Home / अन्तर्राष्ट्रिय खबर (page 3)

अन्तर्राष्ट्रिय खबर

चीनमा निर्माणाधीन टावर भत्किँदा ४० जनाको मृत्यु

china_accident

नानच्याङ– पूर्वी चीनस्थित जियाङसी प्रान्तमा एक निर्माणाधीन विद्युत गृहको छतमा चिस्यानका लागि बनाइएको टावर भत्किँदा विहीबार कम्तिमा ४० जनाको मृत्यु भएको छ।

टावरको भग्नावशेषमा अझै केही मजदूर पुरिएको अनुमान

घटनापछि तत्काल उक्त स्थानमा पुगेका उद्धारकर्मीले टावरको भग्नावशेषमा अझै केही मजदूर पुरिएको अनुमान गरेका छन्। उद्धार जारी छ।

बिहीबार विहानै करिव ७ बजेतिर भएको उक्त घटनामा पाँच जना मजदुर घाइते भएका बताइएको छ। उनीहरूको स्थानीय एक अस्पतालमा उपचार भइरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

भियतनाममा १ करोड २० लाख सिमकार्ड निष्क्रिय गरिने

SIM cards

SIM cards

दर्ता नभएका वा मोबाइल फोनमा अबैधानिक रुपले चलनचल्तीमा ल्याइएका एक करोड बीसलाख सिमकार्डहरु सरकारले निष्क्रिय पार्ने भएको भियतनामको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

भियतनामको सूचना तथा सञ्चार ऐनले ब्यबस्था गरे अनुसार मोबाइलमा कुनै पनि सिमकार्ड प्रयोग गर्नु अघि सही नाम, सही ठेगाना, जन्म मिति इत्यादि उल्लेखगरी आफ्नो असली परिचय खुल्ने कुनै पनि आधिकारिक कागज पत्र वा परिचय पत्र वा नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित सम्बन्धित सरकारी कार्यालय बिधिवत दर्ता गर्नु पर्छ ।

केही ब्यबसायीले यस्तो नियमलाई वास्ता नगरेर जसलाई पायो उसलाई, नक्कली नाम, ठेगाना र अन्य गलत सूचना भरेर जथाभावी सिमकार्ड बिक्री बितरण गरिरहेको बताइएको छ ।

यसले समाजमा विकृति र अपराधकर्म निम्त्याउन सक्ने गुनासो आएकाले यस्तो क्रियाकलापलाई निरुत्साहित पार्न र दर्ता रेकर्डलाई कानूनको दायरामा ल्याउन सूचना तथा सञ्चार मन्त्रालयले कडाई गर्न लागेको हो ।

सिमकार्ड व्यबसायीहरुले बिशेषगरी विदेशी पर्यटक तथा जो कोही लाई पनि सस्तो मूल्यमा ठूलो परिमाणमा बजारमा छ्याप्छ्याप्ति सिमकार्ड बेचेकाले रेकर्ड राख्न प्राय असम्भव भएको छ ।

यसै कारण, दर्ता नभएका वा अबैधानिक रुपले चलनचल्तीमा ल्याइएका एककरोड बीसलाख सिमकार्डहरु निष्क्रिय पार्नका लागि सरकारले अभियान नै चलाउने भएको हो ।

सही सूचना उपलब्ध गराई सिमकार्ड दर्ता गर्नका लागि १५ दिनको म्याद दिई सूचना निकालिएको र तोकिएको अवधिभित्र दर्ता गर्न अटेरी गर्ने सिमकार्डवाला फोन नम्बरहरु निष्क्रिय पारी कानूनी कारवाही गरिने समेत स्थानीय तुओइत्रे अनलाइन समाचारपत्रले बिहीबारको प्रकाशनमा उल्लेख गरेको छ । रासस/सिन्ह्वा

जापानमा अर्को शक्तिशाली भूकम्प

japan-earthqueak

९ मंसिर, काठमाडौं । जापानमा अर्को शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहीबार विहान ६ बजेर ३० मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो । र, भूकम्पको केन्द्रविन्दु नामीबाट ३७ किलोमिटर पश्चिमा रहेको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।

