भइरहेकै अवस्थामा एक व्यक्ति ढलेको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोबारे सोधिएको प्रश्नको जवाफमा प्रवक्ता विकास स्वरुपले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार भिडियो पनि अनुसन्धानकै एउटा अङ्ग हुनेछ।

साभार श्राेतः पहिलाे पाेस्ट