Home / अन्तर्राष्ट्रिय खबर (page 23)

अन्तर्राष्ट्रिय खबर

संसदमा १९ जना भारतीय नागरिकले जितेको रहस्य खुल्यो (सांसदको नामसहित) नाकाबन्दीमार्फत मोदीले नेपाललाई फिजी र क्यानडा बनाउँन खोज्दै

काठमाडौं, ६ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन र भारतीय पक्षको अघोषित नाकाबन्दी तथा उनीहरूको नागरिकतासम्बन्धी मागले आकास छोइरहेका बेला क्यानडाको आमनिर्वाचनको पछिल्लो नतिजाले नेपाल र नेपालीहरूलाई झस्ल्याङ्ग बनाएको छ । क्यानडामा जस्टिन ट्रडो नेतृत्वको लेबर पार्टीले बहुमतका साथ संसदीय निर्वाचनमा जित हासिल गरेको छ । जस्टिन एक दशकपछि आफ्नो पार्टीको बहुमतमा प्रधानमन्त्री बन्दैछन् । उनी र उनको पार्टीका जितमा त्यहाँ बसोबास गर्ने भारतीय मुलका नागरिकहरूको योगदान उल्लेख्य मानिएको छ । लेबर पार्टीले ३ सय ३८ सीटामध्ये १ सय ८४ सीटमा विजयी भएको छ । यो संख्या आफ्नो एकल सरकार बनाउनका लागि प्रयाप्त हो । नेपालमा पनि भारतीय पक्ष तराई मधेसमा बसोबास गर्ने जनतालाई नागरिकता दिने विषय खुकुलो बनाउनु पर्ने तथा तराईमा दुई वटा प्रदेश बनाउन नेपाली पक्षलाई दवाव दिइरहेको छ । यो दवाव र क्यानडाको संसदीय चुनावको नतिजाले नेपालीहरूलाई सचेत रहन सन्देश दिएको छ । मधेसकेन्द्रित दलहरूले पनि आफ्नो मुल माग नागरिकता र सिमाङ्कन कै विषय उठाएका छन् । भारतले आफ्ना लुकोका इच्छाहरूलाई अघोषित नाकाबन्दीमार्फत पूरा गराउन नेपाली पक्षलाई दवाव दिइरहेको छ । उता, क्यानडामा स्टीफन हार्परको नेतृत्वमा मैदान उत्रिएको कञ्जर्वेटिभ पार्टीको १० वर्षको शासन लेवर पार्टीको जितसँगै अन्त्य भएको छ । क्यानाडको आमचुनावमा १९ जना भारतीय मुलका नागरिकले जित हासिल गरेका छन् । यो जितसँगै भारतमा खुसीयाली छाएको छ । विभिन्न सहरमा आतिशवाजी गरेको समाचारमा जनाइएको छ । क्यानडामा आफ्ना १९ जना नागरिकले संसदीय चुनाव जितेको भनेर भारतीय पक्ष भने मख्ख छ । लेवर पार्टीले भारतीय मुलका १५ जना नागरिकलाई उम्मेदवार बनाएको थियो । कञ्जर्वेटिभ पार्टीका तर्फबाट पनि तीन भारतीयले जितेका छन् भने एक जनाले न्यू डेमोक्रेटिक पार्टीबाट चुनाव जितेको समाचारमा जनाइएको छ । तीन वटा पार्टीबाट विजयी भएका सबै सांसदलाई जोड्दा भारतीय मुलका क्यानेडिन नागरिकको संख्या १९ पुगेको हो । जुनसुकै पार्टीबाट जित हासिल गरे पनि भारतीय मुलका सांसदहरूले भारतीय नागरिक र भारतको पक्षमा निर्णय गर्ने प्रतिवद्धता जनाएका छन् । र मिलेर हिँडेका छन् । कजर्वेटिभ पार्टीका ६५ वर्षीय सांसद दीपक ओबरायले सातौँ पटक क्यानडामा चुनाव जिता हुन् । चुनाव जित्ने अन्य उम्मेदवारमा दर्शन कंग, टिम उप्पल, राज ग्रेवाल, रमेश संघा, कमल खेरा, रूबी सहोता, सोनिया सिद्धू, नवदीप बैंस, गगन सिकंद, राज सैनी, बर्दिश चाग्गर, बाब सरोया, यास्मीन रतनासी, चन्द्र आर्य, हरजीत सज्जन, सुख धालीवाल, जती सिद्धू र जसवीर सिद्धू छन् । साढे ३ करोड जनसंख्या रहेको क्यानडामा भारतीय मुलका नागरिकको संख्या तीन प्रतिशत रहेको छ । अघिल्लो संसदीय चुनावमा क्यानडामा आठ जनाले भारतीयले चुनाव जितेका थिए । – एजेन्सीको सहयोगमा