त्यही क्षेत्रमा तीन दिन अघि मात्र ७.१ रेक्टरको भूकम्प गएको थियो ।

यो भूकम्पपछि आधा घन्टाको बीचमा लगातार तीन पराकम्प गएको छ । ४.६ देखि ३.८ का पराकम्प गएको हो ।

यद्यपि कुनै मानवीय र भौतिक क्षतिको कुनै खबर छैन । साथै अहिलेसम्म सुनामीको चेतावनी पनि दिइएको छैन । फुुकुसिमालाई केन्द्र बनाएर गएको ७.४ रेक्टर स्केलको भूकम्पपछि भने सुनामीको चेतावनी दिइएको थियो ।

पाकिस्तानी आक्रमणमा ३ भारतीय सैनिक मारिए, भारतीय सेनाको कडा चेतावनी

७ मंसिर, एजेन्सी ।

पाकिस्तानी सेनाको आक्रमणमा कम्तिमा ३ भारतीय सैनिक मारिएका छन् । भारत र पाकिस्तानबीचको सीमा रेखा लाइन अफ कन्ट्रोलमा भारतीय सैनिक मारिएको सञ्चार माध्यमले जनाएका छन् ।

जम्मु तथा कश्मिरको मच्छल सेक्टरमा भएको उक्त आक्रमणमा भारतीय सैनिक मारिएपछि भारतले जवाफ दिने तयारी गरिरहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

india-pakistan-war-prediction

मृत फेला परेका भारतीय सेना यातना दिएर काटिएको अवस्थामा फालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय सेनाले यसको बदला लिइने भन्दै पाकिस्तानलाई कडा चेतावनी दिएको छ ।

भारतीय सेनाको कमाण्डले पाकिस्तानी सेनाको आक्रमणलाई कायर आक्रमणको सज्ञा दिएको छ ।

जापानमा शक्तिशाली भूकम्प, दश फिट अग्लो सुनामी

japan-sunami

७ मंसिर, काठमाडौं । जापानको उत्तर–पूर्वी तटमा भूकम्पको जोडदार धक्का महसुन भएसँगै फुकुशिमा परमाणु संयन्त्रको क्षेत्रमा सुनामीको दश फीट अग्लो छाल ठोकिएको छ ।

फुकुशिमाबाट ७० किलोमिटर टाढा ११ किलोमिटर गहिराइमा ६.९ रेक्टर स्केलको भूकम्प आएको छ ।

सन् २०११ मा आएको सुनामीका कारण उक्त परमाणु संयन्त्र पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । आजको सुनामीले कुनै क्षति पुगेको खवर नआएपनि सुनामीको खतराको जारी रहेको बीबीसीले जनाएको छ ।

भूकम्पका कारण फुकुशिमाको तेस्रो रिएक्टर कुलिंग सिस्टमले काम गर्न छोडेको जापानका क्याविनेटका मुख्य सचिव योशिहिदे सुगाले बताए । तर, अहिलेसम्म तापक्रम बढ्ने संकेत देखिएको छैन ।  उनले स्थिति अध्ययनका लागि सरकारले एक टोली गठन गरेको जानकारी दिए ।

भूकम्पले मानवीय तथा भौतिक क्षति गरेको विवरण अहिलेसम्म कूने विवरण आएको छैन । भूकम्पका कारण राजधानी टोकियो पनि प्रभावित भएको थियो ।

जापान मौसमविज्ञान एजेन्सीले भूकम्प स्थानीय समय अनुसार मंगलबार विहान ६ बजे आएको जनाएको छ ।

जापानको कुमामोटो प्रान्तमा अप्रिलमा आएको भूकम्पमा ५० जनाको मृत्यु भएको थियो । सन् २०११ मा फुकुशिमामा भूकम्पका कारण १८ हजार भन्दा धेरैको मृत्यु भएको थियो ।

२०७३ मंसिर ७ गते ८:०७ मा प्रकाशित

आतङ्ककारीद्धारा तीन भारतीय सैनिक मारिए

४ मंसिर, गुवाहाटी (भारत)।

भारतको उत्तरपूर्वी राज्य असाममा शनिबार सैनिकको एक जथालाई लक्ष्यगरी भएको एम्बुस आक्रमणमा तीन सैनिकको मृत्यु हुनुको साथै अन्य चार घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

असाम राज्यको तीनसुकिया जिल्लाको डिग्बोई सरहमा सो आक्रमण भएको एक वरिष्ठ प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन्। आक्रमणको क्रममा दोहोरो झडपसमेत भएको र त्यसैक्रममा तीन सैनिकको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारी मुकेस अगरवालले बताएका छन्।

स्थानीय सञ्चार माध्यमका अनुसार आतङ्ककारीहरुलेृ हातहतियारलगायत रकेट, ग्रिनेड र एके –४७ राइफलसमेत प्रयोग गरेर आक्रमण गरेका जनाइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर प्रहरीका अनुृसार यस प्रकारको एम्बुस आक्रमण युनिटेड लिबेरसन फ्रन्ट अफ आसोम (युएलएफए) ले गर्दै आएको हु्नाले यस आक्रमणमा पनि यसै समूहको हात रहेको अनुमान गरिएको छ ।

तेल धनी क्षेत्र आसाममा स्वतन्त्र गृहभूमिको लागि लडाई गरिरेहका कैयौ समूहहरु मध्ये युएलएफए पनि एक हो ।

सन् २०११ मा युएलएफएले ३३ बर्षसम्म जारी राखेको विद्रोहलाई अन्त्य गर्न भारतीय सरकारसँग शान्ति वार्ता गर्ने घोषणा गरेका थिए । एएफपी

भारतीय रुपैयाँ प्रतिबन्धको असरः बेहुलालाई दक्षिणामा चेक !

marrige

२ मंसिर, काठमाडौं । भारतले भार पाँच सय र हजारका नोटमाथि प्रतिबन्ध लगाएपछि त्यसको असर सीमावर्ती वीरगन्जमा भइरहेको वैवाहिक कार्यक्रममा पनि परेको छ ।

अहिले विरगन्जमा वैवाहिक समारोहमा दानदक्षिण, सगुन तथा उपहार, दाइजो समेत बेहुली पक्षले चेक दिन थालेका आजको अन्नपूर्णमा समाचार छ ।

बुधबार वीरगन्जको होटल सुरजमा आयोजित वैवाहिक टीकाटालो समारोहमा भारत झारखण्डका बेहुली पक्षले बेहुलालाई ‘सगुन’ को रकमवापत चेक दिए ।

डा. प्राची यादव र वीरगन्ज मनियारीका डा. नीरज यादववीचको टीकाटालोमा देखिएको दृश्य हो यो ।

समारोहमाबेहुली प्राचीका बुबा डा. सुरेन्द्र यादवले नगद रकम नभएका कारण बेहुलालाई सगुनबापत २१ हजार भारुको चेक दिए । उनले पुरोहितलाई दक्षिणास्वरुप चेक दै दिए ।

पाकिस्तानमा विष्फोट, ५२ को मृत्यु

masjit-5827e026cc6680-24998903

एजेन्सीः पाकिस्तानको बलूचिस्तानको सुफी मुस्लिम दरगाह ‘शान नूरानी’ मा भएको विष्फोटमा परी ५२ जनाको ज्यान गएको छ । एक सय भन्दा बढी गम्भीर घाइते भएका छन् ।

शाह नूरानी दरगाहमा मगरिबको नमाव पढ्नुभन्दा केही पहिले विष्फाट भएको थियो ।

विष्फोटका बेला उक्त दरगाहमा धमाल अर्थात सुफी उत्सवका बेला हुने एक विशेष प्रकारको नृत्य भइरहेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