[ दैनिक नेपाल बाट साभार गरिएको ]

 

भारत ,अमेरिका र चाइना सबै भन्दा धेरै सैनिक भएका देश हुन् भने यी यस्ता देश हुन् जसमा सैनिक नै छैनन्

बर्लिन– संसारभर सेनाको संख्या बढाउने होड चलेको छ। अमेरिका, चीन र भारत संसारकै सबैभन्दा बढी सेना भएका देश हुन्। सेना देश र जनताको सुरक्षाका लागि भएको तिनको दाबी छ। हालै स्विजरल्यान्डमा एउटा छलफल चर्को रुपमा उठेको थियो।
हाँको राष्ट्रिय सेना उसलाई आवश्यक छ कि छैन भनी भएको छलफलमा ‘छैन’ भन्ने विषयमा बढी नै मत व्यक्त भएको थियो। संसारभर भने आफ्नो राष्ट्रिय सेना हुनुमा धेरैलाई गर्व हुने गरेको छ।Capture

आफ्नै राष्ट्रिय सेना नहुने राष्ट्रहरु पनि उत्तिकै सुरक्षित छन् तर ती चर्चामा भने छैनन्। अाफ्नै राष्ट्रिय सेना नभएका गुम्नाम देशहरूबारे जान्नाेस् :
कोस्टारिका
मध्य अमेरिकी देश कोस्टारिकामा सेना छैनन्। १९४८ मा राष्ट्रपति चुनावमा धाँधली भएपछि त्यसविरुद्ध भएको जनविद्रोहले विद्रोहीहरुले शासन सत्ता कब्जा गरे। तिनले बनाएको नयाँ संविधानमा राष्ट्रिय सेना आवश्यक नरहेको भनी भएको सेनालाई पनि खारेज गरिदियो। १९५३ देखि देशले १४ वटा राष्ट्रपति छानिसकेको छ र सबै चुनाव शान्तिपूर्ण तरिकाले सम्पन्न भएका छन्।
लिस्टेनस्टाइन
मध्य युरोपको सानो देश लिस्टेनस्टाइनले १८६८ देखि नै आफ्नो सेना भंग गरेको थियो। मूल कारण चाहिँ सेनाको व्ययभार उठाउन नसक्ने भनी शासकहरुले हात उठाएका थिए। देशले सेना राख्नु निकै महँगो भएको थियो। बेलाबेलामा हुने युद्धले सेना बनाउने सम्भावना भए पनि युद्ध नै झेल्नुपर्ने अवस्था भने आइपरेन।