एक प्रत्यक्षदर्शी महिलाले भनिन्–’जब म दरगाहमा थिए । त्यसबेला कसैले मलाई दरगाहभन्दा बाहिर जाउ । मैले जव मेरो खुट्टा दरगाह बाहिर राखे तव विष्फोट भयो । विष्फोटपछि भएको भागदौडपछि धेरै परिवार विच्छोडिएका छन् ।’

घटनास्थलमा उद्धार कार्य जारी छ । कराचीबाट गएको ५० जनाको शैन्य टुकडी पनि गएर उद्धार गरिरहेको छ । हेलिकोप्टर तथा एम्बुलेन्सको प्रयोग गरी घाइतेहरुको उद्धार गरिएको छ ।

अमेरिकी निर्वाचनः कुन कुन राज्य हिलारी र ट्रम्पको कब्जामा ? यस्तो छ पछिल्लो अपडेट

trup-hilary-768x432

वासिङ्गटन, २४ कात्तिक । अमेरिकामा भएको आमनिर्वाचनको धमाधम परिणाम आउन थालेको छ । मंगलबार बिहानैदेखि शुरु भएको मतदानपछि उम्मेदबारद्वय हिलारी रोधाम क्लिन्टन र डोनाल्ड जोन ट्रम्पमध्ये को को कहाँ कहाँ विजयी भएकोबारे बिभिन्न राज्यबाट धमाधम मतगणनाको प्रारम्भिक नतिजा आइरहेका छन् ।

हालसम्म प्राप्त राज्यगत नतिजा अनुसार क्लिन्टन कनेक्टिकट, न्युयोर्क, इल्लिन्वाइ, आइल्याण्ड, न्यु मेक्सिको, भर्जिनियामा विजयी भएकी छिन् । ट्रम्प मोन्टाना, आक्र्यान्सस, टेक्सास, नर्थ डकोटा, साउथ डकोटा, वायोमिङ्ग, क्यान्सास, नेब्रास्का, मिस्सिसिप्पी, टेनेस्सी, अलाबामा, लुजियाना, मोन्टाना, मिसाउरी, ओहायोमा विजयी भएका छन् ।

स्रोत : दैनिक नेपाल

पाकिस्तानविरुद्ध जासुसी गरेको आरोपमा तीन भारतीय कुटनीतिज्ञ स्वदेश फिर्ता

२३ कात्तिक, इस्लामाबाद (पाकिस्तान) ।

पाकिस्तानविरुद्ध जासुसी गरेको भनी आरोप लागेका आठ जना कूटनीतिज्ञमध्ये तीन जना मङ्गलबार स्वदेश फिर्ता भएका छन् ।

पाकिस्तानी सुरक्षा तथा सरकारी अधिकारीले जासुसी गरेको आरोप लागेका तीन जना जासुसी सञ्जालका सदस्य रहेको दावी गरेका छन् ।

india pakistan flag

तीन जना भारतीय कूटनीतिज्ञ स्वदेश फिर्ता भएका छन् भने बाँकी पाँच जना पनि छिट्टै इस्लामाबादबाट बाहिरिने दुई अधिकारीले आफू सूचना सार्वजनिक गर्ने अधिकारी नभएकाले आफ्नो नाम गोप्य राख्ने सर्तमा जानकारी गराएका हुन् ।

केही समय पहिले नयाँ दिल्लीस्थित छ जना पाकिस्तानी अधिकारीका नाम भारतविरुद्ध गतिविधि गरेको भनी भारतीय सञ्चारमाध्यममा आएपछि पाकिस्तानले उनीहरुलाई स्वदेश बोलाएको थियो ।

इस्लामाबादले पनि यस घटनाको लगत्तै आठ भारतीय कूटनीतिक अधिकारीले पाकिस्तानविरुद्ध जासुसी गरेको आरोप लगाएको थियो ।

पछिल्लो घटनासँगै यसपूर्व काश्मिर विवादका कारण चिसिएको दुई छिमेकीबीचको सम्बन्धमा थप समस्या देखिएको छ ।