लिस्टेनस्टाइनमा कालो धन संसारभरिबाट थुप्रिन्छ यो देशको कुल ग्राहस्थ उत्पादन कतारपछि दोस्रो नम्बरमा छ। समोआ १९६२ मा भएको लोकप्रिय आन्दोलनले न्युजिल्यान्डको उपनिवेशबाट मुक्त भएको समोआले सुरुदेखि नै आफ्नो सेना राखेको छैन। स्वतन्त्रतालगत्तै भएको न्युजिल्यान्डसँग मैत्रीपूर्ण सन्धिका कारण देशलाई आवश्यक पर्दा सेना खटाउन सक्नेछ। अन्डोरा १२७८ मा बनेको यो देश युरोपमा पर्छ। फ्रान्स र स्पेन नजिकै रहेको यो देशलाई आवश्यक पर्दा फ्रान्सेली र स्पेनी सेनाले सहयोग गर्ने जिम्मा पाएका छन्। ४६८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो देश स्की रिसोर्ट र ड्युटी फ्री पसल तथा किनमेलका लागि परिचित छ। ट्याक्स बचाउन चाहनेहरुका लागि स्वर्गको देश भनेर यसलाई चिनिन्छ। तुवालु २०१४ मा प्रशान्त द्वीप समूह सहयोग संगठनमा रहेको यो देशको क्षेत्रफल २६ वर्ग किलोमिटर मात्र छ। जम्मा १० हजार जनसंख्या भएको यो देशमा संसदीय राजतन्त्र छ । भ्याटिकन इटालीको राजधानी रोममा रहेको यो देश संसारकै सबैभन्दा सानो देश हो। यसको क्षेत्रफल ०।४४ वर्ग किलोमिटर छ। जनसंख्या ८ सय ४० मात्रै छ। यस हिसाबले यो देश सबैभन्दा कम जनसंख्या भएको देशका रुपमा पनि परिचित छ। क्याथोलिक चर्चको प्रमुख कार्यालय र त्यस कार्यालयका प्रमुख पोप यहाँका मुख्य शासक मानिन्छन्। यो मुलुक पोपको सम्मानका लागि मात्र स्थापना गरिएको विश्वास गरिन्छ। ग्रेनेडा एउटा ठूलो द्वीप र सानातिना छ वटा द्वीपहरुबाट बनेको ग्रेनेडाको क्षेत्रफल ३ सय ४४ वर्गकिलोमिटर छ। यो देशको जनसंख्या १ लाख ५ हजार मात्र छ। ग्रनेडा क्यारेबियन र एटलान्टिक समुद्रको बीचमा पर्छ। यहाँ तपाईं हामीले खाने मसालाहरु उत्पादन हुने देशका रुपमा समेत परिचित छ। १९८३ मा भएको सैन्य विद्रोह र त्यसपछि भएको अमेरिकी हस्तक्षेपका कारण सेना नै नराख्ने निर्णय भएको थियो। नाउरु प्रशान्त महासागरमा रहेको यो द्विप राष्ट्र २१।१० वर्ग किलोमिटरको छ। यसको जनसंख्या १० हजार मात्रै छ। अस्ट्रेलियासँग भएको सैन्य सम्झौताका कारण यसले आफ्नो सेना राखेको छैन।

फ्रान्समा सडक दुर्घटनामा ४२ व्यक्तिको मृत्यु

बोर्डेएउस् फ्रान्स ६ कात्तिक । दक्षिणपश्चिम फ्रान्समा एक बस र ट्रक एक आससमा ठोक्किँदा भएको दुर्घटनामा ४२ व्यक्तिको मृत्यु भएको समाचार छ ।
शुक्रबार बिहान सवेरै भएको यस दुर्घटनामा मृत्यु हुने सङ्ख्या ४२ पुगेको अग्नी नियन्त्रण सेवा अधिकारुीहरुले शुक्रबार जानकारी दिएका छन् ।
यस दुर्घटनामा मारिने प्रायः व्यक्तिहरु बृद्ध व्यक्तिहरु नै रहेका जनाइएको छ । सो दुर्घटनामा मारिएका सवै जसो व्यक्ति बसका नै रहेका र ट्रकको भने एक चालकको मात्र मृत्यु भएको जनाइएको छ ।
उक्त दुर्घटना बोर्डेएसको उत्तर भागमा रहेको गुइजसेगुइन गाउँकानजिकै भएको जनाइएको छ ।
यो दुर्घटना फ्रान्समा सन् १९८२ पछिको भएको भीषण दुर्घटनाको रुपमा रहेको जनाइएको छ । रासस ÷एएफपी

भारतसँग लड्न पाकिस्तानले बनायाे यस्तो हतियार

एजेन्सी : पाकिस्तानले भारतसँग लड्नका लागि छोटो आणविक हतियार निर्माण गरेको दाबी गरेको छ । भारतीय रबैयाको निन्दा गर्दै पाकिस्तानले छोटो तर शक्तिशाली आणविक हतियार बनाएको दाबी गरेको हो । Pakistan-army_710595536
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफसँग अमेरिकी भ्रमणमा रहेका विदेश सचिव एजाज चौधरीले भारतलार्इ जबाफ दिनका लागि साना तर शक्तिशाली एटमी हतियार बनाएको पुष्टि गरेका हुन् ।
मंगलबार वासिंगटनमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘भारतको कोल्ड-स्टार्ट डक्ट्रिन र हमलाको खतरासँग जुध्न हामीले साना तर शक्तिशाली एटमी हतियार बनाएका छौं ।’
समाचार अनुसार यसअघि पनि पाकिस्तानका पुर्व राष्ट्रपति परवेज मुसर्रफ र सेना प्रमुख राहिल सरिफ जस्ता पाकिस्तानका राजनीतिक र सैन्य नेतृत्वले भारतविरुद्ध कडा टिप्पणी गर्दै आएका थिए ।
सन‍् २०१० मा भारतीय स‍ंसदमा भएको हमलापछि भारतीय सेनाले ‘पराक्रम’ अपरेशन थालेको थियो । पाकिस्तानी सीमामा यसका लागि विशेष योजना बनाइएको थियो । यसअघि सन् २००८ मा मुम्बर्इमा हमला भएको थियो ।
त्यसपछि भविष्यमा पाकिस्तानको भूमिबाट कुनै पनि षड्यन्त्रपू्र्ण हमला रोक्नका लागि भारतीय सेनाले नयाँ रणनीति तय गरेको थियो ।
यो ‘कोल्ड स्टार्ट’ पोलिसीका अनुसार भारतीय सेनाले ‘स्विफ्ट रिएक्सन’ (तुरुन्त जवाफी कारबाही) को रणनीति बनाएको थियो ।
पाकिस्तानले भारतविरुद्ध लड्न आणविक हतियार बनाएको बताए पनि उसले अहिलेसम्म अमेरिकासँग कुनै किसिमको न्यूक्लियर सम्झौता भने गरेको छैन ।
पाकिस्तानी आर्मीले अगस्त अन्तिममा  आफ्नो मुलुकको संसदीय समितिमा बताए अनुसार उसका लागि देश बाहिर भारतका अलावा कुनै अरु खतरा छैन।
भारतले पछिल्लो केही वर्षमा १ सय बिलियन अमेरिकन डलरको हतियार किनिसकेको छ । समाचारपत्र डनका अनुसार भारतले ८० प्रतिशत हतियार  पाकिस्तानसँग भिड्नका लागि खरिद गरेको हो ।
पछिल्लो १० वर्षमा भारतल आफ्नो सेनाका लागि बजेट दुर्इ गुणा बढाएको छ । यो वर्ष भारतले रक्षा बजेट २.४६ लाख करोड रुपैयाँ  अर्थात ४०.०७ बिलियन अमेरिकी डलर राखेको छ ।
यो बजेट पाकिस्तानको भन्दा तीन गुणा धेरै हो । पाकिस्तानको रक्षा बजेट ७८ हजार करोड भारतीय रुपैयाँ रहेको छ । पाकिस्तान सन् १९४७, १९६५ र १९७१ मा तथा १९९९ मा कारगिल लडाइँमा भारतसँग भिडन्त गरिसेकको छ ।
बुलेटिन अफ द एटोमिक साइन्टिस्टले मार्चमा जारी  गरेको आफ्नो रिपोर्टमा बताए अनुसार पाकिस्तानसँग ११० न्यूक्लियर बम रहेका छन् । भारतसँग १००  न्यूक्लियर बम रहेका छन् ।  तर यो आँकडा सन् २०१२ मा बनाइएको हो ।
तीन साल यता यी दुर्इ देशले कतिय आणबिक हतियार वृद्धि गरे भन्ने तथ्यांक भने खुलाइएको छैन।